Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रमेश पौडेल: मलेसियामा समाजसेवाको सुगन्ध फैलाउँदै गरेका एक समर्पित नेपाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 1, 2025
0 shares

विशेष रिपोर्ट, मलेसिया
विदेशी भूमिमा उभिएको एउटा नाम हो — रमेश पौडेल। प्रवासको भौतिक व्यस्तता र मानसिक चुनौतीबीच पनि जसले नेपाली समुदायको लागि सदैव समर्पण देखाएका छन्, ती हुन् पौडेल। खोटाङको माटोबाट जन्मिएर मलेसियाको भूमिमा समर्पणको बाली रोपिरहेका रमेशजीको जीवनशैली नै समाजसेवामा अडिएको छ।

लामो समयदेखि मलेसियामा दशकभन्दा बढी समयदेखि मलेसियामा कार्यरत पौडेलले प्रवासी जीवनका हरेक आरोह–अवरोहको नजिकबाट अनुभव गर्नुभएको छ। शून्यबाट सुरुवात गरी स्थायित्वको यात्रा तय गर्दै, उहाँले व्यक्तिगत प्रगति मात्रै होइन, समुदायकै उन्नतिको सपना बोकेर अनेकौं अभियानहरूमा होमिनु भयो।

समाजसेवा—उहाँको परिचय :
पारिवारिक, आर्थिक र व्यावसायिक व्यस्तताबीच पनि रमेशजी प्रवासी नेपालीहरूका सुख-दुखका साझेदार बनेर उभिनुहुन्छ। दुर्घटनामा परेकालाई उद्धार, मृतकको शव नेपाल पठाउने सहयोग, अस्पताल र कानुनी प्रक्रियामा सहयोग, श्रमिक हक र अधिकारका लागि पैरवी, शिक्षा तथा आपतकालीन राहत सहयोग—उहाँको नाम यी सबै क्षेत्रमा अग्रपंक्तिमा पर्छ।

संस्थागत भूमिका:
उहाँ गैर-आवासीय नेपाली संघ (NRNA) मलेसिया का एक प्रभावशाली सदस्य हुनुहुन्छ। संस्थामा रहेर कार्यकारी तहमा भूमिका निभाउँदै आउनुभएको छ। साथै, प्रवासी नेपाली मंच, नेपाली समाज मलेसिया, जस्ता विभिन्न सामाजिक संघसंस्थाहरूमा उहाँको उपस्थिति, सुझाव र सक्रियता प्रशंसनीय छ।

‘नेतृत्व होइन, सेवक बन्ने रहर’ :
नेता बन्ने रहर कहिल्यै थिएन, मलाई चाहिएको थियो सँगै हिँड्ने सहयात्री बन्ने अवसर,” उहाँ भन्नुहुन्छ। यही आत्माभावले गर्दा उहाँको बोलि भन्दा बढी कर्म बोलेको छ। उहाँ आफैंलाई “कार्यकर्ता” भन्दा बढी “सहयोगी” भन्न रुचाउनुहुन्छ।

चुनौतीबीचको विश्वास:
प्रवासी भूमिमा न्याय पाउनु सजिलो छैन। कानुनी जटिलता, भाषिक अप्ठ्यारो, ठगिने डर—यी सबै कुराको बीचमा रमेश पौडेलले सयौं नेपालीहरूलाई न्याय दिलाउने प्रयास गर्नुभएको छ। कतिपय अवस्थामा उहाँले आफ्नै खर्चमा कानुनी सहयोग र आवास व्यवस्था समेत मिलाउनु भएको छ।

प्रेरणाको श्रोत :
आज रमेश पौडेल मलेसियामा रहेका नेपालीहरूमाझ एक सच्चा समाजसेवी, नेतृत्व क्षमता भएका संयमी व्यक्ति, र संकटमा साथ दिने भरपर्दो साथीको रूपमा चिनिनुहुन्छ। उहाँ जस्ता समर्पित व्यक्तिहरू नै प्रवासमा नेपाली समुदायको असली मेरुदण्ड हुन्।

शिक्षा र सोच :
रमेश पौडेलले नेपालमै उच्च माध्यमिक शिक्षासम्म अध्ययन गर्नुभएको थियो। विदेश जाँदा उहाँसँग डिग्री थिएन, तर थियो– सोच। र, यही सोचले गर्दा उहाँ डिग्री बिना डाक्टर जस्तो, पोस्ट बिना नेता जस्तो बनिरहनुभयो – जसको खाँचो समाजमा हरेक दिन पर्छ।

श्रमिकहरूको आवाज बन्ने प्रयास :
मलेसियामा रहेका नेपाली श्रमिकहरू बारम्बार शोषणमा परेका घटनाहरूमा, उहाँ ‘एक्लो आवाज’ होइन, ‘सामूहिक प्रतिवाद’ को अगुवा बन्नुहुन्थ्यो। श्रमिकहरूलाई कानुनी सहायता दिलाउने, दूतावासमा दबाब दिने, कम्पनीहरूसँग वार्ता गर्ने – यी सबैमा उहाँको सक्रियता प्रशंसनीय रहँदै आएको छ।

धार्मिक, सांस्कृतिक काममा अग्रसरता :
मलेसियामा हुने तीज, दसैँ, होली, माघे संक्रान्तिजस्ता चाडपर्वहरूको आयोजना गर्न उहाँले नेतृत्व गर्नुभएको छ। यी अवसरहरूमा उहाँले नेपाली संस्कृति प्रवासी पुस्तासम्म पुर्‍याउने गरी कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ।

Problem Solver’ होइन, ‘Action Taker’
धेरैले समस्या देखेर टोलाउँछन्, रमेशजी भने समाधानमा दौडिन्छन्। कसैको अस्पतालको समस्या होस्, बिदामा रेस्टुने समस्यामा अलपत्र परेका नेपालीको केस होस्, वा कम्पनीले पासपोर्ट नदिएको जटिल केस होस् — उहाँ पहिलो फोन गर्न मिल्ने मान्छे हुनुहुन्छ।

मलेसियामा रमेश पौडेल भन्नासाथ— “हामी त उहाँकै सहयोगमा बाँच्यौं” भन्नेहरू थुप्रै कसैले रोड एक्सिडेन्टपछि उपचार पायो, कसैले मृतक आफन्तको शव पठाउने खर्च जुटाउन सहयोग पायो, कसैले जेलमुक्ति पाए— यी सबै घटनामा रमेशजीको योगदान मौन तर अमूल्य थियो।

निष्कर्षमा: “रमेश पौडेल” एउटा नाम होइन, प्रवासी नेपाली समुदायको विश्वास हो। जहाँ शब्द पुग्दैन, त्यहाँ कर्म बोल्छ। रमेशजीको कर्म अहिले मलेसियाली नेपालीहरूको जीवनशैलीमा, आशामा र आत्मविश्वासमा देखिन्छ। उहाँजस्ता व्यक्तिहरूले प्रवासलाई केवल गन्तव्य होइन, “सम्बन्ध र सहयोगको सेतु” बनाएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved