Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

करोडौँ खोप ल्याउने ओलीको भाषण मात्रै : ज्ञवालीले ‘ब्रेक थ्रु’ भन्दै जनता ढाँटे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2021
147 shares

काठमाडौं । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए। दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन।

 

कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले खोप दिने जानकारी नदिएको बताएका छन्। ‘अहिलेसम्म कुनै देशबाट खोप आइहाल्ने हामीलाई जानकारी छैन,’ कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समितिका संयोजक डा. श्यामराज उपे्रतीले भने। दुई साताअघि पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट थप ५० लाख भेरोसेलको खोप र अमेरिकाबाट थप ५० लाख खोप अष्ट्राजेनिका या भेरोसेलको खोप दिने बताएका थिए। उनले जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चको बैठकमा दशदिन भित्र सम्बन्धित देशहरूले खोप दिने बारेमा केही न केही जानकारी दिने बताएका थिए।

 

मन्त्री ज्ञवालीले भनेका थिए, ‘हप्ता, दस दिनभित्रमा बे्रक थु्र हुन्छ।’ ज्ञवालीले अमेरिका र चीनकाहेक अन्य देशहरूसंग खोप ल्याउनको लागि कूटनीतिक पहल भइरहेको बताएका थिए। अमेरिकामा कानुनी प्रक्रिया पारेपछि भण्डारणमा रहेको अष्ट्रजेनिकाको खोप दिने बढी सम्भावना रहेको पनि बताएका थिए। पाँच दिनअघि परिवार कल्याण महाशाखाले अर्को साताभित्र कोभाक्सले खोप दिने जानकारी गराएको जनाएको थियो। तर कति संख्यामा दिने भन्ने कुरा भने यकिन थिएन। प्रधानमन्त्री कार्यालय केही अन्य मन्त्रालयका अधिकारीहरूबाट पनि बेलाबखत विभिन्न देशबाट यति खोप आउने भनी सामाजिक सञ्जालमा पोष्ट भइरहेको देखिन्छ।

 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले भने खोप लिनको लागि खोप उत्पादन गरिरहेका देशहरूसँग दैनिकजसो नै छलफल गरी प्रयास भइरहेको बताए। ‘सबै सकारात्मक छन् तर कहिले कति खोप दिने भन्नेबारेमा निश्चित भएको छैन,’ मन्त्री तामाङले नागरिकसँग भने। मन्त्री तामाङले भने, ‘आज पश्चिमा देशहरूसँग खोपकै बारेमा छलफल भएको हो।’ सरकारी मन्त्रालयले भने अनुसार अहिल्यै कतैबाट खोप आउने संकेत नभएको कोभिड १९ विरुद्धको खोप व्यवस्थापन समितिका संयोजक डा. श्यामराज उपे्रतीले बताए। कोभाक्सले नेपालको लागि निःशुल्क दिने भनेको थप ३ लाख ४८ हजार डोज पनि जुलाइमा मात्र आउने सम्भावना रहेको बताए।

 

कोभाक्सले दिने त्यो खोपले नेपालको बाँकी रहेको जनसंख्याको लागि अत्यन्त कम डोज हो। डा. उपे्रतीका अनुसार गत माघदेखि यता नेपालमा १८ लाख भारतबाट कोभिडसिल्डको खोप आइपुगेको छ। त्योमध्येमा ८ लाख भारत सरकारको अनुदानमा र १० लाख नेपालले खरिद गरेको खोप हो। त्यसैगरी माघमै कोभ्याक्सले ३ लाख ४८ हजार डोज खोप उपलब्ध गराएको थियो। चीनले चैतमा ८ लाख र जेठमा १० लाख गरी ४१ लाख ४८ हजार डोज खोप नेपालमा आइपुगेको छ। बाँकी खोप दिनेबारेमा अहिलेसम्म कुनै पनि देशले सम्झौता नगरिसकेकोले खोप कहिले आइपुग्छ भन्ने विषयमा यकिन नभएको डा. उप्रेतीले बताएको नागरिकमा समाचार छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved