Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोसी साहित्य-कला परिषद् नेपाल द्वारा स्रष्टा भेटघाट तथा बृहत् अन्तरक्रिया सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 17, 2025

हिमांशु राय -मोरङ बेलबारी । ‘कोसी साहित्य-कला परिषद् नेपाल’ को आयोजनामा स्रष्टा भेटघाट तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलबारी बहुमुखी क्याम्पस, मोरङको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले भेटघाट तथा ‘संस्थाको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार हर्कमान तामाङ रहेका थिए । कार्य समिति, सल्लाहकार, विभिन्न विभागका सदस्य, केही शुभेच्छुक संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा प्रा.डा. भीम खतिवडा, कवि तथा आख्यानकार डा. छवि वैरागी घिमिरे, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ साहित्य समाज, मोरङका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा-प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुली, प्रलेस नेपाल कोसी प्रदेशका निवर्तमान अध्यक्ष तिला लेकाली, धिमाल भाषाका कवि तथा नाटककार टीकालाल धिमाल, गजलकार रोमु अधिकारी, विराट साहित्य समाजका वासु अधिकारीलगायतका स्रष्टाहरूले संस्थाले गर्नुपर्ने आगामी कार्यक्रमका बारेमा आआफ्ना धारणा राखेका थिए ।

सल्लाहकार समिति तथा विभिन्न विभागका सदस्यहरूलाई बधाइ तथा शुभकामना प्रदान गर्दै उनीहरूले नेपाली साहित्यको विकासमा एउटा फरक दृष्टिकोणका साथ स्थापना भएकामा खुसी व्यक्त गर्दै यसले नेपाली साहित्यका पारखीलाई केही आशा जगाएका बताए ।

‘कोसी साहित्य-कला परिषद् नेपाल’ अध्यक्ष केशु विरहीले संस्थाले हालसम्म गरेका गतिविधि तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । संस्थाले सङ्ख्यात्मक भन्दा पनि थोरै तर गुणात्मक कार्यक्रम सञ्चालन गर्ने, यस वर्ष प्रकाशन, विमर्श तथा समुदाय लक्षिक केही कार्यक्रम मात्र गर्ने अध्यक्ष विरहीले बताए ।

कार्यक्रममा विष्णु भण्डारी आचार्य, चिरञ्जीवी काफ्ले, प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, मनोज कार्की, श्रेष्ठ परिक्रमा, खेमचन्द्र अधिकारी, सुन्दर भट्ट, जुनु बुढाथोकी, एकराज भट्टराई, मुना मिश्र, रामकुमार हुक्पा चोङबाङ, प्रकाश भट्टराई, दुर्गा खरेललगायतका स्रष्टा/कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपाको जिल्ला अधिवेशन देशभर सुरु, दुई दिनमा ६७ जिल्लामा नेत...

  • June 6, 2026

डीआईजी ओमबहादुर रानाको नेतृत्वमा सुदूरपश्चिम प्रहरी देशभरमा प्रथम

  • June 6, 2026

विश्व वातावरण दिवसमा थापाठाना माविको उदाहरणीय पहल

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, संगठन विस्तार र न...

  • June 6, 2026

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जिय...

  • June 5, 2026

चार वर्षमा १५ करोड बराबरका विकास योजना सम्पन्न : अध्यक्ष न्यौपाने

  • June 5, 2026

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन भाेलिदेखि टीकापुरमा, ‘टी...

  • June 5, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved