Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कक्षा १२ को परीक्षा २१ वैशाखबाट हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 23, 2025

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आउँदो ११ वैशाखदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा रोक्न निर्देशन दिएपछि बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ ।

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आउँदो बिहीबारबाट हुने परीक्षा अब २१ वैशाखबाट हुने भएको छ । शिक्षकको आन्दोलनका कारण परीक्षा हुने कि नहुने अन्योल रहेका बेला मंगलबार बिहान परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने जनाएको थियो । परीक्षा सञ्चालनका लागि बोर्डले जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीसमेतलाई परिचालन गर्ने तयारी गरेको थियो । चौतर्फी आलोचना भएपछि बोर्डले सो निर्णयको औपचारिक सूचनासमेत जारी गर्न सकेको थिएन ।

परीक्षा नरोक्ने निर्णय भएपछि बोर्डका पदाधिकारीहरू आउँदो बिहीबारबाट कसरी परीक्षा गर्ने भन्ने विषयमा सरकारका विभिन्न प्रतिनिधिसँग छलफलमा थिए । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग बोर्ड अध्यक्ष शर्मासहितको टोलीले भेटेपछि परीक्षा सार्ने निष्कर्षमा पुगेको हो । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने बुधबार मात्रै सार्वजनिक हुनेछ । ‘परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो, ‘बोर्डको बैठक बसेर मात्रै तालिका तय हुन्छ ।’

शिक्षकको आन्दोलनका कारण परीक्षा के हुने भन्ने अन्योल भइरहेका बेला परीक्षा बोर्डले मंगलबार बिहान मात्रै निर्धारित कार्यतालिकामा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसका लागि जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीसमेत परिचालन गर्नेसम्मको तयारी थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा गर्ने निर्णय भएको नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका थिए । स्थानीय तहहरूमातहतका समेत शिक्षक नियुक्त गरिएका र उनीहरूलाई समेत परिचालन गरिने तयारी थियो । त्यस्तै, क्याम्पसका शिक्षकले समेत परीक्षामा सहयोग गर्नेसम्मको तयारी थियो । बोर्डले स्थानीय पालिका र जिल्लास्थित परीक्षा समन्वय समितिलाई परीक्षासम्बन्धी आवश्यक व्यवस्था मिलाउनू भनेर पत्राचार गरिसकेको थियो ।

शिक्षकको सडक प्रदर्शनले निकास नपाउँदै २०औं दिनमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि परीक्षा हुने–नहुने अन्योल थियो । कक्षा १२ को परीक्षामा कुल ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष परीक्षामा संलग्न हुने योजना बनाइएको थियो । परीक्षामा १८ सयदेखि २ हजार कर्मचारी, हरेक केन्द्रमा कम्तीमा एक जना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन हुने परीक्षा बोर्डको तयारी थियो ।

शिक्षक महासंघले वृत्ति विकास र पेसागत मागसहित २० चैतदेखि सडक प्रदर्शन गर्दै आएको छ । त्यसको पाँच दिनपछि शैक्षिक हडताल आह्वान गरेपछि सामुदायिक विद्यालयमा भर्ना अभियानलगायतका नयाँ शैक्षिक गतिविधि ठप्प छन् । जसका कारण देशभरको सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु

  • May 31, 2026

ग्रेटर नेपालको मुद्दा संसदमा प्रवेश, सीमा विवाद समाधानमा ऐतिहा...

  • May 31, 2026

मामाघर अनाथालयको सामाजिक लेखा परीक्षण सम्पन्न

  • May 31, 2026

लिपुलेक–लिम्पियाधुरा विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाइएको...

  • May 31, 2026

समाजवादको भाषण सजिलो, व्यवहारमा कार्यान्वयन कठिन : प्रधानमन्त्...

  • May 31, 2026

संसदलाई बालेनको सर्प्राइज

  • May 31, 2026

रास्वपा भक्तपुरको पहिलो नगर अधिवेशन सम्पन्न, सञ्चयज्ञान यामीको...

  • May 31, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved