Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घाँस काट्ने क्रममै भिरबाट लडेर उनको ज्यान गुम्यो, यस्तो मरण कसैको नहोस् …….

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2025
48 shares

२०८२ जेठ ३० शुक्रबार बिहान आमाको हात समाएर १४ वर्षीया करिना बोहरा भारतको केदारनाथको अप्ठ्यारो भिरमा घाँस काट्न पुग्छिन् तर त्यो बिहान उनको अन्तिम बिहान भयो, घाँस काट्ने क्रममा लडेर उनले १४ वर्षको उमेरमा ज्यान गुमाइन।

आखिर भारतको केदारनाथको भिरमा उनी घाँस काट्न पुगेकी थिइन्, उक्त भीरमा वर्षेनी किन नेपालीको मृत्यु हुन्छ? आखिर नेपालीहरू जोखिम मोलेरै केदारनाथमा काम गर्न किन विवस छन्? यो भित्र करिना बोहरा को दुखद कथा लुकेको छ।

 लेखक : रविन्द्र परियार
लेखक : रविन्द्र परियार

यस्तो छ घटनाको नालीबेली :
बझाङको छविसपाथिभेरा गाउँपालिका–७ की करिना, आफ्नी आमा पटुको एक मात्र आशा थिइन्, उनीसँगै उनका चार जना साना भाइबहिनीहरू थिए, बुबा तीन वर्षअघि बितेपछि आमासँगै चार भाइबहिनीको जिम्मा करिनाकै काँधमा आइपुगेको थियो।

किनकि उनकी आमा पटु पनि राम्रोसँग आँखा देख्दिनन्। आमाले राम्ररी आँखामा देख्ने,अपुग खेतीपाती, र नेपालमा चरम बेरोजगारीले गर्दा करिनाको परिवार भारतको केदारनाथमा परदेशीएका थिए। हुन त करिनाको उमेर सानै थियो। पढ्ने लेख्ने बेला उनलाई काम गर्नैपर्ने बाध्यता थियो।

तर शुक्रबार बिहान अर्थात् २०८२ जेठ ३० गते केदारनाथको डरलाग्दो भीरमा घाँस काट्ने क्रममा करिना लडिन् , अग्लो भिर भीरबाट खसेपछि गम्भीर चोट लागेकी उनी भीरको बीच भागमा अड्किन पुगिन्, जहाँबाट उनी फेरि कहिल्यै फर्किन सकिनन्। घटनास्थलमै उनको ज्यान गयो। त्यो त्यही भिर थियो भिरमा केही दिनअघि मात्र उनकी आमा लडेर घाइते भएकी थिइन्। तर आमा जोगिन सफल भइन्। तर १४ वर्षीय करिना बोहरालाई उक्त भिरले ज्यान नै लियो। आफ्नो ज्यान जोगाउन सकिनन्।

भीरबाट खसेकी करिनाको शव त्यही अड्किएको थियो। स्थानीयहरूले डोरीको सहाराले मृत शरीर निकालेका थिए।। शवको अवस्था यस्तो थियो कि हेर्‍नसमेत जो कोहीले सक्दैन, प्रत्यक्षदर्शी एक महिला निसास्सिँदै भन्छिन्”यस्तो मरण कसैको नहोस्। यति सानी छोरी, जसको अहिले कलम चलाउने बेला हो, तर भीरमा घाँस काट्दै गर्दा ज्यान गुमाउनु पर्यो….

करिनाकी आमा पूर्ण रूपमा टुटेकी छन्। एक त आँखा देख्दिनन्, त्यहीमाथि केही समय अगाडि उनी आफै उक्त भिरबाट लडेर घाइते भएकी छिन्।करिना उनका लागि मात्र होइन, घरका सबैको लागि अभिभावक थिइन्। खोरीको सूर्यदय माविमा कक्षा ९ मा अध्ययन गर्दै गरेकी करिनाले बुबाको मृत्यु पश्चात घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनकी आमा पटुले श्रीमानको मृत्यु पश्चात एकल महिला भत्ताले घर खर्च चलाउँथिन्, खेतबारी प्रशस्त थिएन, कहिले मजदुरीबाट ल्याएको पैसाले उनको परिवार बाँचेको थियो। जब करिना ठुली भइन् तबदेखि उनी आमाको सहारा बन्दै आएकी थिइन्। १४ वर्षको उमेरमा मेहनती स्वभावकी थिन् करिना बोहरा।

अहिले करिनाको अन्तिम संस्कार केदारनाथमै गरियो। अहिले करिनाको गाउँ पुरै शोकमा डुबेको छ।अहिले आमालाई गाउँ फर्काउने चिन्ताले सबै पीडामा छन्। “कसरी ल्याउने? के हालतमा होलिन् पटु? हामी सबै चिन्तामा छौं,” – गाउँलेहरूको एउटै स्वर छ।
केदारनाथको यो पहिलो घटना होइन। करिब तीन /४ हप्ता अगाडि मात्रै बझाङकै छविस पाथीभेरा गाउँपालिका–६, लेकगाउँकी १९ वर्षीय अनिशा बुढा अनि केदारनाथकै भिरबाट लडेर ज्यान गुमाउन पुगिन् , अनिशा बुढा बझाङमा १२ कक्षा पास गरेपछि स्नातकको तयारी गर्दै थिइन् तर घरको आर्थिक अवस्था कमजोर भएका कारण भारतको केदारनाथमा आमासँगै घाँस काट्ने काम गर्न पुगिन्,। त्यो दिन १९ वर्षीय अनिशा बुढा पनि आफ्नी आमासँगै केदारनाथको भिरमा घाँस काट्न गएकी थिइन्। आमाले माथि अप्ठ्यारो छ नजाऊ भन्दाभन्दै चाँडै घाँसको भारी फुकाउने आशाले अनिषा माथि भिरमा चढेकी थिइन् ,घाँस काट्ने क्रममै भिरबाट लडेर उनले ज्यान गुम्यो।

केदारनाथ भीरले अनिषा र करिना मात्रै होइन करिब पाँच वर्षको अन्तरालमा ६ /७ जना नेपालीलको ज्यान लिइसकेको छ भने कयौ नेपालीहरू घाइते भएर बस्नुपरेको अवस्था छ। समाचार सूत्रका अनुसार दुर्गाथली गाउँपालिका– ५, छान्नेखोलाका ४१ वर्षीय लखन जप्रेलले केदारनाथकै भिरमा घाँस काट्ने क्रममा लडेर ज्यान गुमाए ।२ वर्ष अघि अनिशाकै गाउँकी १८ वर्षीय हर्कला बुढाले पनि घाँस काट्ने क्रममा त्यही भिरबाट लडेर ज्यान गुमाएकी थिइन्, त्यसैगरी दुर्गाथली गाउँपालिका–५, चुम्लाकी ४० वर्षीय रुसाना जप्रेलले पनि घाँस काट्ने क्रममा ज्यान गुमाइन् । त्यो घटनाको तीन वर्ष अघि रुसानाकी दिदी लेकगाउँकी ४४ वर्षीय राजुदेवी बुढाले पनि त्यही भिरबाट लडेर ज्यान गुमाएकी थिइन् ।

आखिर के का लागि जान्छन् भारतको केदारनाथ नेपालीहरू?

भारतको केदारनाथमा पुगेका अधिकांश नेपाली महिलाहरू घोडा, खच्चडका लागि घाँस काट्नका लागि खटिन्छन् ,यो काम ठेकेदार मार्फत सञ्चालन हुन्छ। आकर्षक तलब दिने भनेर लोभ देखाए पनि न्यूनतम ज्यालामा पनि काम गर्न नेपालीहरू विवस छन्। अग्लो र चिप्लो भिर न सुरक्षा उपकरण, आफ्नो जिउको बाजी लगाएरै काम गर्ने परिस्थितिमा पुगेका छन् नेपाली, केदारनाथको भिरको मात्रै कुरा होइन। त्यहाँ नेपालीको चरम श्रम शोषण समेत भएको देखिन्छ घन्टौं लगाएर मान्छे लगायतका सामानहरु हाम्रा नेपालीले, ओहोरदोहोर गरेको भिडियोहरू हामीले हेरिरहेका छौं , साँच्चै नै भन्नुपर्दा नेपालीको श्रमको शोषण त भएकै छ। त्यहीमाथि जोखिमयुक्त काममा लाग्दा अकालमै ज्यान समेत घुमाउनु परेको छ, के नेपालीका लागि नेपालमा अवसर नभएकै हो, आफ्नै देशमा गरी खान वातावरण नमिलेको हो या नमिलाइएको हो, कहिलेकाहीँ लाग्छ यस्ता समाचारहरू नेपालका सम्बन्धित निकायसम्म पुग्छ कि पुग्दैन , यदि पुगेको भए यस्ता किसिमका घटना हरू किन बारम्बार आइरहन्छ? हामी नेपालीले विदेशी भूमिमा कतिन्जेलसम्म रगत र पसिना बेची राख्नुपर्ने हो।? एउटा गम्भीर प्रश्न हो। मेरो तपाईं हामी सबैको …

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved