Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा पाइप काण्डः करोडौंको ‘कागजी विकास’ पर्दाफास, मन्त्रालयद्वारा छानबिन समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 12, 2026
0 shares

खोटाङ । कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खोटाङस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा भएको पाइप खरिद अनियमितता प्रकरणमा औपचारिक छानबिन सुरू गरेको छ। उक्त प्रकरणको गहिरो अध्ययनका लागि मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

चैत १९ गते प्रकाशित समाचारमा महालेखा परीक्षकको २०८१ को प्रतिवेदन उद्धृत गर्दै पाइप खरिदमा गम्भीर अनियमितता भएको खुलासा गरिएको थियो। सो समाचार सार्वजनिक भएपछि मन्त्रालयले चासो देखाउँदै तत्काल छानबिन प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयका सचिव पुष्कर पोखरेलका अनुसार जनतालाई यथार्थ जानकारी दिनु राज्यको दायित्व भएकाले छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका शाखा अधिकृत ईश्वर थापाको नेतृत्वमा बनेको उक्त समितिले कामसमेत सुरू गरिसकेको छ।

महालेखाको प्रतिवेदनअनुसार डिभिजन कार्यालयले १८ वटा खानेपानी आयोजनाका लागि ३ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरका ४ लाख २७ हजार १३२ मिटर पाइप खरिद गरेको थियो। तर जिन्सी खातामा सबै पाइप खर्च भएको देखाइए पनि नापी किताबमा भने ३ लाख ८२ हजार ५२७ मिटर मात्र जडान भएको भेटिएको छ।

यसरी खरिद र जडानको विवरण मिलाउँदा ४४ हजार ५४५ मिटर पाइप गायब देखिएको छ, जसलाई प्रतिवेदनले स्पष्ट अनियमितता ठहर गरेको छ। मन्त्रालयले यसअघि स्पष्टीकरण सोध्दा आएको जवाफ चित्तबुझ्दो नभएपछि थप अनुसन्धानका लागि समिति गठन गरिएको जनाएको छ। साथै, प्रदेशको सार्वजनिक लेखा समितिले पनि यस विषयमा स्थलगत अनुगमनलाई तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved