काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल तथा आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते बिहीबार बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरिएको जानकारी दिएको हो।
निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ। यससँगै सर्वसाधारणको दैनिक उपभोग तथा यातायात क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।

यस्तै, आन्तरिकतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाइएको निगमले जनाएको छ। हवाई इन्धन महँगिँदा आन्तरिक उडानको भाडामा समेत प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
यद्यपि, पेट्रोलको मूल्य भने हाललाई यथावत् राखिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन र लागत व्यवस्थापनका आधारमा मूल्य हेरफेर गरिएको स्पष्ट पारेको छ।










