Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सम्पत्ति विवादबीच हर्क साम्पाङको स्पष्टिकरण : “मेरो नाममा केही छैन”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 14, 2026
3 shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्। पछिल्लो समय आफ्नो सम्पत्तिलाई लिएर चासो र चर्चा बढ्न थालेपछि उनले फेसबुकमार्फत पैतृक तथा व्यक्तिगत सम्पत्तिको फेहरिस्त सार्वजनिक गर्ने घोषणा गरेका हुन्।

उनले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको दाबी गर्दै पुर्ख्यौली सम्पत्तिको रूपमा खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा केही खेतबारी मात्र रहेको उल्लेख गरेका छन्। ‘मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा छ, जहाँ पाखारेखा, खरबारी, बाँस र उतिस घारीहरू छन्,’ साम्पाङले लेखेका छन्।

उनका अनुसार उक्त पुर्ख्यौली थलो भिरालो पाखामा रहेको छ र परिवारभित्र हालसम्म अंशबण्डा नभएको अवस्था छ। दाजुभाइ तथा दिदीबहिनीहरूबीच सम्पत्ति बाँडफाँड नगरेको स्पष्ट पार्दै उनले आफूले व्यक्तिगत रूपमा कुनै अचल सम्पत्ति आर्जन नगरेको बताएका छन्।

व्यक्तिगत कमाइबारे उनले वैदेशिक रोजगारीका क्रममा जोडेको ४ देखि ५ तोला सुन र बैंक खातामा करिब २ देखि ४ लाख रुपैयाँसम्म मौज्दात हुन सक्ने जानकारी दिएका छन्। आफ्नो आर्थिक अवस्था साधारण रहेको उल्लेख गर्दै उनले आफूले सधैँ जनताकै पक्षमा काम गर्दै आएको दाबी गरेका छन्।

साम्पाङले केही दिनभित्रै आफ्नो सम्पत्ति विवरण औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै आएका उनले सम्पत्ति विवरण माग गर्नेहरूलाई लक्षित गर्दै तथ्यमा आधारित विवरण सार्वजनिक गर्ने बताएका हुन्।

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। कतिपयले उनको पारदर्शिताको प्रशंसा गरेका छन् भने केहीले औपचारिक विवरण सार्वजनिक भएपछि मात्र यथार्थ स्पष्ट हुने बताएका छन्। यसले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्ति पारदर्शिताबारे बहसलाई थप तीव्र बनाएको छ।

विशेषगरी जनप्रतिनिधिहरूको जीवनशैली र सम्पत्ति विवरणबीचको सम्बन्धबारे नागरिकस्तरमा चासो बढिरहेका बेला साम्पाङको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आगामी दिनमा उनले सार्वजनिक गर्ने औपचारिक विवरणले यस विषयमा उठेका जिज्ञासाहरूको स्पष्ट जवाफ दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved