Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हिन्दू धर्म कसको ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 5, 2025
0 shares

लेखक: चन्द्र प्रकाश बानियाँ:  आजकाल, खास गरेर भारतमा मुस्लिमहरुको प्रवेशपछि “हिन्दू” नामकरण भएको धर्मको नाम पहिले “ब्राह्मण धर्म” थियो । ब्राह्मणहरुको धर्म भएकोले त्यसलाई ब्राह्मण भनिन्थ्यो ।

ब्राह्मण धर्मको उत्पत्ति भारतमै भएको भए तापनि ब्राह्मणहरु पश्चिमोत्तरबाट आएका युनानी, फारसी र यहुदीहरु थिए ।

इसापूर्व १५००- ६०० भित्र कतै आर्यहरु भारत छिरेका हुन् भन्ने मान्यता केवल मान्यता मात्रै हो । ऐतिहासिक प्रमाण आजसम्म फेला परेको छैन ।

बुद्ध वाणीमा हिन्दू वा ब्राह्मण धर्मको उल्लेख भेटिदैन । हो, वमण र शमण परम्परा भने रहेको देखिन्छ ।

नेपालको तराई, उपत्यका र पूर्व पश्चिममा एकै साथ हिन्दू धर्म प्रवेश गरेको होइन ।

सम्भवत: नेपालमा सबभन्दा पहिले काठमाडौं उपत्यकामा हिन्दू धर्म प्रवेश गर्‍यो । न त्यो स्थानीय धर्म थियो न उत्तरबाट झरेको थियो । त्यसको आगमन दक्षिणबाटै भएको हो ।

सोह्रौं शताब्दीको मध्येतिर खस साम्राज्य विघटन भए संगै बुद्धधर्म मासियो । त्यसको स्थान हिन्दूधर्मले लियो । खासगरेर भारतबाट उक्लेका कान्यकुब्जी ब्राह्मण र ठकुरी (चन्द) हरुको साथ लागेर नयाँ धर्म आयो ।

नेपालको पूर्वी भागमा गोर्खालीहरुको संक्रमणसंगै हिन्दू धर्म फैलियो ।

हिन्दू धर्म र संस्कृत भाषाको अन्योन्याशृत सम्बन्ध छ । लौकिक संस्कृतको उत्पत्ति नयाँ हो भन्ने कुराको तीनवटा स्पष्ट प्रमाण देखिन्छन् :

१). संस्कृत भाषाका ग्रन्थहरु देवनागरी लिपिमा लेखिएका छन् । त्यो लिपि बाहेक अन्य लिपिमा लेखिएका संस्कृत लेखोटहरु प्राप्त भएका छैनन् । देवनागरी लिपि दशौं बाह्रौं शताब्दीतिर विकसित भएको मानिन्छ ।
२). संस्कृत भाषा कुनै कालखण्डमा पनि आम बोलचाल र लेखापढी (सरकारी वा घरायसी) मा प्रयोग भएको प्रमाण फेला पर्दैन । र संस्कृत भाषामा नेपाली, भोजपुरी, अवधी, मैथिल र पाली प्राकृतबाट आधाभन्दा बढी शब्दहरु लिइएको देखिन्छ ।
३).वैदिक संस्कृतसंग लौकिक संस्कृत पटक्कै मिल्दैन । संस्कृत भाषाको जति ठूलो ज्ञाता भए पनि यदी वैदिक संस्कृत पढेको छैन भने उसले वेद बुझ्न सक्दैन ।

संस्कृतका सारा ग्रन्थहरु हालको भारतमा लेखिएका छन् ।भारतभर छरिएर रहेका संस्कृत भाषाका पाण्डुलिपिहरु जम्मा गरेर प्रकाशन संरक्षण गर्ने काम अँग्रेजहरुले गरिदिएका हुन् ।

ब्राह्मण, ब्राह्मण संस्कृति र संस्कृत ग्रन्थ रचनामा मुस्लिम वादशाहरुको पनि योगदान रहेको इतिहास प्रमाण लाग्छ । संस्कृत भाषा भारतमै विकसित भएको हो । हिन्दू धर्म पनि त्यहीँ विकसित भयो । त्यसैले हिन्दू धर्म ग्रन्थहरु संस्कृत भाषाबाहेक अन्य भाषा लिपिमा लेखिएनन् ।

जसले सिर्जना गर्‍यो त्यो वस्तुमा उसैको अधिकार हुन्छ । स्वामित्वमा दावा लाग्छ । नेपाल र नेपालीको न संस्कृत भाषामा हक लाग्छ न हिन्दू धर्ममा !! नेपालीहरुले हिन्दू धर्म आफ्नो भनेर दावी गर्नु अँग्रेजी कोटलाई आफ्नो भनेर नेपाली पोशाकमा सामेल गर्नुजस्तै हांस्यास्पद कुरो हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved