Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट अडान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 16, 2026
0 shares

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबि कुमारी ठाकुरले मधेस क्षेत्रमा अझै कायम रहेको दाइजो प्रथाविरुद्ध कडा धारणा सार्वजनिक गरेकी छन्। उनले पछिल्लो समय आफूलाई प्राप्त भएका विवाहका निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने उल्लेख नदेखिएको भन्दै समाज अझै पूर्ण रूपमा यो कुरीतिबाट मुक्त हुन नसकेको संकेत गरेको बताएकी हुन्।

ठाकुरले दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको स्पष्ट पारेकी छन्। उनका अनुसार यस्तो प्रथाले महिलाको सम्मान, समानता र मौलिक अधिकारमाथि प्रत्यक्ष असर पार्ने गर्दछ।

उनले सामाजिक परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेकोमा जोड दिँदै सानो प्रयासले पनि ठूलो रूपान्तरण सम्भव हुने उल्लेख गरिन्। “यदि हामी साँच्चिकै समाज परिवर्तन चाहन्छौं भने परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्छ,” उनले भनिन्।

उपसभामुख ठाकुरले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी नहुने घोषणा गर्दै यस प्रकारका कार्यक्रमलाई बहिष्कार गर्नुपर्ने धारणा राखेकी छन्। उनले दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह प्रणालीलाई प्रोत्साहन गर्न सबैलाई आह्वान समेत गरेकी छन्।

साथै, उनले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश स्पष्ट रूपमा समावेश गर्न आग्रह गर्दै दाइजोमुक्त समाज निर्माणतर्फ सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved