Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारत सहित दक्षिण एसियाली देशहरुमा फेरि देखिन थाल्याे काेभिड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 22, 2025
6 shares
काठमाडौं । छिमेकी मुलुक भारतलगायत दक्षिण एसियाली देशहरूमा पुनः कोरोना भाइरस(कोभिड–१९) फैलन सुरु भएको छ । थाइल्यान्ड, सिंगापुर, हङकङमा पछिल्लो समय कोरोना भाइरसका केसहरू देखापर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यी मुलुकमा संक्रमितहरूको संख्या बढिरहेका समाचार एजेन्सीहरूले जनाएका छन् । संक्रमण बढेसँगै अस्पतालहरूमा भर्ना हुनेहरूको संख्या पनि बढिरहेको छ । भारतमा पछिल्लो एक सातामा कोरोनाका नयाँ केसहरू देखिन थालेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ५७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये दुई जना संक्रमितको मृत्यु भएको जनाइएको छ । ती दुवैजना दीर्घकालीन रोगका बिरामी थिए । उनीहरू कोभिड लागेपछि अस्पतालमा भर्ना भएकामा उपचारका क्रममा मृत्यु भएको हो । कोभिड लागेकामध्ये एक जनालाई मुखको क्यान्सर र अर्कोलाई मिर्गौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो ।

विज्ञहरूका अनुसार भारतमा खोपको प्रभाव अब कम हुन थालेको छ । बुस्टर डोजको आवश्यकता फेरि एकपटक बढेको छ तर मानिसहरू यस’bout लापर्बाही गरिरहेका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढिरहँदा नेपालमा भने सतर्कता नअपनाएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा पनि कोरोना संक्रमण फैलन सक्ने’bout कुनै सचेतना अपनाएको पाइँदैन ।

कोरोनाका कारण सिंगापुरमा उच्च सतर्कता

सिंगापुरमा कोभिड-१९ का संक्रमितको संख्या २८ प्रतिशतले बढेको छ । कोरोना संक्रमण बढेसँगै सिंगापुर सरकारले सरकारले उच्च सतर्कता जारी गरेको छ । कोभिड-१९ का १४ हजार २ सय केस पुगेका छन् । संक्रमितमध्ये अस्पताल भर्ना हुनेको संख्या ३० प्रतिशतले बढेको छ । ५ देखि १९ मेसम्म सिंगापुरमा २५ हजार ९ सय नयाँ संक्रमित भेटिएका छन् ।

सोही अवधिमा अस्पतालहरूमा भर्ना हुने बिरामीको औसत दैनिक संख्या १ सय ८१ बाट बढेर २ सय ५० पुगेको छ । सिंगापुरमा कोरोनाको नयाँ लहर बढेसँगै अबका दुई सातामा संक्रमितको दर झनै बढ्नसक्ने विज्ञहरूले चेतनावनी दिएका छन् । कोरोना संक्रमित बढेसँगै सिंगापुरका स्वास्थ्यमन्त्री ओङ ये कुङले सबै नागरिकलाई खोपको नयाँ चरण सुरु गर्न र बुस्टर डोज लिन अपील गरेका छन् ।

हङकङमा फेरि फर्कियो कोरोना, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित

हङकङमा कोभिड-१९ संक्रमणको नयाँ लहर सुरु भएको छ । कोरोना संक्रमण बढेसँगै वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित बनेका छन् । हङकङको स्वास्थ्य विभागका अनुसार मार्चमा संक्रमित दर १ दशमलव ७ प्रतिशत थियो भने अहिले यो बढेर ११ दशमलव ४ प्रतिशत पुगेको छ । हालसम्म ८१ नयाँ संक्रमित फेला परेको उल्लेख छ । जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा रहेका छन् ।

बैंकक सबैभन्दा बढी प्रभावित

थाइल्यान्डमा कोभिड-१९ का धेरै नयाँ संक्रमित देखिएका छन् । बैंकक पोस्टमा प्रकाशित समाचारअनुसार गत साता ३३ हजार ३० नयाँ संक्रमित भेटिएको उल्लेख छ । यीमध्ये बैंककमा मात्र ६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । यीमध्ये १ हजार ९ सय १८ संक्रमित अस्पतालमा भर्ना भएका छन् ।

बैंककपछि चोनबुरीमा २ हजार ५ सय ७३ संक्रमित भेटिएका छन् । त्यस्तै, रायोङमा १ हजार ६ सय ८० संक्रमित भेटिएका छन् । त्यस्तै, नोन्थाबुरीमा १ हजार ४ सय ८२ जना र समुत प्राकानमा १ हजार ४ सय ४२ जना संक्रमित फेला परेका छन् । पहिले तुलनात्मक रूपमा सुरक्षित मानिने ३० देखि ३९ वर्ष उमेर समूहका युवाहरू अहिले सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

चुलालोङकोर्न विश्वविद्यालयको चिकित्सा संकायकी थिरा वोरातनारतले सोमबार आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै यस रिपोर्टले जनस्वास्थ्य मन्त्रालयको अवस्था चिन्ताजनक नभएको भनाइको विरोध गरेका छन् । उनले भनेका छन्, ‘कोभिड–१९ का नयाँ संक्रमित लगातार ११ सातादेखि तीव्र गतिमा बढ्नु चिन्ताको विषय हो ।’ थाइल्यान्डमा ओमिक्रोनको एक प्रकार एक्सईसी भेरियन्टका कारण हुने घटनामा वृद्धि भएको छ । यो सोङक्रान बिदाको अवधि (१३ देखि १५ अप्रिल)को कारणले हुनसक्ने विज्ञहरूले भनेका छन् । जुन अवधिमा केसहरूको संख्या निरन्तर बढ्यो ।

किन बढ्दै छ कोरोना ?

सिंगापुरका स्वास्थ्य अधिकारीहरूका अनुसार यसपटक केसहरूमा वृद्धि दुई नयाँ भेरियन्टहरू एलएफ७ र एनबी१.८ का कारणले भएको हो । यी दुवै सन् २०२४ मा देखापरेको जेएन१ भेरियन्टका नयाँ भेरियन्ट हुन् । जेएन१ उही भेरियन्ट हो, जसमा हालको कोभिड खोप आधारित छ ।

सीएनएका अनुसार यी नयाँ भेरियन्ट द्रुत गतिमा फैलिन्छन् र पहिले नै विकसित प्रतिरोधात्मक क्षमतालाई पनि छल्न सक्छन् । विज्ञहरूका अनुसार वृद्धवृद्धा, ६५ वर्षभन्दा माथिका व्यक्तिहरू र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएकाहरूलाई यो संक्रमण छिटो सर्नसक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन् । यसका साथै, मौसमी परिवर्तन, सामाजिक अन्तक्र्रिया र अन्तर्राष्ट्रिय यात्राले पनि यसको फैलावटलाई बढाउन मद्दत पुगिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

कीर्तिपुरमा जलेको कारभित्र पुरुष मृत फेला, प्रहरीले अनुसन्धान ...

  • July 21, 2026

संसदीय सुनुवाइ समितिको बैठक ११:०० बजे बस्दै

  • July 21, 2026

म त राष्ट्रवादी ( कविता )

  • July 21, 2026

आत्मदाह प्रयासका घटना बढ्दै, फेरि बौद्धमा युवती गम्भीर

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved