Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारतीय सीमा क्षेत्रबाट काँचो केरा तस्करी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 17, 2026
0 shares

रौतहट । रौतहट र बारा सङ जोडिएको भारतीय सीमा क्षेत्रबाट तस्करी हुँदै नेपाल भित्र्याउन लागिएको ठुलो परिमाणमा काँचो केरा भारतीय सुरक्षा टोलीले  बरामद गरेको छ।भारतीय सीमा सुरक्षा बल एसएसबीको ७१ बटालियनको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाका आधारमा आईएनबी सीमा स्तम्भ नम्बर ३५६–३ नजिक पिठवा गाउँ क्षेत्रमा संयुक्त सुरक्षा टोलीले सोमबार राति  साढे ९ बजे अपरेसन सञ्चालन गरेको थियो।

प्राप्त सूचनाअनुसार एफ कम्पनी जमुनियाको टोलीले झरोखर प्रहरी चौकीसँग समन्वय गरी संयुक्त रूपमा नाका निगरानी गरेको थियो। सो क्रममा केही व्यक्तिहरू टाउकोमा कार्टुन बोकेर तथा मोटरसाइकलमार्फत भारतबाट नेपालतर्फ आउँदै गरेको देखिएको थियो।

नाका टोलीले उनीहरूलाई रोक्न संकेत गर्दा ती व्यक्तिहरूले बोकेका कार्टुनहरू बाटोमै फालेर फरार भएका थिए।त्यसपछि गरिएको खोजतलासका क्रममा भारतबाट नेपालतर्फ जाने बाटोका विभिन्न स्थानमा काँचो केराले भरिएका कार्टुनहरू फेला परेका थिए। प्रारम्भिक रूपमा ४३ वटा कार्टुन बरामद भएको थियो।

थप खोजी गर्ने क्रममा पिथवा गाउँको एउटा आँपको बगैँचामा ठुलो संख्यामा कार्टुनहरू फेला परेका थिए। त्यसैगरी पिठवा गाउँकै बन्सवाडी क्षेत्रमा त्रिपालले ढाकेर लुकाइराखिएको अवस्थामा पनि धेरै कार्टुनहरू भेटिएको सुरक्षा स्रोतले जनाएको छ।

बरामद गरिएको कार्टुनहरूको मालिक पत्ता लगाउन प्रयास गरिए पनि स्थानीय कसैले पनि त्यसको स्वामित्व स्वीकार गरेका छैनन्।बरामद गरिएको काँचो केरा नासिने प्रकृतिको खाद्यवस्तु भएकाले यसबारे उच्च अधिकारीहरूलाई जानकारी गराइएको बताइएको छ।

एसएसबी ७१ औं बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार आँपको बगैंचाबाट ७०७ कार्टुन तथा बन्सवाडी क्षेत्रबाट १११० कार्टुन गरी कुल १८६० वटा कार्टुन काँचो केरा बरामद गरिएको हो। प्रत्येक कार्टुनको तौल करिब १३.५ केजी रहेको जनाइएको छ।बरामद गरिएको सामग्री आवश्यक कारबाहीका लागि झरोखर प्रहरी चौकीलाई बुझाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved