Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साहित्यकार तथा कलाकार मुकुन्द प्रयासको कविता…….

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 13, 2025

शीर्षक :- “भेट अनुभूति…..

युगौं युगको प्रतिक्षा पछिको पहिलो भेटमा
डर थियो आँखाहरू खुल्ला रहन सक्छन् कि सक्दैनन् भन्ने
अथवा आँखाहरू बन्द नहुनेगरी खुल्लै रहन्छन् कि भन्ने
आँखादेखि आँखासम्मको सेतु हल्लिरहन्छ
र बिच बाटोमै कतै झरिन्छ कि भन्ने
अथवा स्थीर भएर कतै पुगिदैन कि भन्ने
आँखाहरू आँखासँग लजाउँछन्
र हेराई जमिनतर्फ ठोक्किन्छ कि भन्ने
तर सोचेकोभन्दा सजिलोगरि भेट भयो
कल्पना गरेभन्दा अलग्गै मुस्कुरायौं हामी
र साट्यौं व्यक्त गर्नै नपर्ने मौन सम्वादको मेलोडी !

मलाई केही भन्नु थियो, नभनेर नै धेरै भनें
सायद तिमीलाई पनि धेरै भन्नु थियो
नबोलेर नै सबै भन्यौ
लामो दूरीबाट बोकिल्याएको
तिम्रो अलौकिक मुस्कानले मातेँ केही क्षण
र तिमीलाई छोउँ छोउँ लागिरह्यो
तिम्रो सौन्दर्यको अथाह ब्रह्माण्ड भित्रको गुरुत्वाकर्षणले तानेपछि
मलाई नफर्किनेगरी हराउँ हराउँ लागिरह्यो
यो अनौठो अनुभूतिको रंगीन संबेग तिमीसम्म पुग्यो पुगेन ?
बिर्सिएर पनि सोधौँला कुनै समय ।

तिमी जाने लामो बाटोभरी सम्झना आउनेगरी केही दिएँ कि दिईन मैले ?
नरित्तिएर आईरहने मीठो सुगन्ध छोडिराख्यौ र तिमी गयौ
फर्किंदै हेर्दै
हेर्दै फर्किंदै ।

फेरि अर्को पटकको भेट केही समयपछि होला
केही दिनपछि होला
केही वर्षपछि होला
केही जुगपछि होला
अथवा जन्मौंजन्मपछि होला
त्यो भेटको अमूर्त चित्र बनाउँदै किन समय वर्वाद गरूँ
यही भेटको अमर आकृती कोरेर मस्त निदाउन चाहन्छु म ।

सर्जक :- मुकुन्द प्रयास
कोशी प्रदेश – धनकुटा,

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

हर्क साम्पाङकाे ३३ बुँदे सुझाव : श्रम, उत्पादन र आत्मनिर्भरतात...

  • April 21, 2026

आज बसेकाे मन्त्रिपरिषद् बैठककाे महत्वपूर्ण निर्णय: कानुन संशोध...

  • April 21, 2026

खोटाङको खानेपानी संकटबारे उच्चस्तरीय छलफल

  • April 21, 2026

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved