Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 7, 2026
0 shares

काठमाण्डौ । गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका विच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर  चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन गर्नु भएको हो । उक्त समारोहमा  बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, संगीतकार जुगल डंगोल, संगीतकार भुपेन्द्र रायमाझी,  गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, संगीतकार मनराजा नकर्मी, संचारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधब राज खरेल लगनयतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नेपाली भाषातर्फ तिम्रो याद एल्बममा पाँचवटा गीतहरु समावेश गरिएको छ । जसमा, गीतकार दिनेश अधिकारीको शब्द, संगीतकार राजु सिँह संगीत तथा  फिरोज बज्राचार्यको संगीत संयोजन रहेको तिम्रो मात मीठो बोलको गीत देखी लिएर  डब्बु क्षेत्रीको शब्द , जुगल डंगोलको संगीत, संयोजन  रहेको अनायासै तिम्रो याद गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । अनायासै तिम्रो याद गीतमा भने सानुबाबुलाई गायनमा गायिका निशा देशारले पनि साथ दिनु भएको छ । त्यस्तै गरी श्रीपुरुष ढकालको शब्द  तथा भूपेन्द्र रायमाझीका संगीत, संयोजन संयोजन रहेको धेरै धेरै माया दिएर बोलको गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । उक्त एल्बममा अमरराज शर्मा राजोपाध्यायको शब्द, संगीत र  जुगल डंगोल संगीत संयोजन रहेको गीत कसैले त रक्सी भन्छन् र जुगल डंगोलको  शब्द, संगीत तथा संगीत सयोजन रहेको यस्तै होकि माया भन्नु बोलको गीत समेत समावेश गरिएको छ ।

त्यस्तै नेपाल भाषाको एल्बम नुगः या मिखां मा आठवटा गीतहरु समावेश गरिएको छ । जसमा, सानुबाबु महर्जनको स्वर, शब्द, संगीत  र भूपेन्द्र बज्राचार्य संगीत संयोजनमा नग्या मिसा, सानुबाबु महर्जन कै स्वर, शब्द, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको गीत हिँसि दुख मयु पनि एल्बम नुगः या मिखां मा समावेश रहेको छ । हिँसि दुख मयु गीतमा गायक महर्जनलाई गायिका निशा देशारले साथ दिनु भएको छ । त्यस्तै दुर्गालाल श्रेष्ठको शब्द तथा सानुबाबु महर्जनको स्वर, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको ख्वमाल ख्वका बोलको गीतका साथै धर्मकृष्ण सिकर्मीको शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा रबिक धाय को संगीत संयोजन रहेको गीत व स्वःसां वाला, रेखा भाय को शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा सुमन कपालीको संगीत संयोजन रहेको गीत छुं छुं म्हाय, सानुबाबु महर्जन को स्वर, शब्द र संगीत तथा रबिक धाय को संगीत संयोजन छुं मयु जित, दुर्गालाल श्रेष्ठ को शब्द तथा जुगल डंगोल संगीत संयोजन रहेको मां यः मां बोलको गीतलाईपनि उक्त एल्बममा समावेश गरिएको छ । त्यसैगरी जगमोहन वामि को शब्द, संगीत र जुगल डंगोल संगीत संयोजन जिमि कला तरक भिं पनि उक्त एल्बममा समावेश गरिएका गीतहरु हुन् ।

उक्त समारोहमा दुईवटा म्यूजिक भिडियोहरु क्रमशः हिसि दुम्ह मयजु र मस्यु जितः छु जु छु जु  पनि प्रस्तुत गरिएको थियो । प्रस्तुत गीतका कलाकार, निर्देशक, छाँयाकार तथा प्राविधिकहरुको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

समारोहलाई संचारकर्मी तथा कार्यक्रम संञ्चालक सुरज बज्रचार्यले सहजीकरण गर्नु भएको थियो भने उक्त समारोहमा दुवै एल्मबमा सहभागी कलाकार, श्रष्टा तथा सर्जकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । दर्शक तथा समर्थकहरुको बाक्लो उपस्थितीमा सम्पन्न गरिएको समारोहको सभापतित्व ज्यापु समाजको प्रथम उपाध्यक्ष शर्मिला महर्जनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved