Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दृष्टि बिहिनहरुका लागि सात्क्षर भगवान डा. सन्दुक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 7, 2025
42 shares

दृष्टि बिहिनहरुका लागि सात्क्षर भगवान डा. सन्दुक डा. सन्दुक रूइत नेपालका एक internationally renowned नेत्र चिकित्सक (नेत्र सर्जन) हुन् जसले हजारौं मानिसलाई दृष्टि फर्काउन मद्दत गरेका छन्। उनी नेपालमा मात्र होइन, विश्वका धेरै देशमा “भगवानको उपमा पाएका डाक्टर” का रूपमा चिनिन्छन्।

ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा डा. सन्दुक रूइतको जन्म सन् १९५४ सालमा भएको हो। उनी एक साधारण परिवारमा जन्मिएका थिए र बाल्यकाल कठिन परिस्थिति बीच बितेको थियो। उनले प्रारम्भिक शिक्षा गाउँमै पाएका हुन्। भने, थप शिक्षा रूइतले भारतको दरभङ्गा मेडिकल कलेजबाट एम.बी.बी.एस. अध्ययन पूरा गरेका हुन्। पछि उनले अष्ट्रेलियाको द ब्रिगटन नेत्र अस्पतालमा नेत्र सर्जरीमा विशेष तालिम लिएका थिए।

लेखकबाट थप पढ्न याे लिङ्कमा जानुहाेस👉 If He Is a Criminal, Let’s Expel Balen from the Country – Global Online Television

त्यहाँ उनले प्रोफेसर फ्रेड होलोससँग काम गर्ने अवसर पाए, जसले गर्दा सन्दुकलाई उनकाे आँखा सम्बन्धि उपचार गर्ने बिषयमा ठूलो प्रभाव पार्याे। जब डा. रूइत आफू आँखा उपचार गर्न पूर्णतय सफल बने तब उनले नेपालमा “Tilganga Eye Centre” (हाल Tilganga Institute of Ophthalmology) स्थापना गरे जुन अहिले एक प्रमुख आँखा उपचार तथा अनुसन्धान केन्द्र बनेको छ।

उनले “सस्तो मूल्यमा उच्च गुणस्तरीय मोतिबिन्दु शल्यक्रिया प्रविधि” विकास गरी संसारभर लाखौं दृष्टिविहीन व्यक्तिहरूलाई दृष्टि फर्काउन सफल भएका छन्। उनले विकास गरेको सर्जिकल प्रविधि विशेष गरी गरिब तथा ग्रामीण क्षेत्रमा अत्यन्त प्रभावकारी सावित भएको छ। सन्दुक द्वारा आखाकाे उपचारकै कारण संसार देखेका बिश्वभरका नागरिकहरु माझ लाेकपृय मात्र नभई एक भगवानरुपि ब्यक्तित्वले कामकै सिलसिलामा प्राेत्साहनका लागि र उनले गरेकाे याेगदानलाई मध्यनजर गर्दै बिश्वका विभिन्न देश तथा त्यहाका संघ संस्थाहरुले उनलाई अवार्डहरु दिएका छन् जस मध्य मुख्य त यिनिहरुलाई मानिन्छ।

(Ramon Magsaysay Award (2006) Padma Shri (भारत सरकारबाट, 2018National and international humanitarian awards डा. रूइतको मान्यता छ: “आँखा खोल्दा मात्र होइन, जीवन बदलिन्छ।” उनले आफ्नो जीवन मानव सेवा र दृष्टिहीनहरूको जीवन उज्यालो बनाउन समर्पित गरेका छन्। डा. सन्दुक रूइतले हालसम्म प्राप्त गरेका प्रमुख पुरस्कारहरू र तिनसँग सम्बन्धित नगद राशिहरूको सूची प्रस्तुत प्रस्तुत गर्ने जमर्काे समेत गरेकाे छु।

प्रसतुत छ ती नगद सहितकाे पुरस्कारहरु: बहराइनको राजा हमद बिन ईसा अल खलिफाले ISA Award for Service to Humanity (बहराइन, 2023) प्रदान गरेको थियाे,यो पुरस्कार डा. रूइतलाई अन्धोपन निवारणमा गरेको योगदानका लागि प्रदान गरिएको हो। यस पुरस्कारसँगै उनले अमेरिकि डलर १,०००,०००/- नगद पुरस्कार प्राप्त गरेकाे थियाे। नेपाल सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल, २०७५ राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत डा. रूइतलाई नेपाली रुपैयाँ ५००,०००/- नगद राशिसहित सम्मानित गरेको थियाे। यस्तै, पोखरास्थित श्रीपती कोइराला गुठीले डा. रूइतलाई Shreepati Social Service National Award (नेपाल, 2025) बाट सम्मान गरेकाे थियाे भने याे सम्मानका साथ नगद नेपाली रुपैयाँ २२२,२२२/- सहित सामाजिक सेवामा योगदानका लागि सम्मानित गरेको थियाे।

लेखकबाट थप पढ्न याे लिङ्कमा जानुहाेस👉  ️Mayor Harka Sampang is a guardian for the helpless – Global Online Television 

याे त थियाे सन्दुकले पाएकाे नगद सहितकाे सम्मान, यति मात्र नभएर उनले गरेकाे कामकाे कदर सहित सम्मानकाे बिबहरण पनि पेश गर्न चाहन्छु। दृष्टिविहीनहरूको जीवन परिवर्तनमा गरेको योगदानका लागि Ramon Magsaysay Award for Peace and International Understanding (2006) बाट एशियाली नोबेल पुरस्कारका रूपमा चिनिने यस सम्मान डा. रूइतलाई प्रदान गरिएको थियाे। भने,सार्वजनिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकाे बापत Prince Mahidol Award (थाइल्याण्ड, 2007) प्रदान गरिएको अन्तर्राष्ट्रिय पुरस्कारपनि पाएका थिए।

भारत सरकारले प्रदान गर्ने चौथो सर्वोच्च नागरिक सम्मान, Padma Shri (भारत सरकार, 2018) पनि डा. रूइतलाई नेत्र उपचारमा नवप्रवर्तनका लागि प्रदान गरिएकाे थियाे। यस्तै रुइतले National Order of Merit (भुटान, 2015) sia Game Changer Award (2016) Suprasiddha Prabal Janasewashree (नेपाल सरकार, 2020) लगाएत थुप्रै पदक तथा सम्मानबाट सम्मान गरिएकाे छ।

डा. सन्दुककाे बारेमा थप याे लिङ्कमा पाईने छ 👇️https://globalonlinetelevision.com/dr-sanduk-the-living-god-for-the-blinds/

 

लेखक : दिपेश श्रेष्ठ  home – Suchana Chautari का प्रवन्ध निर्देशक हुन्।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved