Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उत्तरी मोरङका स्रष्टाहरु बिच भेटघाट तथा रचनावाचन कार्यक्रम सु सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 29, 2025

हिमांशु राय – मोरङ । मोरङको सुन्दरहरैँचामा चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान, स्रष्टा भेटघाट तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको संयोजन तथा डा. छवि वैरागी घिमिरेको व्यवस्थापनमा उक्त कार्यक्रमको सम्पन्न गरिएको हो ।

विशेष गरेर गजलकार तथा गायक राज यात्री लम्सालको स्वागतार्थ यस कार्यक्रमको आयोजना गरिएको सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष एवम् वरिष्ठ कवि डा. छवि वैरागी घिमिरे बताउँछन् । उनी चाडपर्व मनाउन गृहनगर आएको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको थियो ।

२०७२ सालमा ‘मेरो यात्रा’ गीत÷गजल एल्बम प्रकाशनमा ल्याएका लम्सालको २०६४ सालमा ‘विम्ब’ भाग –२ (संयुक्त एल्बम) प्रकाशनमा आएको छ । यसका साथै विभिन्न पत्रपत्रिकामा उनका फुटकर रचनाहरू प्रकाशन हुँदै आएका छन् । सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा कोसी प्रदेश इन्चार्ज र साहित्यपोस्ट युएई संयोजकसमेत रहेका उनले ग्लोरी भ्वाइस आइकन अनलाइन गायन प्रतियोगितामा २०७४ मा तृतीय, माउन्ट मिडिया विश्व सेवा, बोधी एच डी तथा नेपाल म्युजिक फाउन्डेसनको संयुक्त आयोजनामा २०७५ सालमा सम्पन्न विश्वव्यापी गजल प्रतियोगितामा तृतीय र पाँचथर गजल मञ्चले २०७५ सालमा आयोजना राष्ट्रिय गजल प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेका छन् ।

सुन्दरहरैँचा –८, सलकपुर, मोरङ स्थायी बसोबास रहेका उनी विगत लामो समय समयदेखि रोजगारीका क्रममा संयुक्त अरब एमिरेट्समा रहेका छन् । गजलकार लम्सालले उक्त अवसरमा एक दर्जनजति गीत तथा गजल गाएका थिए । उनले धेरैजसो सङ्गीतबद्ध गजल गाएका थिए । उनलाई कलाकारहरू पुण्यप्रसाद सङ्ग्रौला, भूमा अधिकारी, शर्मिला सिग्देल, लीला सङ्ग्रौला, आइतराज लिम्बूले साथ दिएका थिए ।

वैरागीकुटी, सुन्दरहरैँचा –९, विराटचोक, मोरङमा आयोजित स्रष्टा भेटघाट तथा रचनावाचन कार्यक्रममा अग्रज स्रष्टा, वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष एवम् कवि डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष, लेखक तथा अनुसन्धानकर्ता केशु विरही, भानु साझा पुस्तकालयका अध्यक्ष एवम् कवि पुरन याक्खा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष एवम् गजलकार रमेश निरौला, सामाजिक व्यक्तित्व तारा घिमिरे, स्रष्टाहरू प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल, ‘नवशिला’, सिजन श्रेष्ठ, रमेश निरौला, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, युवराज ठकुरी, गीताप्रसाद श्रेष्ठ, रूपनारायण श्रेष्ठ, वासु अधिकारी, सुन्दर भट्ट, एकराज भट्टराई, मनोज कार्कीलगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा पुरन याक्खा, रमेश निरौला, सिजन श्रेष्ठ, प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल, ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, गीताप्रसाद श्रेष्ठ, रूपनारायण श्रेष्ठलगायतका स्रष्टाहरूले रचनावाचन गरेका थिए ।
यस्तै प्रकारको कार्यक्रम यसअघि रङ्गेलीमा र बेलबारीमा सम्पन्न गरिसकेको छ । अनौपचारिक रूपमै सम्पन्न गरिए पनि यो कार्यक्रम संस्थाको तेस्रो शृङ्खलाका रूपमा रहेको कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही बताउँछन् ।

उनी भन्छन्, ‘यसअघि नै हामीले रङ्गेलीमा चिरञ्जीवी काफ्ले र बेलबारीमा नवराज पोखरेल ‘नवशिला’ को घरमा यस्तै कार्यक्रम सम्पन्न गरिसकिएका छौँ । घरमै पुगेर यसरी गरिने कार्यक्रमले स्रष्टासँगको आत्मीयता बढाउने, स्रष्टासँग अन्तरङ्ग छलफल गरिनुका साथै फरक फरक स्वादका नयाँ नयाँ साहित्यिक रचनाको रसास्वादनसमेत गर्न सकिने रहेछ । हेर्दा सामान्यजस्तो लागे पनि यो निकै उपलब्धिपूर्ण हुने रहेछ । त्यही भएर हामीले यस प्रकारको कार्यक्रमलाई महत्त्व दिइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

  • June 13, 2026

देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेत...

  • June 13, 2026

रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

  • June 13, 2026

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने ...

  • June 12, 2026

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन तथा अपाङ्ग...

  • June 12, 2026

वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा आंशि...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved