Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आइतबार बिदा र ढिलो शैक्षिक सत्र सुरु गर्ने निर्णयप्रति स्थानीय तहको आपत्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 17, 2026
6 shares

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघ ले संघीय सरकारले शैक्षिक सत्र ढिलो सुरु गर्ने तथा आइतबार बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले यस्तो निर्णयले विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर पार्ने र विद्यार्थीको सिकाइ उपलब्धिमा गिरावट आउने निष्कर्ष निकालेका हुन्।

यस विषयमा दुवै संस्थाले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल लाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। पत्रमा आइतबार बिदा दिने र वैशाख २१ गतेदेखि मात्र कक्षा सञ्चालन गर्ने व्यवस्था कायम रहेमा कानुनले तोकेको वर्षमा २२० दिन पठनपाठन सञ्चालन गर्न असम्भव हुने उल्लेख गरिएको छ।

महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र संघका अध्यक्ष भीमप्रसाद ढुंगाना द्वारा हस्ताक्षरित पत्रमा स्थानीय तहहरूले संविधान, शिक्षा ऐन तथा नियमावलीअनुसार आफ्नै शैक्षिक क्यालेन्डर निर्माण गरी कार्यान्वयन गर्दै आएको स्पष्ट पारिएको छ। उनीहरूले विद्यालय शिक्षा सञ्चालन र नियमनको अधिकार संविधानले स्थानीय तहलाई प्रदान गरेको भन्दै संघीय हस्तक्षेपप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

त्यसैगरी, पत्रमा संघीय सरकारका निर्णय र परिपत्रका आधारमा नभई स्पष्ट कानुनी संरचना अनुसार शिक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै यथाशीघ्र शिक्षा ऐन संघीय संसद्बाट पारित गर्न पहल गर्न आग्रह गरिएको छ।

संघीय सरकारले चैत १३ गते स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म आन्तरिक परीक्षा प्रणाली हटाउने तथा वैशाख १५ गतेदेखि मात्र भर्ना र वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। स्थानीय तहहरूले भने यी व्यवस्थाले शैक्षिक गुणस्तर र समय व्यवस्थापनमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved