Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कलाकारको पीडा, पदमा पौडेलको कथा देशको गम्भीर सवाल हो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 28, 2025
3 shares

प्रेम जैरु । बंगलादेशमा एक पत्रकारले भेटिएकी पदमा पौडेल कुनै समयकी प्रतिभाशाली, चर्चित र पुरस्कृत लोकदोहोरी गायिका हुन। मैले उनको बारेमा खोज गर्दै गए र लेख्न खोज्दा मेरो कलमको निभ बाङ्गिय र कापिको पानामा अक्षरहरु लरबराए अनि मेरो सास नै अड्केला जस्तो भयो । तर आज देश बाहिर बसेर, बुर्काले अनुहार छोपेर अनि आफ्ना मनका हजारौं सपना र सशक्त प्रतिभालाई पनि बुर्का भित्र लुकाएर मलिन स्वरमा कम्पित आवाज सुनाउदै गर्दाको दृश्य हेर्दा यो कलाकारको दुर्दशा हो ।

प्रश्न उठ्छ:
१.किन एक समयकी चर्चित, प्रतिभाशाली, चम्किलो र सफल लोकदोहोरी कलाकार गुमनाम भइन्?
२.के यो उनको “गल्ती” वा समयको खेल थियो ?
३.कि हाम्रो समाज र संरचनाले उनलाई त्यतिबेलै निराश बनाइ लखेट्याे?
४. किन आज पनि धेरै कलाकारहरु आफ्नो कार्यक्षेत्र प्रति बितृष्णा छन ?

सायद कुनै न कुनै गम्भीर चोट अबस्य परेको छ। आफ्नो जन्म दिने आमा,बाबु आफ्नो परिवार अनि जन्मभूमि आफ्नो देश छोडनुमा ! उनको बोलाइमा धेरै पिल्साइ छ सायद अहिले उनको बाटो अलग भएर पनि होला धेरै कुरा भन्न सकेकी छैनन् । भन्नलाइ कलाकारलाई देशको गहना भनिन्छ तर देशमा किन गहना माटोमा लतपतिन्छ?

सत्य त कडै छ। दोहोरी क्षेत्रका कलाकारलाई हेर्ने नजर नै अलग हुन्छ ।यस्तो प्रवृत्ति आज पनि उस्तै छ। शंका, आरोप र अवमूल्यनले भरिएको छ। विशेषगरी लोकदोहोरी क्षेत्रका कलाकार भनेको लाग्छ कि तिनीहरु चाहिँ अर्कै सन्सारको हो मन,भावना, शरीर, चेतना जम्मै अर्कै हुन्छ अर्थात सबै असामान्य हुन्छ जस्तो व्यवहार गर्छ्न। कुनै नैतिकता हुँदैन, चरित्र हुदैन र जे भने पनि हुन्छ, जस्तो व्यबहार गर्दानी हुन्छ जस्तो ठान्छन । धिकार यो मेरो समाज ! सबैको रहर मात्रै हुदैन बाध्यता पनि हुन्छ भन्ने कुरा मगज मा कहिले पस्छ? धिकार यस्तो सोच राख्नेलाइ !

यस्ता गलत धारणाले गर्दा धेरै प्रतिभाहरूलाई बिथोलिरहेको छ। कलाकारहरु अन्योलमा परेका छन आफ्नो कामको सहि पहिचान दिन सकेका छैनन। अनि सम्बन्धित संस्थाहरूको उदासीनताले कति जनाको जीवन उजाडिएका छ। हो यो यथार्थ हो ! कति जनाको घर–परिवार टुटेको छ, कति मौन पीडासँग लड्दै छन्। कति जनाले संघर्ष गर्न नसक्दा मनोबल गुमाएका छन्, र कति जना पदमा पौडेल जस्तै विदेश पलायन हुन बाध्य छन्। लाग्छ कि उनीहरुलाई यो देश, कुदृष्टि भएको समाज बाट टाढा हुम र कसैले नदेख्ने र नभेट्ने ठाँउमा जान पाए हुन्थ्यो जस्तो मनस्थिति बनाएको छ र परिस्थितिले अवाक्क (अमन) बनाएको छ। जब सम्म राज्य लगाएत सम्बन्धित निकायले उनिहरुको भबिस्यको सुनिस्चितता दिदैन तब सम्म सबै कलाकारहरु को मनोवृत्ति यस्तै हुन्छ ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लगायतका सम्बन्धित संस्थाहरू कता निदाएका छन्?
कलाकारको रक्षा, सम्मान र भविष्य कस्को जिम्मा?
कुरा पदमा पौडेलको मात्र होइन, सायद उनी स्वस्फूर्त गुमनाम भएकी होलिन तर आँखा चिम्लेर सम्झने हो भने यो अवस्था प्रत्येक शहरका दोहोरी भित्र छन। यो सयौँ कलाकारको साझा घाउ हो।
मेरो मनले भन्छ कि पदमा पौडेल भनेको एक प्रतिनिधि पात्र हुन् जुन चाहिँ संस्थागत उपेक्षा र सामाजिक तिरस्कारले जन्माएको। त्यसो नहुदो त यति मिठो स्वर र दमदार प्रतिभा किन विलय भएर जान्छ केहि न केहि त छ पक्कै !

अब पनि चुप बस्ने? अब पनि नदेखेको जस्तो गर्ने?
सम्बन्धित निकाय, सरकारले कलाकारको सुरक्षा, सम्मान र जीवनयापनका लागि तुरुन्त कदम चाल्नैपर्छ। समाजले कलाकारविरुद्ध बोसिएको गलत दृष्टिकोण त्याग्नैपर्छ।कलाकारलाई आलोचना होइन, आदर र सुरक्षा चाहिन्छ।
कलाकारलाई ‘गहना’ भन्न पर्याप्त छैन, गहना जोगाउन सक्ने समाज र संस्था चाहिन्छ। पदमा पौडेलको कथा कुनै गुनासो होइन यो चेतावनी हो।

कला–संस्कृति हाम्रो देशको पहिचान पनि हो र कलाकार यसको रोल मोडल हुन । राष्ट्र र राष्ट्रियताका लागि भएता पनि कलाकारलाई पनि राष्ट्रकाे एक अंग बनाइयोस। आगामी दिनमाहरुमा कलाकार सरकारबाट नै राष्ट्रका पाचौं अंग हो भनी घोषण गरियोस।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved