Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“सबैको नजरमा राम्रो बन्न त सकिँदैन तर आफ्नै नजरबाट कहिल्यै गिर्न नपरोस् ” 

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 2, 2025
0 shares

श्रीराम रानाभाट। पुरानो एउटा कहानी छ,पहिले पहिले समुद्रको किनारतिर सुन खोज्न जाने प्रचलन थियो भनिन्छ । एउटा गाउँका दुईजना साथी भएर कैयौं दिनको बाटो सुन खोज्न गए । कैयौं वर्ष लगाएर सुन बटुले । लोभले मान्छेलाई दुखी मात्र होइन अपराधी पनि बनाउँछ । केही वर्षपछि उनीहरू फर्कदै थिए। एउटालाई लाग्यो कि यो साथीलाई मारें भने मसँग त अरु प्रशस्त सुन हुनेछ । लोभले ऊभित्र अपराध जन्मायो । हिँड्दै गरेको साथीलाई उसको सुन झट्ट खोसेर भिरबाट धकेलिदियो ।

अपराध गर्नुभन्दा पहिला अपराधिक मानसिकता बलियो भएर आउँछ,अपराध गरिसकेपछि त्यो मानसिकता आफै शिथिल बन्न थाल्छ। उसका हात पाउ गल्न थाले ओठमुख सुक्यो उ हतासिदै हिँडिरहेको थियो । पानी खोजिरहेको थियो ऊ यस्तो अवस्थामा थियो कि एक घुट्की पानी पाए बाँच्न सक्छु नत्र परान फुस्किन्छ । एकजना जोगी त्यही बाटो भएर आएका थिए । हातमा पानीको लोटा थियो । त्यो व्यक्तिमा डर त थियो नै, त्यो भन्दा ठूलो उसको खुसी थियो पानी पिउन पाउने । उसले हडबडाउँदै जोगीलाई भन्यो तपाईँ त देवदूत हुनुहुँदो रहेछ । म मर्न लागेको थिएँ पानीको प्यासले ,कृपया मलाई पानी पिलाउनुहोस् । जोगीले संकोच मान्दै भने कहाँबाट आउनुभएको…? यो झोलामा के ल्याउनु भएको छ…? सत्य बोल्नु छ, ज्यान बचाउनु छ । ‘समुन्द्र किनारबाट सुन खोजेर ल्याएको’ उस्ले भन्यो । जोगीले जिस्काउँदै भने, ‘एक लोटा पानीका लागि कति दिनुहुन्छ…?’ ‘तपाईँ पानीका लागि पनि मोलतोल गर्दै हुनुहुन्छ?’ उसले भन्यो । जोगीले भने , ‘के थाहा तपाईंले पनि कति मान्छेसँग मोलतोल गरेर सुन ल्याउनुभएको होला । एक लोटा पानी छ तपाईंको ज्यान बच्छ । तपाईले ल्याएको आधा सुन मलाई दिनुहोस्’ । त्यो व्यक्ति झस्क्यो ,चिसो पस्न थाल्यो । डरले धड्कनको रफ्तार बढायो । कतै यो जोगीले मेरो अपराध त देखेन…? उसलाई त्यही निम्ट्याइदिउँ भने अरु बढी हिम्मत थिएन । उसले भन्यो ‘ठिक छ म आधा सुन दिन्छु’। जोगीले कुटिल हाँसो सहित भने तपाईँको सुन तपाईं नै लिनुस् । पानी सित्तैमा पिउनुहोस् । मैले त तपाईंको सुनको मूल्य मात्र जान्न खोजेको । तपाईँले झोलाभरि बोकेको सुनको मूल्य केवल एक लोटा पानीभन्दा धेरै रहेनछ । तर त्यसका लागि तपाईंले जिन्दगी व्यर्थ खर्चनुभयो । थाहा छैन तपाईं कति खुसी रहनुहुनेछ भोलिका दिनमा । जोगीले पानी दिए । उसले लोटाको पानी घटघट पियो। खाली लोटा लिएर जोगी अगाडि बढे । तर त्यो व्यक्तिमा खुट्टा अगाडि बढ्न सकेनन्। मानौं जोगीलाई सबै कुरा थाहा थियो र त दण्डित गरेर गए । तर जोगीलाई केही पनि थाहा थिएन ।

उसलाई अपराध बोध भयो एक झोला सुनले अपराधिको पाइलो बढ्न दिएन ।

हामी अन्याय अत्याचार व्यविचार भ्रष्टाचार गरेर कुम्ल्याएर धनी बनेको मात्र देख्छौं तर ऊ भित्रभित्रै जलेर खरानी भएको देख्दैनौं । त्यस्ता कहानीलाई आधार मानेर कमाउनै छोड्दिनु भन्ने होइन । आजको समयमा सिधा बाटो हिँडेर सत्य बोलेर टिकिदैन भन्ने छ । तर विचार गर्नुस् र अनुभव पनि गर्नुहोस् । यदि दिनभर इमान्दार बन्न सकिएन भने रातभरि निन्द्रा लाग्दैन। खोज्नु छ भने सन्तुष्टि खोजौँ आवश्यकता त कहिले पनि पूरा हुँदैनन् । अरुले के गरेर कहाँ पुगे, पुग्न दिनुस् । तर तपाईं स्वयं आफू भित्र छिर्नुहोस् ।नियाल्नुहोस् आफूलाई, आफुमा हराउनु नै आफूलाई पाउनु हो । केही नभएको तर इमान भएका व्यक्तिहरूको सिद्धान्तमा आडा लाएर बाँच्ने मान्छेहरु छन् ।

यो सानो कुरा याद राख्नुहोस् एउटै समानता हुन्छ चङ्गा र जिन्दगीमा उचाइमा रहुन्जेल मात्र वावाही हुने हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved