Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महुरेगढी प्राविधिक शिक्षालयमा पूर्व प्रमुखकाे प्रतिमा अनावरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2025
6 shares

खाेटाङ। महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको दोस्रो स्मृति दिवसमा उहाँको अर्धकदको प्रतिमा अनावरण गरिएको छ ।

वि.सं. २०८० जेठ–१९ गते काठमाडौँबाट खोटाङस्थित नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको कार्यालय आउनेक्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित लौकुनमा गाडी पल्टिएर सुनकोशीमा खस्दा ज्यान गुमाउनुभएका प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको स्मृतिमा उहाँको अर्धकदको प्रतिमा निर्माण गरिएको हो ।

महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको अनुगमन तथा योजना निर्माणको सिलसिलामा बा १ झ ७४६७ नम्बरको गाडी चढेर खोटाङ आउनेक्रममा पौड्यालसहित सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक कृष्णबहादुर केसी र योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल गाडी दुर्घटनामा पर्नुभएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनुभएका तीनजनामध्ये पूर्वप्रमुख पौड्यालको अर्धकदको प्रतिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको प्राङ्गणमा निर्माण गरिएको हो ।

अनावरणका लागी मृतक पौड्यालकी आमा बिष्णुकुमारी पौडेल, श्रीमती भूमिका पोखेरेल शिक्षक, विद्यार्थी लगायतलाई उपस्थीति गराइएको थियो ।

प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको स्मृति दिवसमा महुरेगढी प्राविधिक शिक्षालयको कार्यालय परिसरमा विभिन्न प्रजातिका बोटबिरुवाको वृक्षरोपणसमेत गरिएको छ । प्रतिमा अनावरण तथा वृक्षरोपण कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले पूर्वप्रमुख इन्जिनियर पौड्यालको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।

पूर्वप्रमुख पौड्यालको दोस्रो स्मृति दिवसकै अवसर पारेर स्थानीय सुरेश राईको संयोजकत्वमा नौँ सदस्यीय ‘भानु पौड्याल स्मृति अक्षयकोष विधान मस्यौदा समिति’समेत गठन गरिएको छ ।

प्राविधिक शिक्षालयमा अध्ययन गर्ने छात्रछात्राका लागि पुरस्कृत गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा मृतकका परिवारको तर्फबाट मूलधनको रुपमा रु ५० हजार उपलब्ध गराएको जनाइएको छ ।

पुलचोक क्याम्पसबाट इलेक्ट्रिक इन्जिनियर उत्तिर्ण गर्नुभएका पूर्वप्रमुख पौड्यालले महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा वि.सं. २०७५ भदौ–६ गतेदेखि वि.सं. २०७८ साउन–१३ गतेसम्म प्राचार्यको भूमिका निर्वाह गर्नुभएको थियो । महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको पठन–पाठन पूर्वप्रमुख पौड्यालकै नेतृत्वमा शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved