Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हामी र हाम्रो कृति समाजको तेस्रो मुक्तक सङ्ग्रह सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 8, 2025
29Shares

काठमाडौँ। ‘हामी र हाम्रो कृति समाज’ को सामूहिक कृति ‘हामी र हाम्रो “मुक्तकसङ्ग्रह” सार्वजनिक भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा एक कार्यक्रमका बिच संस्थाले आफ्नो तेस्रो सामूहिक कृति मुक्तक संग्रहलाई सार्वजनिक गरेको हो।

वरिष्ठ साहित्यकार उषा शेरचन प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य गगन थापा, नेपाल मुक्त प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, उपाध्यक्ष वियोगी बुढाथोकी, लीलाध्यज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष, विजयध्वज थापा, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, सामाजिक अभियन्ता मोहन नेपाल, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, मुक्तकालय नेपालका अध्यक्ष निलाञ्जला भारद्वाज, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाललगायतका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

संस्थाको २२ औँ कृतिका रूपमा प्रकाशित यस कृतिमा १२३ जना स्रष्टाका १४७६ मुक्तकहरु सङ्गृहीत रहेका छन्। उक्त कार्यक्रममा लोकार्पित मुक्तकसङ्ग्रहको समीक्षा समालोचक एवम् इतिहासविद् प्रा.डा. गोविन्दमान सिंह कार्कीले गरेका थिए।
कार्यक्रममा संस्थाले ३ जना मुक्तककारहरूलाई जनही ११,१११ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो। संस्थाले सरुभक्त सम्मान पुरस्कारबाट किशन पौडेल, उषा शेरचन सम्मान पुरस्कारबाट मीना चौलागार्ईं र ज्ञानुवाकर पौडेल सम्मान पुरस्कारबाट शैलेन्द्रकुमार थापालाई पुरस्कृत गरेको छ।

यसैगरी संस्थाले दिव्य चक्षु साप्ताहिकका सम्पादक डा.अश्वत्थामा भक्त खरेल, दिव्य दर्शन राष्ट्रिय साप्ताहिकका सम्पादक सुशील तिवारी र रहस्य साप्ताहिकका सम्पादक मुक्ति बास्तोलालाई नगद तथा सम्मान पत्रले सम्मानित गरेको छ।

कार्यक्रममा संस्थाका सचिव बद्री उप्रेतीले उपस्थित सम्पूर्ण स्रष्टाहरूलाई शब्द सम्मान स्वागत गर्दै संस्थाले सञ्चालन गर्दै आईरहेका सकरात्मक गतिविधिहरूको प्रकाश पार्नुभयो।
‘हामी र हाम्रो कृति समाज’ का अध्यक्ष मदन नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सदस्य तथा मुक्तककार नवराज पोखरेल ‘नवशिला’ ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved