खाेटाङ। खोटाङ जिल्लामा विभिन्न पूर्वाधार तथा विकास निर्माण कार्यका लागि बजेट प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा सदस्य माननीय आरेन राईमार्फत आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न योजनाहरू समावेश गर्दै सम्बन्धित निकायमा बजेट माग गरिएको हो। प्रस्तावमा सडक, खानेपानी, भवन निर्माण लगायतका अत्यावश्यक योजनाहरूलाई प्राथमिकता दिइएको छ।
प्रस्तावित योजनाअन्तर्गत खोटाङ–सम्पर्क सडक निर्माणका लागि १५ करोड, गाईघाट–३ खोटाङ (कमाघाट योजना) स्तरोन्नतिका लागि ५० लाख, विभिन्न स्थानमा पक्की पुल तथा खेल मैदान निर्माणका लागि बजेट छुट्याइएको छ। यस्तै, केपिलासगढी गाउँपालिकामा कृषि बजार, खोटाङ अस्पताल स्तरोन्नति तथा अन्य आधारभूत पूर्वाधार विकासका योजनाहरू पनि समावेश गरिएका छन्।

यसैगरी, डि.आर.एम.पी.–१० अन्तर्गत पक्की सडक तथा अन्य साना–ठूला योजनाहरूका लागि समेत बजेट माग गरिएको छ। प्रस्तावमा समावेश योजनाहरू कार्यान्वयनमा आएमा जिल्लाको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।










