Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाथीभरा मुक्कुमलुङ केबलकारले पाउनेछ राष्ट्रियस्तरको सुरक्षा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 28, 2025
0 shares

काठमाडौं । सरकारले केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश भएलगत्तै निजी लगानीका केबलकारले निर्णय प्रक्रियामा एकद्वार, सुरक्षा लगायतका सुविधा प्राप्त गर्नेछन् ।

यस्ता आयोजनामा राष्ट्रिय सुरक्षाको दृष्टिले जरुरी भए सुरक्षा व्यवस्था सरकारले प्राथमिकतामा गर्ने व्यवस्था छ । यसको लाभ ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारले प्राप्त गर्नेछ ।

पाथीभरा केबलकार निर्माणमा केही समूहले अवरोध उत्पन्न गर्ने प्रयास गरेपछि सरकारले सुरक्षा दिँदै आएको छ । स्थानीयवासी केबलकार निर्माणको पक्षमा रहे पनि मुकुङलुङ संरक्षणको नाउँमा अन्य जिल्ला तथा तराई केन्द्रित दलका नेतासमेत यसको विरोध गरेर राजनीतिक स्वार्थ पूरा गर्न तल्लिन देखिएका छन् ।

सरकारको पछिल्लो निर्णयपछि यसको निर्माणमा कुनै अवरोधबिना समयमै सम्पन्न हुने अवस्था सिर्जना भएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाले सरकारी निकायहरूको ढिला–सुस्ती कम गर्न “सिंगल विन्डो सिस्टम” मार्फत छिटो छरितो स्वीकृति प्रक्रिया पाउँछन् ।

यसबाहेक निर्माण सामग्री आयातमा भन्सार छुट, कर छुट वा सहुलियत पाउने तथा आयोजना बनाउनुपर्ने जग्गा छिटो अधिग्रहण गर्न कानूनी सहुलियतजस्ता सुविधा पाउनेछन् ।

आवश्यक भएमा विदेशी लगानी वा ऋण आकर्षित गर्न सरकारले ग्यारेन्टी दिने तथा संघ, प्रदेश, स्थानीय तह तथा अन्य निकायबीच उच्चस्तरीय समिति मार्फत सीधा समन्वय हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • July 22, 2026

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved