Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘कोसी साहित्य–कला परिषद् नेपाल’ को सल्लाहकार चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 9, 2025

हिमांशु राय – मोरङ बेलबारी । भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि स्थापित संस्था ‘कोसी साहित्य कला परिषद् नेपाल’ ले वरिष्ठ साहित्यकार हर्कमान तामाङ संयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ । संस्था दर्ता पछि शनिवार बेलबारीमा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सल्लाहकार समितिमा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा सुनसरी,वरिष्ठ कवि तथा आख्यानकार डा. छवि वैरागी घिमिरे मोरङ,अग्रज स्रष्टा, वरिष्ठ साहित्यकार केशव आचार्य झापा र कवि तथा समीक्षक मिश्र बैजयन्ती मोरङ,रहेका छन् ।
आवश्यकता र औचित्यका आधारमा सल्लाहकार थप्दै जाने पनि निर्णय गरिएको संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ ले बताए ।

संस्थाले पहिलो बैठकबाटै संस्थापकहरूको निर्क्योल तथा वार्षिक कार्यक्रम तयसमेत गरेको छ । बैठकले भाषा/साहित्य तथा कला/संस्कृति विभागअन्तर्गत भाषा, साहित्य तथा कला संस्कृति विभिन्न ३ ओटा विभागको गठन गर्नुका सार्थ ती विभागहरूको संयोजकसमेत तोकेको छ । भाषा विभागमा वासु अधिकारी मोरङ, साहित्य विभागमा रोमु अधिकारी सुनसरी,र कला संस्कृति विभागमा राज यात्री लम्साल मोरङ,संयोजक तोकिएका छन् । हरेका विभागमा भाषा, साहित्य तथा कलाका क्षेत्रमा काम गरिरहेका ११/११ जना व्यक्तित्वहरूलाई मनोनयन गरिएको, आवश्यकता र औचित्यका आधारमा विभागमा सदस्य थप्दै जाने पनि निर्णय भएको संस्थाका अध्यक्ष केशु विरही बताउँछन् ।
भाषा, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा केही फरक तर राम्रो काम गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थाले यो वर्ष प्रकाशन, लोकार्पण, विमर्शलगायतका विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको अध्यक्ष विरहीले बताए ।

पत्रकारिताका साथै पछिल्लो समय अनुसन्धान कर्ममा रमाउँदै आएका विरहीले भने, ‘पछिल्लो समय कार्यक्रमका लागि कार्यक्रम गरिने गरिएको पाइन्छ, धेरै संस्थाले एकै प्रकारका कार्यक्रम गर्दै आएका छन् तर हामी धेरै कार्यक्रम गर्दैनौँ, अरू संस्थाले गरिरहेका प्रकृतिका कार्यक्रम पनि गर्दैनौँ । भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि अन्य संस्थासँग सहकार्य गरेर केही प्रभावकारी कार्यक्रम मात्र गर्नेछौँ । हाम्रो विशेष जोड औपचारिक भन्दा सङ्ख्यामा थोरै तर केही प्रभावकारी कार्यक्रम मात्र गर्ने रहेको छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

  • June 13, 2026

देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेत...

  • June 13, 2026

रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

  • June 13, 2026

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने ...

  • June 12, 2026

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन तथा अपाङ्ग...

  • June 12, 2026

वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा आंशि...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved