Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” मैले चिनेकाे “राजेश पायल राई : गाउँबाट विश्वमञ्चसम्म गुञ्जिएको ‘राई इज किङ’ को स्वरयात्रा।

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 1, 2026
0 shares

दिपेश श्रेष्ठ । नेपाली आधुनिक तथा चलचित्र संगीतका अपराजेय स्वरका रूपमा परिचित गायक राजेश पायल राई नेपाली संगीत उद्योगका त्यस्ता कलाकार हुन्, जसले तीन दशकभन्दा लामो समयदेखि आफ्नो आवाजमार्फत नेपाली संगीतलाई उचाइमा पुर्‍याइरहेका छन्। लोक, आधुनिक, गजल र फिल्मी गीतलाई समान रूपले आत्मसात् गरेका राईको जीवन यात्रा संघर्ष, सफलताको आरोह–अवरोह र निरन्तर साधनाको उत्कृष्ट उदाहरण हो।

राजेश पायल राईको जन्म २०३३ साल असोज १३ गते खोटाङ जिल्लाको बुइपामा भएको हो। उनका पिता रत्न राई पूर्व ब्रिटिश गोर्खा सैनिक हुन् भने आमा सञ्चलक्ष्मी राई गृहिणी हुनुहुन्छ। साधारण आर्थिक अवस्था भए पनि सांस्कृतिक चेतना र अनुशासनले भरिएको परिवारमा हुर्किएका राजेशको बाल्यकाल गाउँमै बित्यो।

बाल्यकालदेखि नै गीत–संगीतप्रति गहिरो रुचि राख्ने उनी विद्यालयस्तरमै गीत गाउँदै कार्यक्रममा सहभागी हुन थालेका थिए। मेलापात, स्थानीय कार्यक्रम र विद्यालयका सांस्कृतिक कार्यक्रममा उनी नियमित गायकका रूपमा चिनिन थालेका थिए।

राजेशले खोटाङकाे बुईपास्थित चम्पावती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने,त्यसपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएर रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययन गरेका हुन्। यद्यपि उनको मुख्य साधना औपचारिक कक्षाभन्दा बाहिर,संगीतकै क्षेत्रमा केन्द्रित रह्यो।

काठमाडौं आएपछि राजेश पायल राईले रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्दै औपचारिक रूपमा संगीत क्षेत्रमा प्रवेश पाए। यही समयदेखि उनले आधुनिक गीत, चलचित्र गीत र स्टेज कार्यक्रममा निरन्तर काम गर्न थाले। उनको करियरको प्रारम्भिक मोड बनेको पहिलो चर्चित गीत हो— “फैलियो माया दुबोसरी”
यो गीतमा शब्द र संगीत स्वयं राजेश पायल राईकै रहेको मानिन्छ, जसले उनलाई श्रोता र संगीतकर्मीबीच चिनायो।

सांगीतिक यात्रा र योगदानमा राजेश पायल राईले हालसम्म
५०० भन्दा बढी नेपाली चलचित्रमा पार्श्वगायक (Playback Singer) का रूपमा स्वर दिइसकेका छन्। सयौँ आधुनिक, गजल र लोक गीत गाएका छन्। दर्शन नमस्ते, राई इज किङ, कामना, जादु जस्ता लोकप्रिय एल्बम सार्वजनिक गरेका छन्। उनको स्वरमा भावनात्मक गहिराइ, उच्च पिचमा नियन्त्रण र शब्दप्रतिको संवेदनशीलता देखिन्छ, जसले उनलाई फरक पहिचान दिएको छ। यही कारण उनी “Rai is King” उपनामले परिचित छन्।

यति मात्र हैन,राजेश पायल राईले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान दिएका छन्। उनले सांगीतिक प्रस्तुतिकै क्रममा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (UK),अष्ट्रेलिया,जापान,दक्षिण कोरिया,हङकङ, सिंगापुर,मलेसिया,कतार, दुबई, साउदी अरबलगायत गल्फ राष्ट्रहरूमा समेत पुगेर आफ्नाे प्रस्तुति प्रस्तुत गरिसकेका छन्।

यी देशहरूमा रहेका नेपाली समुदायबीच उनले दर्जनौँ कन्सर्ट मार्फत नेपाली संस्कृति र संगीतको प्रचार गरेका छन्।भने,
सफलता सँगै राजेशको जीवनमा विवाद र कठिनाइ पनि आए। केही अन्तर्राष्ट्रिय कार्यक्रममा असहज परिस्थितिको सामना गर्नु पर्‍यो भने व्यक्तिगत जीवनमा पनि उतार–चढाव देखिए। उनी वैवाहिक जीवनमा प्रवेश गरे तापनि सम्बन्ध लामो समय टिक्न सकेन। यस्ता घटनाहरूले उनलाई मानसिक रूपमा चुनौती दिए पनि उनलाई संगीतबाट कहिल्यै टाढा जान दिएनन्।

यसरी साङ्गितिक क्षेत्रमा याेगदान पुर्याएकै कारण राजेश पायल राईले धेरै पुरस्कार र सम्मानहरु पाएका छन्। राष्ट्रिय चलचित्र पुरस्कार,रेडियो नेपाल आधुनिक गीत पुरस्कार,नारायणगोपाल युवा पुरस्कार,विभिन्न एफएम तथा संगीत संस्थाका सम्मान प्राप्त गरिसकेका छन्। साथै, विश्वका कलाकारहरूसँग सहकार्य गर्दै गिनिज वर्ल्ड रेकर्डमा समेत सहभागी भएर नेपाली संगीतको इतिहासमा आफ्नो नाम दर्ज गराएका छन्।

राजेश पायल राई केवल गायक मात्र होइनन्, उनी नेपाली संगीतको एक युग हुन्। गाउँबाट उठेर विश्वमञ्चसम्म पुगेको उनको यात्रा नयाँ पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत बनेको छ। निरन्तर साधना, स्वरको अनुशासन र संगीतप्रतिको निष्ठाले उनी आज पनि नेपाली संगीत उद्योगका अपरिहार्य नाम बनेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved