Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उपेन्द्र महताेकाे मेडिसिटि हस्पिटल घाटामा, बाढीले डुबेपछि उठ्न हम्मे हम्मे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 27, 2025
0 shares
ललितपुर । गत वर्ष आएको बाढीका कारण डा. उपेन्द्र महतोको लगानीमा सञ्चालित ललितपुर स्थित नेपाल मेडिसिटी हस्पिटलको आम्दानी घटेको छ।

 मेडिसिटी हस्पिटल नै आम्दानीको मुख्य आधार रहेको अश्विन मेडिकल कलेजको आम्दानी आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ५५ करोडमा सीमित भएको छ। आर्थिक वर्ष २०८०/८१ मा कलेजको यस्तो आम्दानी दुई अर्ब ७४ करोड रुपैयाँ थियो।

हस्पिटलको क्षेत्र नख्खु खोला किनारमा नजिक भएको कारण बाढीको प्रभाव देखिएको हो। बाढीको समयमा हस्पिटल परिसरमा डुबानको समस्या हुने, बिरामी चाप कम हुने अवस्था सिर्जना भएको थियो। कम्पनीले बाढीको जोखिम कम गर्न खोलातर्फ चार फिटको पर्खाल लगाएको छ।

यसले आगामी वर्षमा प्रभाव केही कम हुने अपेक्षा गरिएको छ।हस्पिटलको ब्याज, ह्रास खर्च र कर अघिको नाफा–मार्जिन पनि घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात २७.७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा घटेर २१.५३ प्रतिशतमा सीमित भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा हस्पिटल ३२ करोड ४० लाख रूपैयाँ घाटामा छ। बाढीका कारण हस्पिटलको ३२ करोड आठ लाख बराबरको सम्पत्ति नोक्सान भएको र यसैले नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ।

२ सय २७ शैयाको क्षमतायुक्त यस हस्पिटलले हाल चार अर्ब ५४ करोडको आवधिक कर्जा, ३३ करोड बराबरको अल्पकालीन आवधिक कर्जा र ६ करोड बराबरको कर्जा सीमा प्रयोग गरेको केयर रेटिङ्सले जनाएको छ।

यो अस्पताल नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य मान्यता निकायबाट प्रमाणित संस्था हो। डा. उपेन्द्र महतो र महतो समूहको लगानीमा यो हस्पिटल सञ्चालनमा छ। महतो र सानिमा बैंकको संयुक्त लगानीमा मेडिकेयर अस्पताल पनि सञ्चालनमा छ। डा. महतो गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष समेत हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved