Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

छवि वैरागीको उपन्यास “विविशारा”माथी चर्चा परिचर्चा,विमर्श एवम् सिर्जना वाचन कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 30, 2025
0 shares

वालिङ, स्याङ्जा। उपन्यासकार छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास “विविशारा”माथी चर्चा परिचर्चा,विमर्श एवम सिर्जना वाचन कार्यक्रम २०८२ सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा आयोजना गरिएको औपन्यासिक कृति विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ शनिवार दिउँसो वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गरिएको थियोे ।

कार्यक्रमको पहिलो चरणमा “विविशारा” औपन्यासिक कृतिमाथि केन्द्रित रहेर वक्ताद्वय लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने उपन्यासकार छवि वैरागी घिमिरेले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए ।

हालको टेम्केमयुँ गाउँपालिका- ६, भोजपुरमा जन्मिएका सशक्त छन्दकवि एवम आख्यानकार छवि वैरागी घिमिरे हाल सुन्दरहरैँचा नगरपालिका- ९, विराटचोक, मोरङमा रहेर सिर्जना कर्ममा क्रियाशील छन् । उनका दर्जन कृतिमध्ये  “विविशारा” दोस्रो औपन्यासिक कृति हो । रेडियो सञ्चारकर्मीका रूपमा एक दशक काम गरिसकेका घिमिरे हाल एक दर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा रहेका छन् । साधकका रूपमा समेत परिचित उनका एक दर्जन विभिन्न साहित्यिक कृति प्रकाशित छन् । उनी स्थानीयदेखि लिएर राष्ट्रियस्तरका विभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।

संसारमा अलौकिक प्रेम अझै मरेको छैन, विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत अर्को खुशीको जीवन पनि छ भन्ने विषयलाई मूल कथ्य बनाइएको “विविशारा” उपन्यास फिनिक्स बुक्स, काठमाडौले प्रकाशित गरेको हो । विविशारा उपन्यासले अहिले नेपाली पाठकहरूको ध्यान तानेको छ। र आम पाठकले अध्ययन गर्न रुचाइएको पुस्तकका रूपमा बजारमा चर्चा रहेको छ।

अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए । समारोहमा स्वागत मन्तव्य अभियानका संस्थापक अभियन्ता युवा कवि युवराज सुवेदीले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा स्याङ्जाली स्रष्टाहरु विष्णु पङ्गेनी पाण्डे, बोधराज न्यौपाने, राजु गैरे , लीलाप्रसाद रेग्मी, अग्निकुमार रेग्मी पल्लव, कमलप्रसाद बगाले, इन्द्रप्रसाद पाठक, झवनाथ बस्याल, दमकुमारी बगाले, युवराज सुवेदी, वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर के.सी., लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी लगायतद्वारा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved