Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तपाईंका साथीहरू कस्ता प्रकारका छन् ? त्यसैबाट थाहा हुन्छ तपाईंको चरित्र ।

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2025
0 shares

श्रीराम रानाभाट ।मुस्कानलाई बिगार्ने खोल हुँदैन, केही केही सम्बन्धको तोल हुँदैन ।

मान्छे त भेटिन्छन् हरेक मोडमा ,
तिमी जस्तै अनमोल अनमोल हुँदैन ।

प्रेमभन्दा ठूलो मित्रता हो तर जति महत्व हामी प्रेमलाई दिन्छौं, मित्रतालाई होइन । जुन दिनदेखि रेटन थाल्छ प्रेमको हतियारले अनि मित्रताको खोजी गर्छौ, महसुस गर्छौ,। प्रेमले भन्छ “तिमीलाई केही भयो भने म जिउँदो रहँदिन, कतिपय अवस्थामा त जिउँदो राख्दिन, तर मित्रताले भन्छ “जबसम्म म जिउँदो रहनेछु, तिमीलाई केही हुन दिन्न”। आज केही घनिष्ठ र कनिष्ठ साथीहरुको बारेमा कुरा गरौं ।

१) सुखका साथी (rest friend):
जबसम्म तपाईँ बलेको हुन्छ तबसम्म हात सेकाउनेहरू । तपाईं हुने खाने हो, तपाईंको सबै कुराको व्यवस्थापन उनीहरुले गर्छन् । अघिपछि बढी गार्ड जस्तै बनेर हिँड्छन् । ऐँचो पैँचो सबै तपाईंसँग हुन्छ । थाहा छ पैचो तिर्न पर्दैन । यिनमा ती साथीभाई पनि पर्छन् जसले घाम लागेको बेला छाता पैँचो दिन्छन् , पानी परेको बेला फिर्ता माग्छन् । एकपटक दुईजना साथी जङ्गलको बाटो भएर हिँडिरहेका थिए । एउटा भालुसँग जम्का भेट भएछ । एउटा हत्तपत्त रुखमा चढेछ अर्को रुखमा चढ्न भ्याएन छ र मरेजस्तो गरेर भुइँमा सुतेछ । भालुले भुइँमा लडेको साथीको कानमा यसो सुँगे जस्तो गर्यो र आफ्नो बाटो लाग्यो । रुखमा चढेको साथी ओर्लेर साथीलाई सोध्यो “भालुले तिम्रो कानमा के भनेर गयो.? भुइमा लडेको साथीले भन्यो “आपत विपत परेको बेला वास्ता नगर्ने साथीलाई तैले पनि वास्ता नगर” भन्यो भन्दै आफ्नो बाटो लाग्यो । धनले जोडेको सम्बन्ध धन हौनजेल मनले जोडेको सम्बन्ध मन हौनजेल…।

२) सुविधाका साथी (test friend):

यी आफूलाई फाइदा हुने भएपछि मात्र मित्रता गाँस्छन् । साथी सम्पन्न छ उसको ठूलाबडासँग हिमचिम छ भने यो मान्छे कुनैबेला काम लाग्न सक्छ प्रयोग गर्न सकियो भने मित्रता पनि कायम रहन्छ । कोही साझा शत्रु बनाउने हुन्छन् । शत्रुको शत्रु मेरो मित्रु । कोही कहिलै वास्ता नगर्ने, अचानक भेट हुँदा त्यस्तो आफ्नोपन देखाउने कि बिचरा साथीलाई भेट्न नपाउँदा कति नियास्रीएको रहेछ भन्ने पार्ने, फेरि बिदा भयो सकियो ।जरुरत पर्यो,अप्ठ्यारो पर्यो भने मलाई सम्झनु भन्ने, सम्झ्यो भने उसलाई पूर्ण रुपमा व्यवस्था गर्ने उपाय खोज्ने उम्कने, अब पछि पर्ने भयो भनेर । यो क्याटागरीमा तपाईँसँग सक्दो फाइदा लिन चाहने र फाइदा लिइसकेपछि या लिन पाइएन भन्ने भएपछि तपाईंको टिप्पणी गर्दै हिँड्ने साथीहरु पर्छन् । ईर्ष्या गर्ने साथीहरू पनि यही लिस्टमा पर्छन् । यिनले अरुका अगाडि तपाईं छ भने तपाईंको प्रशंसा , भजन जस्तै गाउँछन् तर तपाईं छैन भने आलोचना गर्छन् । प्रायजस्तो साथीहरु यही लिस्टमा पर्छन । राम्रा त सबै हुन्छन् चिन्नका लागि संगत गर्नुपर्छ ।

३) साँचा मित्र (best friend, trust friend):

एकअर्कालाई सहहृदय राम्रो व्यवहार र सम्मान गर्ने साथी । टङ्क ,शिब र लक्ष्मण बचपनादेखिका साथी, सेनामा भर्ती भए । युद्धको बेला तिनैजना एउटै क्याम्पमा काम गरिरहेका थिए । एक रात उनीहरू एम्बुसमा परे । गोलीका छोराहरू छुटे । त्यो बेला कोही बोलेको सुनियो “टङ्क मलाई बचाउ, मलाई बचाउ ” लक्ष्मणले साथीको आवाज चिन्यो र क्याप्टेनसँग लक्ष्मणलाई बचाउन जाने अनुमति माग्यो तर क्याप्टेनले दिएन । “जवानहरु घटिसके म तिमीलाई पनि गुमाउन चाहन्न, त्यसैमाथि उसको आवाज सुन्दा बच्ला जस्तो लाग्दैन । “आदेश हो पालना गर्नुपर्यो । तर टंकले सहन सकेन । लक्ष्मणको अनुहार आँखाभरि आयो । जाओस् परान,फिकर छैन तर साथीका लागि घस्रिनै पर्छ । फेरि क्याप्टेनलाई भन्यो “म लक्ष्मणलाई भेट्न जानैपर्छ, गए परान जाओस्”। क्याप्टेनले टंकको आँखामा लक्ष्मण छटपटाइरहेको देख्यो र रोक्न सकेन । टङ्क घस्रिदै लक्ष्मण भएको ठाउँसम्म पुग्यो र बल्ल तल्ल आफ्नो अड्डासम्म ल्यायो । तर त्यतिन्जेलसम्म लक्ष्मणको मृत्यु भइसकेको थियो क्याप्टेनले रिसाउँदै भन्यो “मैले भनिसकेको थिएँ, ऊ बाँच्ने अवस्थामा छैन । उसलाई बचाउन जाँदा तिमी मात्र होइन हामी माथि पनि खतरा थियो । तिमीले ठूलो भूल गर्यौ सजाय दिलाउँछु म । टङ्कले निर्धक्क र गर्वका साथ भन्यो “जब म त्यहाँ पुगें ऊ जीवित थियो सर । उसको अन्तिम वाक्य थियो तिमी आउँछौ भन्ने मलाई थाहा थियो” मैले जे गरें सही गरें,सर अब म जुनसुकै सजाय भोग्न पनि तयार छु ।

– राम्रो सम्बन्ध बिरलै बन्छ । सत्य इमान्दार र हकी मान्छेसँग जो कोहीले सम्बन्ध बनाउँदैनन् । साँचो मित्रता विकास गर्न समय लाग्छ र बचाई राख्न पनि । सत्यको बाटोमा हिँड्दा ट्राफिक हुँदैन भिडभाड असत्यकै बाटोमा छ । सबैसँग विनम्र हुनु तर केहीसँग मात्र नजिक हुनु । सबैलाई विश्वास गर्नुभन्दा अघि सोचविचार गर्नु । साँचो मित्रता बिरुवा जस्तै हो । यो सम्बन्ध स्थापित हुनुअघि केही असमझदारीसँग झुझेर बलियोसँग उभिन सक्नुपर्छ ।

एक वफादार मित्र हजार आफन्त भन्दा राम्रो हुन्छ । आलु सबै तरकारीमा मिल्छ तर सस्तो छ । सस्तो हुनुमा गर्व लाग्छ या महँगो च्वाइस इज योर्स (choice is yours )

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved