Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली नवजागृति मण्डली अबुधाबीमा ख्रीष्टमस भव्य रूपमा मनाइँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 21, 2025
0 shares

 

कृष्ण कुँवर- अबुधावी। नेपाली नवजागृति मण्डली, अबुधाबीले ख्रीष्टमस २०२५ को अवसरमा दोस्रो दिन पनि विविध धार्मिक कार्यक्रमसहित उत्सव मनायो। २० डिसेम्बर शनिबारबाट सुरु भएको ख्रीष्टमस उत्सव आज डिसेम्बर २१, आइतबार पनि निरन्तर रूपमा आयोजना गरिएको हो।

अबुधाबीस्थित मुसाफाको वर्कर भेलेज नजिकै रहेको ब्रेदेन चर्चमा अवस्थित नेपाली नवजागृति मण्डलीले सु–समाचारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै ख्रीष्टमस उत्सव मनाएको हो।

कार्यक्रममा येशूख्रीष्ट विश्वासीहरूका उद्धारकर्ता हुनुहुन्छ भन्ने सन्देश प्रस्तुत गर्दै परमेश्वरले मानवजातिप्रति गर्नुभएको प्रेम र उहाँको अनन्त उद्धारको सु–समाचार सबै विश्वासीहरूले संसारभर सबै मानिसहरुलाई सुनाउनुपर्ने कुरामा जोड दिईएको थियो।

वचनको क्रममा पास्टर गोपाल पुलामीले संसारले केवल क्षणिक शान्ति दिन सक्ने तर अनन्त उद्धार दिन नसक्ने स्पष्ट पारेका थिए। येशूमा विश्वास गर्नेहरूले मात्र साँचो शान्ति, आनन्द र अनन्त जीवन प्राप्त गर्ने बताउँदै यो निःशुल्क सु–समाचार संसारका सबै व्यक्तिले सुन्नु आवश्यक रहेको र विश्वासद्वारा परमेश्वरको राज्य प्राप्त गर्नुपर्ने कुरा प्रष्ट्याएका थिए।

सु–समाचार, नृत्य तथा गीत–संगीतसहित सम्पन्न उक्त कार्यक्रममा करिब १३० जनाको उपस्थिति रहेको थियो। शनिबार ५२० जनाको उपस्थिति रहेको थियो भने शनिबार र आइतबार छुट्टी नमिल्नेहरूले सोमबार क्रिसमस कार्यक्रम मनाउँदै छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

कीर्तिपुरमा जलेको कारभित्र पुरुष मृत फेला, प्रहरीले अनुसन्धान ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved