काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. २ अन्तर्गत बाडभञ्ज्याङमा आज क्षेत्र नम्बर १० बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदिप बिष्टले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्ना दैनिक जीवनसँग जोडिएका विभिन्न समस्या, गुनासा तथा सुझावहरू सांसद बिष्टसमक्ष राखेका थिए।

सो अवसरमा सांसद बिष्टले जनताका गुनासो ध्यानपूर्वक सुन्दै आफूले सक्ने हदसम्म समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको अपेक्षाअनुसार विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने बताए।
स्थानीय तहमा जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले जनताको वास्तविक समस्या पहिचान गर्न सहयोग पुग्ने धारणा राखे।










