Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

किर्ते विवादपछि सोमाङ गुठीमा तिर्थ हैकम अन्त्य: प्रशासनले बनाईदियाे जितबहादुरकाे नेतृत्वमा तदर्थ समिति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 11, 2026
29.3K shares

काठमाडौं । ललितपुरको गाेदावरि नगरपालिका–१२, ठेचो स्थित सोमाङ शैक्षिक गुठी तथा सोअन्तर्गत सञ्चालित सोमाङ एकेडेमीमा लामो समयदेखि चल्दै आएको विवादमा जिल्ला प्रशासन कार्यालय ललितपुरले हस्तक्षेप गर्दै नयाँ व्यवस्थापन प्रक्रिया अघि बढाएको छ।

ललितपुर जिल्ला प्रशासनले हालै जारी गरेको पत्रमार्फत संस्थाको वैधानिकता, कार्यसमिति र स्वामित्वसम्बन्धी विवाद समाधानका लागि जितबहादुर घलेको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन गरेको हो। यससँगै विगतदेखि विवादमा तानिएका डा. तिर्थ थापाको प्रभाव अन्त्य हुने तथा संस्थाको सञ्चालन अधिकार पुनः घले पक्षतर्फ फर्किने भएकाे छ।

यस अघि २०८० फागुन १७ गते onlinedabali.comमा    प्रकाशन गरिएकाे समाचार अनुसार सोमाङ शैक्षिक गुठी र सोमाङ एकेडेमीमाथि डा. तिर्थ थापाले किर्ते कागजात तथा प्रशासनिक पहुँचको दुरुपयोग गर्दै कब्जा जमाएको खुलेकाे थियाे ।

स्रोतका अनुसार २०५९ सालदेखि विभिन्न व्यक्तिहरूले नेतृत्व गर्दै आएको गुठीमा डा. थापाले २०६२ साल माघ ११ गतेसम्म नेतृत्व गरेका थिए। कार्यकाल समाप्त भएपछि पनि उनले संस्थामाथि प्रभाव कायम राख्न विभिन्न गतिविधि जारी राखेको आरोप लागेको थियो।

२०६८ साल चैत २ गते जितबहादुर घलेको नेतृत्वमा सोमाङ क्लब तथा सोमाङ शैक्षिक गुठीको वैधानिक कार्यसमिति चयन भएपछि विवाद थप चर्किएको थियाे। घले पक्षका अनुसार डा. थापा समूहले विद्यालयमा तालाबन्दी गर्ने, व्यवस्थापन अवरुद्ध पार्ने तथा तत्कालीन जिल्ला शिक्षा कार्यालयसँगको मिलेमतोमा अवैधानिक ढंगबाट विद्यालय व्यवस्थापन समिति परिवर्तन गर्ने प्रयास गरेको थियो।

त्यसबेला घले पक्षले किर्ते माइन्युट प्रयोग गरी पद्मिनी प्रधानाङ्गलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइएको भन्दै आपत्ति जनाएको थियो। साथै, २०७१ सालमा समाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालय ललितपुरमा भ्रष्टाचार तथा अनियमितताको छानबिन माग गर्दै निवेदनसमेत दर्ता गरिएको थियो। भने, घलेलाई झण्डै १२ लाख रकम पारिश्रमिक समेत पाउनबाट थापाले राेकेकाे घलेकाे दाबी छ।

यही विवाद र उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले दुवै पक्षबाट पेश भएका कागजात, विधान र प्रमाण अध्ययन गरेपश्चातकाे निष्कर्षअनुसार २०७९ साल फागुन १९ गतेको साधारण सभाबाट निर्वाचित कार्यसमितिको कार्यकाल समाप्त भइसकेको, नयाँ कार्यसमिति चयन प्रक्रिया स्पष्ट नभएको तथा सदस्यता नवीकरण र संस्थागत प्रक्रिया विधानअनुसार नभएको देखिएको पत्रमा उल्लेख छ।

प्रशासनले संस्था दर्ता ऐन, २०३४ तथा सम्बन्धित नियमावली अनुसार पुरानो कार्यसमिति स्वतः निष्क्रिय भएको ठहर गर्दै अब तीन महिना भित्र साधारण सभा गरी नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको छ। त्यस अघिसम्म संस्थाको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय काम सञ्चालन गर्न पाँच सदस्यीय तदर्थ समिति समेत जिल्गला प्रशासन कार्यालय ललितपुरले गरिदिएको हो।

प्रशासन द्वारा गठित तदर्थ समितिमा:
संयोजक : जितबहादुर घले
सदस्य : सुनिल मास्के
सदस्य : हेम थापा
सदस्य : शान्तकृष्ण श्रेष्ठ
सदस्य : विद्या माताकार
रहेका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरको यो निर्णयसँगै लामो समयदेखि विवादित बनेको साेमाङ हाेप,सोमाङ गुठी तथा सोमाङ एकेडेमीको व्यवस्थापन अब घले नेतृत्वको तदर्थ समितिमार्फत सञ्चालन हुने भएको छ। साथै, विगतमा उठाइएका किर्ते, जालसाजी तथा संस्थागत हस्तक्षेप सम्बन्धी आरोपहरूको प्रभावस्वरूप डा. तिर्थ थापाको संस्थामाथिको नियन्त्रण अन्त्यतर्फ पुगेको छ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved