Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोसी साहित्य-कला परिषदको दुई दिवसीय ‘साहित्यिक सद्भाव यात्रा’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 23, 2026

हिमांशु राय – मोरङ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा दुई दिवसीय ‘साहित्यिक सद्भाव यात्रा’ सम्पन्न गरेको छ । भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका झापाका विभिन्न सङ्घसंस्था तथा स्रष्टालाई लक्षित गरेर यस कार्यक्रमको आयोजना गरिएको थियो ।

चैत ६ गते शुक्रवारका दिन ऐतिहासिक तथा पर्यटकीय क्षेत्र विराट पोखरमा झापाली साहित्य समाज, बिर्तामोड, झापा, मुख्य आयोजक र विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समिति सहआयोजक रहेको ‘शब्द यात्रा’ कार्यक्रमको संयोजन भने कोसी साहित्य–कला परिषद् नेपालको रहेको थियो । उक्त कार्यक्रममा झापा, मोरङ, सुनसरी तथा भारतका समेत स्रष्टाहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही साँझ झापाली अग्रज स्रष्टा केशव आचार्यकै निवासमा संस्थाले ‘स्रष्टाका निवासमा सिर्जना उत्सव’ कार्यक्रम सम्पन्न गर्‍यो ।

चैत ७ गते शनिवार पूर्वका साहित्यका ताराका रूपमा चिनिने भाषाविद् चूडामणि रेग्मीसँगको भेटघाट तथा आशीर्वाद ग्रहण गरेर दोस्रो दिनको साहित्यिक सद्भाव यात्रा सुरु गरेको संस्थाले सोही दिन लेखनाथ पुस्तकालय, चन्द्रगढी, झापा, त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा, सुसेली साहित्यिक परिवार, काडडभित्ता, झापा, साहित्य चौतारी, बिर्तामोड, झापा तथा साहित्य कला सङ्गम, दमक, झापा आदि संस्थाको कार्यालयमै पुगेर उनीहरूसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । यस कार्यक्रममार्फत ३ सयको हाराहारीमा भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तिहरूसँग भेटघाट गरेर उनीहरूसँग अन्तरक्रिया गरेको आयोजक संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ बताउँछन् ।

यस्ता साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले साहित्यिक संस्थाका बिचको सम्बन्धको विकास मात्र नगरेर नेपाली साहित्यको विकासमा समेत विशेष योगदान दिने नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्षसमेत रहेका प्रा.डा. भीम खतिवडाको विश्वास रहेको छ ।
भाषा, साहित्य, कला, तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका संस्थाहरूका बिचमा परिचय आदानप्रदान तथा सुमधुर सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई धेरैले मन पराएको संस्थाका अध्यक्ष केशु विरही बताउँछन् । यसलाई आवश्यकताका आधारमा निरन्तरता दिने पनि आफूहरूको योजना रहेको बताउँछन्।

उक्त साहित्यिक सद्भाव यात्रामा संस्थाका अध्यक्ष केशु विरही, उपाध्यक्ष विष्णु भण्डारी आचार्य, सचिव नवराज पोखरेल ‘नवशिला’, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले, सदस्य मनोज कार्की, साहित्य विभाग सहसंयोजक शारदा दाहाल भण्डारी तथा संस्थाका सल्लाहकार द्वय प्रा.डा भीम खतिवडा तथा डा. छवि वैरागी घिमिरे सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने ...

  • June 12, 2026

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन तथा अपाङ्ग...

  • June 12, 2026

वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा आंशि...

  • June 12, 2026

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी, ५ लाख ३८ ह...

  • June 12, 2026

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

  • June 12, 2026

प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफलदेखि सांस्...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved