Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘कोसी साहित्य-कला परिषद् नेपाल’द्वारा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 30, 2025
0 shares

हिमांशु राय – मोरङ बेलबारी । ‘कोसी साहित्य-कला परिषद् नेपाल’ को औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

वरिष्ठ साहित्यकार, उपद्रष्टा, हर्कमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, डा. दीपकप्रसाद न्यौपाने, कवि समीक्षक मिश्र बैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलालगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुण्यप्रसाद सुवेदीको काव्यकारितामा डा. दीपकप्रसाद न्यौपाने, आख्यानकारितामा समीक्षक मिश्र बैजयन्ती र समकालीनसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान तामाङलाई राखेर विमर्श गरिएको थियो । वक्ताहरू गहिराइसम्म पुगेर उनको साहित्यकारिताका बारेमा बोलेका थिए । त्यस्तै कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, परिवारका तर्फबाट पुण्यप्रसादका भाइ श्रषिकेश सुवेदी र छोरा परसुराम सुवेदी आदिले संस्थाले सुरु गरेको अभियान तथा पुण्यप्रसादका विषयमा आआफ्ना धारण व्यक्त गरेका थिए ।

कार्यक्रममा पुण्यप्रसाद सुवेदी र उनीसँग जोडिएर गरिएका कार्यका बारेमा उठेका प्रश्नलाई विभिन्न कोणबाट उत्तर खोजिएको थियो ।
कार्यक्रममा स्रष्टाहरू रेखा सुवेदी, हरि कट्टेल, कृष्ण उदासी र युवराज ठकुरीले पुण्यप्रसाद सुवेदीका कवितावाचन गरेका थिए भने सप्तक कला केन्द्र सलकपुर, मोरङका कलाकारले पुण्यप्रसाद सुवेदीका कालजयी गीतहरू गाएका थिए ।

संस्थाका अध्यक्ष केशु विरहीले संस्थाको गतिविधि माथि प्रस्ट पारेका थिए । स्थापना र स्थापना पछि सञ्चालन गरिएका कार्यक्रमका बारेमा प्रस्ट पार्दै विरहीले आफूहरू नयाँ तर साहित्यमा केही राम्रो गरौँ भनेर यस संस्थाका माध्यमबाट एकजुट भएको बताए । निकै छलफल तथा विमर्शपछि मात्र संस्थाको स्थापना गरिएको बताउँदै विरहीले अग्रजको सम्मान तथा युवापुस्तामा अभिप्रेरणा, क्षमता र योगदानका आधारमा मूल्याङ्कन, साहित्यमा थिति बसाउने प्रयास, संस्थालाई साझा चौतारीका रूपमा विकास, साहित्य कला ग्रामको अवधारणा, साहित्यको बजारीकरण तथा अन्तर्राष्ट्रियकरण आदि कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लेखक तथा अनुसन्धानकर्तासमेत रहेको विरहीले आफूहरू मञ्चलाई कार्यक्रम स्थलका रूपमा मात्र विकास गर्ने, खादा मालाको प्रयोग नगर्ने, गर्नुपरेमा सम्मानका लागि मात्र गर्ने, बौद्धिक श्रमको न्यूनतम भए पनि पारिश्रमिकको सुरुआत गर्ने, नयाँ पुस्तालाई प्राथमिकतामा राखेर कार्य गर्ने बताए ।
संस्थाले १ रुपियाँबाट सुरु गरेर १ करोड बराबरको अक्षयकोष पुर्‍याउने अभियानको सुरुवात समेत गरेको छ ।

वरिष्ठ साहित्यकार, उपद्रष्टा, हर्कमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, समीक्षक डा. दीपकप्रसाद न्यौपाने, कवि समीक्षक मिश्र बैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीलगायतका साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उमानाथ भट्टराई अचल, हरिप्रसाद दाहाल, रमेन्द्र कोइराला, धनजित पराजुली, भवानीप्रसाद पोखरेल, तिला लेकाली, दुर्गा पराजुली, सञ्जीव धिमाल, रुद्र भण्डारी धुलो, युवराज ठकुरी, मञ्जु घिमिरे दाहाल, यादव भट्टराई लगायतका स्रष्टा/कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
उपाध्यक्ष विष्णु भण्डारी आचार्यले कार्यक्रममा उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । ‘कोसी साहित्य-कला परिषद् नेपाल’ का अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved