Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्रिन वे एजुकेसनल एकेडेमीको १३औं वार्षिकोत्सव सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 9, 2025
255 shares

झापा । झापा, दमक-५ स्थित ग्रिन वे एजुकेसनल एकेडेमीको १३औं वार्षिकोत्सव आइतबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि दमक शिक्षा शाखा समितिका संयोजक तथा वडा नं. ९ का अध्यक्ष कुवेर भट्टराई रहनुभएको थियो भने विद्यालयका अध्यक्ष कुमार तामाङले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।

विशिष्ट अतिथिहरूमा दमक नगर ईसाई समाजका अध्यक्ष पास्टर हेमन्त सुब्बा, विद्यालयका निर्देशक नवीन राई, बेथेल स्कुल (उर्लाबारी) का प्रिन्सिपल एनि राई, समाजसेवी तथा पूर्व शिक्षक नेत्र अधिकारी, धनेश्वर टोल विकास संस्थाका अध्यक्ष दिनेश निरौला, पत्रकार डिकेन्द्र बस्नेतलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि भट्टराईले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, वक्तृत्वकला तथा अन्य कलात्मक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

विद्यालय प्रशासनले शैक्षिक उपलब्धि तथा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो। विशेष रूपमा भलिबल तथा कुस्तीमा विजेता टिमलाई शिल्ड प्रदान गरिएको थियो।

विद्यालयले विद्यार्थीहरूको खेलकुद तथा सृजनात्मक गतिविधि प्रवर्द्धन गर्न नयाँ योजना ल्याउने घोषणा गरेको छ। आगामी शैक्षिक सत्रदेखि भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, नृत्य, पौडी (स्विमिङ), चेस, चित्रकला (कलरिङ तथा ड्रइङ), कम्प्युटर टाइपिङ प्रतियोगिता लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछन्। साथै, निरन्तर उपस्थिति, अनुशासन, सरसफाइ तथा उत्कृष्ट हस्तलिपि जस्ता विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ।

विद्यालयका अध्यक्ष कुमार तामाङले ग्रिन वे एजुकेसनल एकेडेमीलाई दमककै उत्कृष्ट विद्यालयका रूपमा विकास गर्न लागिएको बताए। कम्प्युटर ल्याब, पुस्तकालय, भवन तथा अन्य भौतिक संरचनाको विस्तार गर्दै व्यवस्थित तथा गुणस्तरीय शिक्षण पद्धति अपनाइने प्रतिबद्धता उनले व्यक्त गरे।

दमक क्षेत्रमा ६४ वटा विद्यालय सञ्चालनमा रहेको जानकारी दिँदै प्रमुख अतिथि भट्टराईले शिक्षालाई व्यवस्थित बनाउने तथा दमकलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल पावल सुन्दाशले स्वागत मन्तव्य दिएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved