Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

द्वापर युगका थम्बुहरु नै अहिलेका थामी र थाङमीहरु हुन : इतिहासकार यज्ञ कुमार प्रधान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2025
3 shares

दोलखा जिल्लाका इतिहासकार यज्ञ कुमार प्रधानले आफ्नो पुस्तक दोलखाको साँस्कृतिक सम्पदाको पृष्ठ नम्बर ७ को १ मा यसरी लेख्नु हुन्छ… ✍️ द्वापर युगको आयु ८,३४,००० बर्ष मध्ये १५,००० बर्ष विति सके पछि गुप्त वश राजा भुवन सिंहको पालामा किरातहरु नेपालमा थिए भनेका छन । पाँच पाण्डपहरुको वनवास बसेको बेलामा किराँती वशका राजा हुमती थम्बुको शासनकाल थियो । वनवास सकि गुप्तवास बस्ने बेलामा गौरीशंकरको प्रार्थना गर्न दोलखा आएको भन्ने भनाई र त्यस बेलामा सम्भवत किराँती राजा हुमती नै नेपालका राजा थिए ।

शैलुङ्ग १०० वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर वनेको दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको शैलुङ्ग डाडा धेरै सुन्दर र रमणीय पर्यटकीय स्थलको रूपमा परिचित रहिआएको छ। यो ठाउ समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ। शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ , अहिले परिचीत शैलुङ्ग डाडामा यलम्बर राजाको बुबाको बाख्रा र भेडा गोठ शैलुङ्गमा अवस्थित रहेछ उक्त समयमा राजा यलम्बरको जन्म हुन्छ , राजा यलम्बरको नुवारनको नाम यलुङ थम्बु नाम राखिन्छ , यलुङ्ग हुँदै शौलुङ्ग नाम रहन गएको भन्ने इतिहास बताउछ । यलम्बर राजा दोलखा बाट काठमाडौ आउनु भएपछि काठमाडौमा राजधानी बनाई कैरात साम्राज्य बिस्तार गरेका थिए । काठमाडौको धेरै जसो नामहरु थाङमी खाम अर्थात थम्बुहरुको भाषामा भेटिन्छन् जस्ले गर्दा यलम्बरको सन्तान नै थम्बुहरु हुन भन्ने यथेष्ट पुष्ठि हुन्छ । अर्को कुरा काठमाडौको भैरबको जात्रा मनाउदा यलम्बर राजाको स्मरण गर्द्छ भने दोलखामा उक्त समयमा मछिन्द्रनाथको पुजा थामी समुदायबाट सुरु गरिन्छ ।
थम्बु समुदायको आफ्नो लिपि यलुङ लिपि छ । आफ्नै थाङमी खाम भाषा छ । आफ्नै भेष भुषा फेङ्गा र डाम्ठी छ । आफ्नै रहनसहन छ । आफ्नै सास्कृती छ ।

दोलखामा किरात शासन :
चरिकोट पुर्व / दक्षिणमा किराँती छाप भन्ने स्थान छ । यहि स्थान नै हाइहाई थम्बु किराँती राजाको राजधानी भएकोमा विश्वास गरिन्छ । दोलखाका राजाका कुलघरलाई राजकुलेश्वर भनिन्छ । बडा दशैमा घटस्थापनाको दिन यस कुलघरमा संकल्प गर्दा हाई हाई राजा , सुइ सुइ राजा , गोल्मा राजा , च्वाफे गोसे राजा , तुफी गोसा राजा-सिन्धु , बन्धु राजाहरुको समेतको नामहरु उच्चारण गरि संकल्प गर्ने चलन अझै सम्म छ ।दशमीको दिन त्रीपुरासुन्दरी मन्दिरको बाहिर भैरबको मुर्तिमा राँगाको बलि पुजा गर्दा ३ जना मुण्डन गरिएका नाङ्गा थामी ( हिप्पा थामी )हरुलाई रगत खुवाउने र रगत खुवाई सकेपछि राजकुलेश्वर मन्दिरमा ती थामीहरुलाई पगरी लगाई दिई पुजा गरि बलेको बति मुखमा हाल्न लगाइन्छ । बति मुखमा हाली हरिसिद्दी मन्दिर अगाडिको मण्डपमा बाधिएको राँगोलाई तीन पटक लठ्ठीले प्रहार गरि राइतिधारा( राजाहिटी)मा नुहाउन जाने चलन यद्यपि छदैछ ।यसरी थामीहरुलाई भैरबमा बलि दिएको रगत खुवाउने चलन र संकल्प गर्दा पुर्व राजवशीहरुको नाम उल्लेख हुनु बाट र किरातीवशी थम्बु(थामी) हरुको महत्व यस दोलखा राज्यको प्राचीनता र थम्बु समुदायको महत्व स्पष्ट झकिन्छ । धेरै पछि दोलखामा थामीहरु अरु जाती बाट मिसावट पनि भएका छन ।

दोलखामा:
विसं १६०३ मा चाँदीको सिक्का निकालेका थिए । राजनीतिक सफलताका साथमा आर्थिक उन्नति तथा सांस्कृतिक उत्थान गर्ने विचारले उनले चाँदीको मोहर निकाल्नुको अतिरिक्त धार्मिक–सांस्कृतिक सुधारसमेत गरेको देखिन्छ । त्यही समयमा उकेछुकु र बेति आजि , यापतिछुकु र सोनारी आजि सुस्पाका थामीहरुको इतिहास भेटिन्छ । नेपालमै सर्वप्रथम चाँदीको मोहर चलाउने राजा श्रीश्री इन्द्रसिंह देव विसं १५९१ मा नेवार समुदायबाट दोलखामा पहिलो राजा भएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved