Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी निकाय तोक्ने तयारिमा सरकार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 19, 2026
0 shares

काठमाडौँ । नेपालका निजी क्षेत्र तथा गैरसरकारी संस्थाको नियमनकारी निकाय तोकिने भएको छ । कम्पनीहरूमा हुनसक्ने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले यस्तो व्यवस्था अघि बढाएको हो ।

अहिले कतिपय निकायहरू दर्ता भएर सञ्चालनमा रहे पनि उनीहरूको स्पष्ट नियमन कसले गर्ने भन्ने विषय अन्योलमा छ । विशेषगरी उत्पादनमूलक तथा व्यापारिक प्रयोजनका धेरै व्यावसायिक संस्थाहरू प्रभावकारी नियमनको दायरामा नआएको अवस्था देखिएको छ ।

सरकारले ल्याएको ‘पाँच वर्षे भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना’ मा यो विषय समेटिएको छ । सो योजनाअनुसार कुनै पनि निजी कम्पनी, पब्लिक कम्पनी वा सङ्घ–संस्था अब राज्यको प्रत्यक्ष नियमन र निगरानीभन्दा बाहिर रहने छैनन् ।

रणनीतिक योजनाअनुसार कानुनतः नियमनकारी निकाय नतोकिएका कम्पनी वा सङ्घ–संस्थाहरूको हकमा एक वर्षभित्र सम्बन्धित निकाय तोकिनेछ । यसका लागि नयाँ कम्पनी कानुन ल्याउने र विद्यमान निजी सङ्घ–संस्थासम्बन्धी कानुनहरूमा आवश्यक संशोधन गर्ने तयारी गरिएको छ ।

यस कार्यको मुख्य जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयलाई दिइएको छ भने कार्यान्वयनको प्रगति अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ ।

यस्तै, कार्की आयोगको प्रतिवेदन (पृष्ठ नं. ८२१) अनुसार निजी क्षेत्र, पब्लिक कम्पनी तथा NGO/INGO हरूमाथि थप कडाइ गर्ने, आर्थिक पारदर्शिता बढाउने र सुशासन कायम गर्ने विषयलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ ।

कार्यान्वयनमा चुनौती यो योजना कार्यान्वयनमा सरकारी निकायबीच अधिकार क्षेत्रको विवाद उत्पन्न हुने जोखिम रहेको औँल्याइएको छ । साथै, हालसम्म स्वतन्त्र रूपमा सञ्चालन भइरहेका निजी क्षेत्र वा सङ्घ–संस्थाहरूले कडा नियमनको विरोध गर्न सक्ने सम्भावनालाई पनि चुनौतीका रूपमा लिइएको छ ।

यद्यपि, नयाँ व्यवस्था लागू भएपछि निजी क्षेत्र, पब्लिक कम्पनी तथा NGO/INGO हरू राज्यप्रति थप जवाफदेही बन्ने, आर्थिक पारदर्शिता अभिवृद्धि हुने र समग्रमा सुशासन सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved