Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लामिछानेको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी भदाै ५ गते

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2025
0 shares

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा छुटेका रवि लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आजदेखि सुनुवाइ सुरु भएको छ ।

उनी सहितका प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरुले उक्त आदेश बदरको माग सहित उच्चमा निवेदन दिएका हुन् ।

उच्च अदालत पोखराका मुख्य रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो ।रविसँगै सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै थुनामा पठाउन माग सहित उच्चमा निवेदन दिएको छ ।

सोही मुद्दामा बिहीबारदेखि सुनुवाइ सुरु भएको उच्च अदालत पोखराका उपरजिष्ट्रार निल पनेरुले जानकारी दिए ।बिहीबार सुनुवाइ नसकिएपछि पेसी आगामी भदाै ५ गतेका लागि सरेको अदालतले जनाएको छ ।

अदालतले सबै कानुन व्यवसायीको बहस नसकिएकाले आगामी बिहीबारका लागि पेसी तोकेको हो । रवि लामिछाने सहितका ७ जना निवेदकले धरौटी नराखी साधारण तारेखमा छुट्न पाउनुपर्ने माग राखेका छन् ।

लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ । अभियोग पत्रमा उनीमाथि ३ करोड ३७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ । सहकारीका १८ हजार ७ सय बचतकर्ताको झन्डै १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको आरोप सञ्चालकहरूलाई लगाइएको छ ।

जिल्लाको आदेश विरुद्ध निवेदन दिनेहरूमा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, सञ्चालक आरती गुरूङ, मिना गुरूङ, रामबहादुर खनाल, लिला पछाई र विज्ञान राई छन् ।

बिहीबार उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता रूद्रप्रसाद पन्थी, उपन्यायाधीवक्ताहरू बुद्धिलाल श्रेष्ठ, तुलबहादुर खड्का, एकनारायण ढकाल, सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली लगायतले बहस गरेका थिए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता  नारायण कँडेल, प्रतिवादी मिना गुरूङको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा लगायतले बहस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved