Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हर्क साम्पाङकाे नमुना अभियायनकि २१ बर्षीय रुवी, आरर्किटेक्चर डिजाइनर देखि संघीय संसद सम्म

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 16, 2026
0 shares

धरान। धनुषामा चुनावी अभियान सुरु गर्नुअघि हर्क साम्पाङ पुगेका थिए । तर त्यतिबेला रुवीकुमारी ठाकुर नामकी युवती श्रम संस्कृति पार्टीसँग जोडिएकी थिइनन् । उनी सामान्य जीवन बाँचिरहेकी एक युवती थिइन्—जसले सामाजिक सञ्जालमा हर्क साम्पाङका गतिविधि हेर्थिन् र मनमनै सोच्छिन्, “देशका लागि यस्तै मान्छे चाहिन्छ।”

पहिलो पटक हर्क साम्पाङलाई प्रत्यक्ष भेटेपछि भने उनको सोच मात्र होइन, जीवनको दिशा नै बदलियो । त्यसपछि उनी माटोको चुनाव चिह्न बोकेर धनुषाका गाउँ–गाउँमा मतदाताको घरदैलो पुग्न थालिन् ।

श्रम संस्कृति पार्टीमा आवद्ध भएपछि रुवी आफ्नै समुदायमा मात्र सीमित रहिनन् । उनी सिंगो धनुषा–४ मा सक्रिय भएर प्रचारप्रसारमा जुटिन् । चुनावी मैदानमा उनले मनिष झा जस्ता स्थापित नेतासहित उनका समर्थकसँग राजनीतिक रूपमा खुला बहस र प्रतिस्पर्धा गरिन् ।

सामान्य युवती भएर सुरु भएको यो अभियानले उनलाई राजनीतिमा चिनिन थालेको नयाँ अनुहार बनायो ।

नेपालका परम्परागत ठूला दलहरूमा समानुपातिक सांसद सिफारिस प्रायः पार्टीका शीर्ष नेताका नजिकका व्यक्तिहरू वा पुराना नेताहरूलाई दिइने आरोप लाग्ने गर्छ । तर श्रम संस्कृति पार्टीले भने फरक अभ्यास देखाएको दाबी गर्छ ।

संसद्मा थोरै सिट भए पनि पार्टीले विभिन्न समुदाय र नयाँ पुस्तालाई अवसर दिने नीति अपनाएको भन्दै रुवीकुमारी ठाकुर जस्ता युवालाई समानुपातिक सांसद बनाएको छ ।

यसरी, सीमित सांसद संख्या हुँदाहुँदै पनि पार्टीले सबै वर्गलाई समेट्ने प्रयास गरेको उदाहरणका रूपमा रुवीको चयनलाई हेरिएको छ ।

अहिले उनै रुवीलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर संघीय संसद्मा पठाएको छ ।

२५ वर्षीया रुवीका लागि यो जीवनकै सबैभन्दा अप्रत्यासित मोड बनेकाे छ । उनि भन्छिन् — “म सामान्य मान्छे हुँ । तर सधैं पार्टी र हर्क साम्पाङका भिडियो हेर्थें । देशका लागि यस्तो मान्छे चाहिन्छ भन्ने लागेर समर्थक बनेँ । सांसद बन्नु मेरा लागि सरप्राइज नै हो।”

पार्टीले सांसद बनाएको खबर पाएपछि उनी पहिलो पटक धरानस्थित पार्टी कार्यालय पुगिन् । त्यहाँ पुग्दा उनी केही नर्भस थिइन् तर उत्साहले भरिएकी थिइन् ।

धनुषाको मझेलियाकी रैथाने रुवी साधारण परिवारबाट आएकी हुन् । उनका बाबु सोगराथ ठाकुर साउदी अरबमा वैदेशिक रोजगारीमा छन् । उनी पहिले गाउँमै कपाल काट्ने पेसामा संलग्न थिए । आमा रेणु ठाकुर गृहिणी हुन् । परिवारमा रुवीसहित चार बहिनी र दुई भाइ छन् ।

परिवारको आर्थिक अवस्था सामान्य थियो । उनीहरू एक कट्ठा जमिनमा बस्छन् र जीविकाका लागि अर्काको दुई बिघा जमिन अधियामा कमाउँछन् ।

रुवीले धनुषाको मझेलियास्थित श्री माध्यमिक विद्यालयबाट एसईई गरेपछि स्वरोजगार हुने उद्देश्यले डिप्लोमा इन्जिनियरिङ अध्ययन गरिन् ।

स्थानीय बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा सकेपछि उनले वास्तु–आर्किटेक्चर सम्बन्धी काम गर्दै धनुषाकै एक कन्सल्टेन्सीमा मासिक २० हजार रुपैयाँ तलबमा काम गरिरहेकी थिइन् ।

“टुडी र थ्रिडी प्रविधिबाट घरको नक्सा बनाउन सिकेकाले कन्सल्टेन्सीमा काम पाएँ,” उनी भन्छिन् ।

राजनीतिक भाषा अझै सिक्दै गरेकी रुवीले संसद्मा मधेशका सामाजिक समस्यालाई प्राथमिकतामा राख्ने बताएकी छन् ।उनका अनुसार मधेश क्षेत्रमा अझै पनि दाइजोप्रथा,बालविवाह,बेरोजगारी जस्ता समस्याले समाजलाई प्रभावित पारिरहेको छ ।

“दईजाे प्रथा कानुनले प्रतिबन्ध गरे पनि व्यवहारमा अझै हटेको छैन । यसले महिलालाई धेरै पीडा दिएको छ । यस्ता मुद्दा संसद्मा सशक्त रूपमा उठाउनेछु,” उनले भनिन् ।

सांसद बनेपछि पनि उनले आफ्नो पढाइ रोकिन नदिने बताएकी छन् । डिप्लोमा इन्जिनियरिङपछि अब ब्याचलर इन्जिनियरिङ (बीई) गर्ने योजना बनाएकी छन् ।

“राजनीतिक यात्रा देश र जनताका लागि अवसर हो । तर इन्जिनियरिङ पढाइ परिवार र जीवनका लागि पनि आवश्यक छ,” उनले भनिन् ।

जेन–जी पुस्ताकी रुवी हाल अविवाहित छन् । विवाहको विषयमा भने उनले स्पष्ट योजना बनाएकी छन् ।

उनी मुस्कुराउँदै भन्छिन्,  “पहिले पाँच वर्ष संसद्लाई दिन्छु । पढाइ पनि अघि बढाउँछु । त्यसपछि विवाहबारे सोचौँला,” ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved