Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कवि विष्णु वियोगीको ‘किरिच’ को विमर्श सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 17, 2026
6 shares

सुनसरी । कवि विष्णु वियोगीको कवितासङ्ग्रह ‘किरिच’ माथिको धरानमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र बहुमुखी क्याम्पस, धरानको नेपाली विभागको आयोजनामा उक्त विमर्श सम्पन्न भएको हो ।

प्रा.डा. टङ्कप्रसाद न्यौपाने प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ प्रा.डा.खेमराज खनाल, प्रा.डा गोपालप्रसाद भण्डारी, प्रा.डा. खेमनाथ दाहाल, प्रा.डा. भीम खतिवडा, प्रा.डा. सागरमणि सुवेदी, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशी पौडेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, ‘किरिच’ का लेखक विष्णु वियोगीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा साहित्यका अतिरिक्त प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । साथै महेन्द्र बहुमुखी क्याम्पस, धरानका विभिन्न तहका विद्यार्थीहरूको बाक्लो उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो ।

कृतिमाथि प्रा.डा. भीम खतिवडा र डा. सुभाषचन्द्र न्यौपानेले ‘किरिच’ माथिको विमर्श प्रस्तुत गरेका थिए । प्रा.डा. खतिवडाले पुस्तकको रचनागर्भका बारेका कुरा गर्दै निकै मेहनतका कारणले मात्र यो कृति बाहिर आएको बताए । नेपाल संस्कृत विश्वविद्यालयको पूर्व शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिभित्रका रचनाहरूले सिङ्गो समाजको प्रतिनिधित्व गरेको बताए । उता विमर्शक न्यौपानेले भने ‘किरिच’ लाई प्रयोगवादी कृतिका रूपमा चर्चा गरे ।
कार्यक्रममा निरोज आचार्य, प्रेसिका निरौला, नवराज पोखरेल ‘नवशिला’, दीपेन्द्रसिंह दर्नालले कृतिभित्रका रचना वाचन गरेका थिए ।

वियोगी पेसाले शिक्षक हुन् । २०५३ सालमै तयार भए पनि यो कृति २०८० सालमा मात्र प्रकाशनमा आएको हो ।
उपप्राध्यापक लक्ष्मीकुमार श्रेष्ठले शब्दले स्वागत गरेको उक्त कार्यक्रममा नेपाली विभागका विभागीय प्रमुख डा. दीपकप्रसाद न्यौपानेको अध्यक्षता रहेको थियो । कार्यक्रमको सञ्चालन भने उपप्राध्यापक राजेशकुमार यादवको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved