Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आजकलका सम्बन्ध र सम्बन्ध विच्छेदको कारण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 7, 2025
0 shares

आज जिन्दगीकै सबैभन्दा संवेदनशील सम्बन्धको बारेमा चर्चा गरौं । सम्बन्ध विच्छेदपछि महिला या पुरुष दुवैलाई कुन रूपमा हेरिन्छ.. दोषी कसलाई देखाइन्छ… तर दोषी चाहिँ को हुन्छ । “सम्बन्ध” दाम्पत्य जीवनमा लादिएको एक यस्तो घाउ हो जसलाई विच्छेद गर्न चाहनेले भुल्न चाहे पनि समाजले उनीहरूलाई कोट्याइरहन्छ । मान्छेहरु सोध्छन अब के गर्छौ…? विवाह गरिसकेपछि सम्बन्ध तोड्नु हुँदैन थियो । अब एक्लो जीवन कसरी बिताउँछौ आदि आदि…।

विवाहको हकमा एक युवतीको कुरा आउँछ त विवाह अपेक्षाकृत जरुरी मानिन्छ । विवाहलाई यसकारण अनिवार्य मानिन्छ कि हरेक मान्छेलाई एक साथीको जरुरत हुन्छ । जो मानसिक, भावनात्मक, आर्थिक रुपमा र कठिन परिस्थितिमा उनको साथ उभिन सकियोस् । तर जब त्यही विवाह बोझ बन्छ भने त्यो बोझलाई बोकी रहन सक्दैनन् र उक्त बोझलाई मिल्काउन नै उचित सम्झिने गर्छन् । दाम्पत्य सम्बन्ध खल्लो बन्नु या टुट्नुमा केवल एउटा मात्र दोषी नहुन सक्छ तर समाजले केवल नारीलाई साधरणा नजरले हेर्नै बन्द गर्छ । सम्बन्ध विच्छेदपछि महिलालाई फरक दृष्टिले हेर्ने गरिन्छ । मानौँ उनी एक एलियन हुन् । अनि नारीले त्यो टुटेको सम्बन्धको चोट एकतर्फी रुपमा झेलिरहेकी हुन्छिन् । अर्कोतर्फ मानिसहरू उनीमाथि अनेक प्रश्न गर्छन् र उनको मनोबल कमजोर बनाउने गरिन्छ । कोही आफ्नो निर्णयका कारण खुसी रहलान् तर धेरैले सम्बन्ध विच्छेदका कारण जीवनभर पीडा झेलिरहेका हुन्छन् आर्थिक रुपले कमजोर र अरुमाथि निर्भर महिलाका लागि निश्चय पनि एक्लो जीवन सहज हुँदैन । यद्यपि आर्थिकरूपले सक्षम र कामकाजी महिला जो आफ्नो करियरलाई बढी महत्व दिन्छन् उनीहरु बन्धनमा अल्झिरहन, बिना कारण नियन्त्रणमा रहन चाहँदैनन् उनीहरू यस्तो सम्बन्धबाट बाहिर निस्कनु नै उचित ठान्छन् । आफूमाथि भएको अत्याचारलाई चुपचाप सहनुको साटो त्योसँग जुध्न र अत्याचारलाई जवाफ दिने साहस गर्छन् । यस्ता महिलालाई हतोत्साही होइन हौसला दिनुपर्छ सम्बन्ध विच्छेद गर्नु पाप होइन । हिंसा अन्याय कुरितीको विरोध गरेर त्यसबाट मुक्त हुने बाटो हो । त्यसपछि पनि जिन्दगी अन्त्य हुँदैन बरु नयाँ बाटो खोज्नुपर्छ । सम्बन्ध विच्छेद कुनै सजिलो निर्णयअबस्य होइन । वर्षौंदेखि सम्हालेर राखेको सम्बन्ध जब टुट्छ त्यतिबेला व्यक्तिको मनस्थितिमा निकै ठूलो असर पार्छ । आफैलाई नराम्रो लागिरहेको अवस्थामा बाहिरी समाजले सोध्ने विभिन्न किसिमका प्रश्नले झन् ठूलो असर पार्छ । सम्बन्ध विच्छेदको निर्णय लिनु एक कठिन काम हो चाहे महिला होस् या पुरुष । यद्यपि दाम्पत्य जीवन जब बोझिलो बन्छ तब त्यसबाट उम्किनु नै सही हुन्छ । हरेक व्यक्तिलाई शान्ति र सम्मानपूर्वक बाँच्ने अधिकार छ तर स्वतन्त्रता छ भन्दैमा विवाह भइसकेपछि स्थिति जति नै जटिल किन नहोस् त्यसलाई अँगाल्नुपर्ने हाम्रो संस्कार छ । एक्लो महिलालाई मान्छेहरु खराब दृष्टिकोणले हेर्छन् या सहानुभूतिले पनि । टुटेपछि सम्बन्ध जिन्दगी फेरि पुरानै लयमा चल्दैन । त्यसमा पनि झन् दोस्रो सम्बन्ध पनि जब टुट्छ त नतिजा अकल्पनीय बन्छ । पहिलो सम्बन्धमा त उमेर बाँकी नै रहन्छ,परिपक्क भइसकेको हुँदैन,जिन्दगी र सम्बन्धप्रति त्यति धेरै जिम्मेवार र संवेदनशील पनि नहोलान् र सम्बन्ध विच्छेदपछि पनि मान्छेहरु सहानुभूतिको नजरले हेर्छन् र सोच्ने गर्छन् । गलत व्यक्तिको सम्बन्धमा बाँधिएको कारण यस्तो अवस्था आएको हो वा कुनै कुरामा तालमेल नमिलेको हुनुपर्छ भनेर मानिसहरु सहयोग पनि गर्छन् । तर दोस्रो सम्बन्धमा भने व्यक्ति परिपक्क र अनुभवी भइसकेको हुन्छ । साथै उनीहरुलाई दोस्रो जीवन साथी निकै सोच विचार गरेर मात्र चयन गरेको भान हुन्छ । त्यतिबेला ऊ स्वयं नर या नारी, बुझ्ने भइसकेका हुन्छन् र पुराना गल्ती दोहोर्याउन चाहँदैनन् । तर दोस्रो पटक पनि सम्बन्ध राम्रो हुन सकेन टिक्न सकेन भने मान्छेहरुले हेर्ने नजर अत्यन्तै साँघुरिएको हुन्छ । मानिसहरु उक्त व्यक्तिमा नै खराबी छ भन्ने निष्कर्षमा पुग्छन् कसैसँग मिल्न सक्दैन, सक्दिन भन्ने सोचन् थाल्छन् । पहिलो सम्बन्ध विच्छेदलाई दुर्घटना मान्न सकिन्छ तर दोस्रो सम्बन्ध विच्छेदलाई भने लापरवाही र स्वभावगत दोष मान्न सकिन्छ ।
व्यक्ति लामो समयदेखि मुख लुकाएर बस्ने अवस्था रहन्छ । विशेषगरी नारी, एकातर्फ आर्थिक अवस्थाले सताउँछ अर्कातर्फ बच्चाको भविष्यको चिन्ता । त्यसपछि विभिन्न कुरा काट्ने र लान्छला लाउने समाज त छँदै छ । जब महत्वपूर्ण सम्बन्धको अन्त्य,हुन्छ उसलाई आफ्नै परिवारमा कसैको मृत्यु भएको जस्तो पीडा हुन्छ । सामान्यतया यो अवस्था तीन चार वर्षसम्म कायम रहन्छ । अर्को कुरा असफलता महसुसले मानिसमा पछुतोको भावना उत्पन्न गराउँछ । मानिसलाई परिवार तथा समाजको अपेक्षा अनुसार काम गर्न नसकेको आभास हुन्छ । अनि राम्रोसँग सम्बन्ध निर्वाह गर्न नसकेको आत्मबोध हुन्छ । यो अवस्था त्यतिबेला खतरनाक हुन्छ जतिबेला लज्जा, पिडा,रिस, हतासमा बदलिन्छ । सम्बन्ध विच्छेदलाई अवश्य पनि इज्जतसँग जोडिने गरिन्छ । देख्नेहरूले भित्री समस्या देख्दैनन् बाहिरी आवरण हेरेर निन्दा र उपहास गर्छन् ।

 

” पानी आउने बन्द भाको धारा भयो जिन्दगी ।
आकाशबाट भुइँ झरेको तारा भयो जिन्दगी ।।
सँगै जिउला रमाउँला भन्ने थियो तिमीसँग ।
तर आज त्रिशुलीको किनारा भयो जिन्दगी ।।” 

 

त्यसैले हतारमा आवेगमा आएर कसैको बहकाउमा, स-साना कुरामा सम्बन्ध विच्छेद नगर्नुस् । सम्बन्ध विच्छेदको फैसला हतारमा लिनु भूल हो । कहिलेकाहीँ गल्ती आफ्नै पनि हुनसक्छ त्यस्तो अवस्थामा आफ्नो गल्तीलाई ध्यानमा राख्दै सुधार गर्दै जीवनसाथीको सोचलाई पनि ध्यान दिनु अति आवश्यक हुन्छ । जिन्दगी हाम्रो हो र यसलाई कटाउने हामी आफैले हो । हाम्रो व्यक्तिगत र पारिवारिक जीवनमा कसैको घरको मस्यौरा स्वादिष्ट हुँदैन । भलै सम्बन्धलाई दुई चिरा पारिएला तर सबै कुरालाई पन्छाएर लिएको त्यो निर्णय आफ्नै भविष्यका लागि राम्रो हुनुपर्छ । जब यस्तो महत्वपूर्ण निर्णय लिइन्छ आफूले आफूलाई कमजोर महसुस गर्नु हुँदैन । नकारात्मक कुराले आफूलाई नकारात्मक बाटोमा हिँडाउनु हुँदैन बरु आफैलाई एउटा मौका दिनुपर्छ राम्रो गरेर देखाउने । गलत निर्णय भएको थियो अब त्यो गलत निर्णयलाई सुधार्ने मौका दिनुपर्छ । त्यस्ता व्यक्ति चाहे महिला हुन् या पुरुष जरुरी छ कि उनको निर्णयलाई सम्मान गरियोस् । सम्बन्ध विच्छेद गरेका महिला या पुरुषलाई मान्छेहरूको झुटो सहानुभूति होइन उनको निर्णयप्रति सम्मानको भावना देखाउनुपर्छ , जसले उनीहरुलाई अगाडिको जीवन बाँच्न सहज भइदियोस् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved