Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दोलखामा मुद्रा संग्रहालय हस्तान्तरण : पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 12, 2026
3 shares

दोलखा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा संग्रहालय आज दोलखाको भिमेश्वर नगरपालिका–२ मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। स्थानीय तहको सहभागितामा निर्माण सम्पन्न उक्त संग्रहालय पर्यटन तथा सांस्कृतिक संरक्षणको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका मन्त्री सुरेश श्रेष्ठ, मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी तथा आयोजना इकाइ कार्यालय काठमाडौंका प्रमुख उत्तम चापागाईंको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उनीहरूले संग्रहालयले दोलखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान उजागर गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उक्त संग्रहालय भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत तथा वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। नगर प्रमुख मानन्धरले संग्रहालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्यटन विकासमा उपयोग गरिने बताए।

कार्यक्रममा वक्ताहरूले नेपालका पुराना मुद्राहरू, ऐतिहासिक सिक्का तथा आर्थिक इतिहासलाई संरक्षण र प्रदर्शन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको उल्लेख गरे। यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहले संग्रहालयलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक योजना बनाउने जनाएको छ। साथै, यसलाई दोलखा भ्रमणको प्रमुख आकर्षणका रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved