Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्व प्रतिस्पर्धामा छनौट भएका तीन नेपाली विद्यार्थीलाई इन्डोनेसिया जान आर्थिक समस्या

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2026
3 shares

 

कृष्ण कुँवर — अन्तर्राष्ट्रिय प्रविधि प्रतिस्पर्धा कोडाभर ७.० अन्तर्राष्ट्रिय प्रतियोगिता (Codeavour 7.0 International Competition) —मा सहभागी हुन छनौट भएका तीन नेपाली विद्यार्थी आर्थिक अभावका कारण प्रतियोगितास्थल इन्डोनएशियाको जाकार्ता पुग्न कठिनाइमा परेका छन् ।

प्रतियोगिता आगामी मे १६ र १७ (जेष्ठ -२ र ३ गते ) मा आयोजना हुँदैछ। सुनगाभा कलेज खैरेनी पर्साका कक्षा १२ का गुञ्जन शर्मा कर्ण, कक्षा ११ का परिभाषा पाठक र श्रीष्टी शंकर सम्मिलित समुह DEBSS ले राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै सिनियर क्याटेगोरीमा प्रथम स्थान हासिल गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका हुन् ।

उनीहरू विश्वभरबाट छनौट भएका उत्कृष्ट टोलीहरूमध्ये शीर्ष ३५ प्रतिनिधि समूहमा समेत पर्न सफल भएका छन् ।

टोलीले तयार पारेको ‘AeroSense’ नामक परियोजनाले वातावरणीय अनुगमनका लागि आधुनिक प्रविधिको प्रयोग गरेको छ । यस परियोजनामा रियल–टाइम IoT डेटा, लाइभ वेब भिजुअलाइजेशन र जीयोस्पेसियल म्यापिंग प्रविधी प्रयोग गरेको छ, जसले वातावरणीय अवस्थाबारे वास्तविक समयमा जानकारी विश्लेषण गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

प्रतियोगितामा सहभागी हुन प्रति सदस्य करिब १ लाख ६० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । यसमा हवाई टिकट, भिसा, बसोबास तथा भोजन खर्च समावेश छन् । आर्थिक अभावका कारण उक्त टोलीले आवश्यक सहयोगका लागि विभिन्न निकाय तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरेका छन् ।

नेपालका लागि प्रतियोगिताको व्यवस्थापन तथा समन्वय देशीय साझेदार Skillsup Global Pvt. Ltd. ले गरिरहेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत निश्चल् प्रधानले उक्त टोलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नवप्रवर्तन र प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन् । ५ दिनका लागि विदेश जान लागेका ३ जना बिद्यार्थीहरुलाई ४ लाख ८० हजारको आवश्यकता भएको तर परिवारको आर्थिक स्थिति कमजोर भएको कारण जोकोहिले पनी सम्पर्क गरेर सहायता गर्न सक्नेछन् ।

टोलीका सदस्यहरू गुञ्जन शर्मा कर्ण — खैरहनी–६, पर्सा | सम्पर्क: ९७६६३४७९१३, परिवाषा पाठक — राप्ती–३, झुरझुरे | सम्पर्क: ९८४००७९५३९, श्रीष्टी शंकर — मनहरी–७, मकवानपुर | सम्पर्क: ९७६१७६१८६७ ।

सहयोगका लागि बैंक विवरण

नाम: Gunjan Sharma Karna

बैंक: मुक्तिनाथ विकास बैंक

खाता नम्बर: 04122301406970000001

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved