Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काे हुन् डा. दान पोखरेल ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 2, 2026
0 shares

“मैले चिनेको” पास्टर : डा. दान पोखरेलनेपाली माटोमा जन्मिएर विश्वभर फैलाएको मिशन, “ग्लोबल मिशन नेपाल” : पास्टर डाक्टर दान पोखरेलको विश्वास, सेवा र योगदान

दिपेश श्रेष्ठ । नेपाली माटोमा जन्मिएर ख्रीष्टियन विश्वास अँगाल्ने र आज विश्वभर नेपाली समुदायमाझ प्रभु येशू ख्रीष्टको सन्देश फैलाइरहेका डाक्टर दान पोखरेल नेपाली ख्रीष्टियन मिशन क्षेत्रमा परिचित र प्रभावशाली नाम हुन् । हाल अमेरिका बसोबास गर्दै आएका डाक्टर पोखरेल Global Mission Nepal (GMN) का संस्थापक तथा प्रमुख हुन् । उनको जीवन यात्रा केवल विश्वास परिवर्तनको कथा मात्र होइन, जीवन, शिक्षा, सेवा र नेपाली समाज तथा राष्ट्रप्रतिको उत्तरदायित्वको समग्र दस्तावेज हो ।

डाक्टर दान पोखरेलको जन्म बाबु मनिराम पोखरेल र आमा अनिमाया पोखरेलको कोखबाट सन् १९६७ मा लमजुङ जिल्लाको ढाडाखर्क भन्ने स्थानमा हिन्दु परिवारमा भएको हो । उनी नेपाली ग्रामीण–सामाजिक परिवेशमै हुर्किएका व्यक्ति हुन् । बाल्यकालमा उनले नेपाली समाजका धार्मिक परम्परा, सामाजिक विभेद, गरिबी र समुदायबीचको आपसी सम्बन्धलाई नजिकबाट अनुभूति गरे । यही जीवन अनुभवले पछि उनको विश्वास, सोच र सेवाको दिशालाई गहिरो रूपमा प्रभावित गरेको देखिन्छ ।

सन् १९८८ मा किशोरावस्थामा डाक्टर दान पोखरेल खराब संगतका कारण जीवनको साँचो उद्देश्य नपाई अन्योलको अवस्थाबाट गुज्रिए । यही अवस्थामा पुग्दा प्रभु येशू ख्रीष्टको प्रेमले उनको जीवनमा नयाँ जीवन र अनन्त आशाको अनुभव गरायो र उनले प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु तथा मुक्तिदाताका रूपमा स्वीकार गरे । यो निर्णय उनका लागि केवल आत्मिक परिवर्तन मात्र थिएन, ख्रीष्टको प्रेमले सम्पूर्ण जीवन परिवर्तन गरिदिएको निर्णायक मोड थियो । यस परिवर्तनले उनको जीवनलाई नयाँ उद्देश्य र दिशातर्फ मोड्यो । यही विश्वासले उनलाई परमेश्वरको राज्य विस्तार, मानिसप्रतिको प्रेम, क्षमा, सेवा र बलिदानको मार्गतर्फ अग्रसर गरायो ।

ख्रीष्टप्रभुमा विश्वास गरेपछि डाक्टर पोखरेलले आफ्नो जीवन पूर्ण रूपमा सेवामा समर्पित गर्ने निर्णय गरे । सन् १९९३ मा धोबीघाट, ललितपुर निवासी मन्दिरा घलेसँग वैवाहिक करारमा बाँधिएको केही महिनामै उनी पूर्णकालीन प्रभुको सेवामा लागे । सेवाको क्रममा धर्मशास्त्रीय ज्ञानको कमी र दीर्घकालीन सेवाका लागि आवश्यक तयारी महसुस गरी उनले भारत र अमेरिकामा औपचारिक धर्मशास्त्रीय शिक्षा हासिल गरे ।

उनले Southern Asia Bible College (भारत) बाट Bachelor of Theology (B.Th), Southern Baptist Theological Seminary (अमेरिका) बाट Master of Divinity (M.Div), Boston University (अमेरिका) बाट Sacred Theology (STM) तथा Southern Baptist Theological Seminary (अमेरिका) बाट Doctor of Missiology (D.Miss) मा अध्ययन पूरा गरेका छन् । यी अध्ययनले उनलाई केवल प्रचारक मात्र होइन, एक संगठित र रणनीतिक मिशन संस्थाको संस्थापक तथा सक्षम मिशनरी नेतृत्वकर्ता बन्न सघाएका छन् ।

सन् १९९३ देखि पूर्णकालीन मिशन सेवामा संलग्न डाक्टर पोखरेलले नेपाल र प्रवासी नेपाली समुदायमा लामो समय सेवा गरे । यही यात्राको परिणामस्वरूप सन् २०१४ मा Global Mission Nepal (GMN) को स्थापना भयो । यस संस्थाको मूल उद्देश्य नेपाली भाषी ख्रीष्टियन समुदाय—विशेषगरी ग्रामीण नेपाल र विदेशमा रहेका नेपालीहरूलाई ख्रीष्टको सन्देशसँग जोड्नु, स्थानीय चर्च स्थापना गर्नु र भावी नेतृत्व तयार गर्नु हो ।
आज Global Mission Nepal नेपालका सातै प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ । ग्लोबल मिशन नेपालद्वारा स्थापना गरिएका मण्डलीहरू सन् २०२५ देखि नेशनल ब्याप्टिस्ट कनभेन्सन अफ नेपालका नामले चिनिन्छन् ।

नेपाल बाहिर अमेरिका (विशेषगरी नर्थ क्यारोलाइना), युरोप, मध्यपूर्व तथा एसियाका विभिन्न देशमा रहेका नेपाली समुदायमा पनि GMN को उपस्थिति विस्तार भइसकेको छ । प्रवासी नेपालीमाझ नयाँ मण्डली स्थापना, प्रशिक्षण तथा आत्मिक नेतृत्व विकास गर्नु यस संस्थाको मुख्य पहिचान बनेको छ ।

यसका साथै डाक्टर पोखरेलको नेतृत्व मिशन गतिविधिमा मात्र सीमित छैन । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पपछि Global Mission Nepal ले स्थानीय चर्च र स्वयंसेवकमार्फत काठमाडौं उपत्यका, गोरखा, सिन्धुपाल्चोक, नुवाकोटलगायत प्रभावित जिल्लामा राहत सामग्री, खाद्यान्न तथा आवश्यक सहयोग वितरण गरेको थियो । त्यसैगरी कोभिड–१९ महामारीका बेला पनि GMN ले काठमाडौं, तराई तथा पहाडी जिल्लाका गरिब र जोखिममा परेका परिवारहरूलाई खाद्य सहयोग, स्वास्थ्य सामग्री र आधारभूत राहत उपलब्ध गराएको अभिलेख छ । महामारीको समयमा हजारौँ परिवार यस सहयोगबाट लाभान्वित भएका थिए ।

आफ्नो जन्मभूमि र देशप्रतिको योगदान :
ख्रीष्टियन बनेपछि पनि डाक्टर दान पोखरेलले आफू जन्मेको देश र समाजसँगको सम्बन्ध तोडेका छैनन् । उल्टै उनले शिक्षा, नेतृत्व विकास, सामाजिक सेवा तथा विपद् राहतमार्फत नेपालप्रतिको उत्तरदायित्व निरन्तर निर्वाह गर्दै आएका छन् । ग्रामीण भेगका युवालाई नेतृत्वमा ल्याउने, स्थानीय पास्टरलाई सक्षम बनाउने र समुदायकेन्द्रित सेवा प्रवर्द्धन गर्नु उनका प्रमुख योगदानका रूपमा लिइन्छ ।

डाक्टर दान पोखरेल हाल पत्नी मन्दिरा पोखरेल र दुई सन्तानसहित अमेरिकामा बसोबास गर्छन् । उनको परिवार पनि मिशन सेवामा सक्रिय रूपमा संलग्न रहँदै आएको छ, जसले उनको सेवालाई थप सुदृढ बनाएको देखिन्छ ।

समग्रमा, पास्टर डाक्टर दान पोखरेलको जीवन यात्रा साधारण नेपाली परिवेशमा जन्मिएको व्यक्तिबाट विश्वव्यापी मिशनरी नेतृत्वसम्म पुगेको प्रेरणादायी कथा हो । विश्वास, शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाएका डाक्टर पोखरेल आज पनि नेपाल र विश्वभरका नेपाली समुदायमा आशा, सेवा र विश्वासको सन्देश बोकेर सक्रिय छन् । उनको योगदान नेपाली ख्रीष्टियन इतिहासमा दीर्घकालीन प्रभाव पार्ने यात्राका रूपमा मूल्याङ्कन गर्न सकिन्छ ।
लेखक : सूचना चाैतारी डट कमका पत्रकार हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved