Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नयाँ वर्षबारे तपाईँले जान्नुपर्ने ७ ओटा कुरा : कमल अधिकारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 1, 2025
21 shares

✒️कमल अधिकारी

१. आजबाट हामी नयाँ वर्ष २०२५ मा प्रवेश गरेका छौँ । हामी नयाँ वर्षमा प्रवेश गरिरहँदा यस पात्रोबारे जानकारी लिनु मुनासिब नै हुन्छ । संसारमा प्रयोगमा आएका विभिन्न थरीका पात्रोमध्ये सबैभन्दा व्यापक रूपमा प्रयोग गरिएको पात्रोको नाउँ चाहिँ ग्रेगोरी पात्रो हो । यस पात्रोअनुसार आज हामी २०२५ मा प्रवेश गरेका छौँ ।

२. पोप ग्रेगोरी तेर्‍हौँ (ख्रिस्टाब्द १५०२-१५८५) को नाउँमा राखिएको यस पात्रोलाई औपचारिक रूपमा १५८२ फेब्रुअरी २४ मा परिचित गराइएको थियो । तर औपचारिक परिवर्तन भने त्यही सालको अक्टोबर महिनामा भएको थियो जसमा अक्टोबर ४ (बिहिबार) पछि अक्टोबर १५ (शुक्रबार) आएको थियो । यस पात्रोको परिचयकर्ताको रूपमा ग्रेगोरी दुनियाँमा प्रसिद्ध छन् । यस पात्रोका प्रथम प्रस्तावक चाहिँ अलोसिस लिलिअस थिए जो सोर्‍हौँ शताब्दीका खगोलविद्साथै दार्शनिक थिए ।

३. हरेक मुलुकले तुरुन्तै यस नयाँ पात्रोलाई प्रयोग गर्न थालेन । स्पेन, पोर्चुगलसाथै इटाली जस्ता मुलुकहरूले यसलाई तत्काल अवलम्बन गरे । ब्रिटिस साम्राज्यले १७५२ मा आएर यसको प्रयोग गर्न थालेको थियो भने जापानले १८७३ मा । केही पूर्वीय अर्थोडक्स मन्डलीहरूले १९२३ मा यसलाई स्वीकार गरे । यसरी सुरु सुरुमा कतिपय मुलुकहरूले यस नयाँ पात्रोलाई स्वीकार गर्न आनाकानी गरे तापनि यो अहिले विश्वव्यापी पात्रो बनेको छ । संसारका प्राय: सबै अर्थात् संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त १९५ ओटै मुलुकमा यसको प्रयोग गरिन्छ । यो विशुद्ध सौर्य पात्रो हो ।

४. ग्रेगोरी पात्रोले जुलियन पात्रोलाई विस्थापित गरिदियो किनकि जुलियन पात्रोमा भुल थियो । जुलियन पात्रोलाई राजनीतिज्ञ जुलियस कैसरले ४६ ख्रिस्टपूर्वमा प्रस्ताव गरेका थिए । त्यसको एक वर्षपछि अर्थात् ४५ ख्रिस्टपूर्वमा चलनमा आएको यस पात्रोलाई रोमी साम्राज्यसाथै युरोपका अधिकांश भूभागमा प्रयोग गरिन्थ्यो । जुलियन पात्रोमा एक वर्षको अवधि ठिक ३६५ दिन ६ घण्टा हुन्थ्यो जब कि पृथ्वीले सूर्यलाई एक फन्को मार्न ठ्याक्कै ३६५ दिन ५ घण्टा ४९ मिनेट लगाउँछ । हरेक वर्ष करिब ११ मिनेटको भिन्नता देखा पर्‍यो । वर्षैपिच्छे ११ मिनेटको भिन्नताले अन्ततः कामकाजमा ठुलै प्रभाव पारेको देखियो । त्यसैले नयाँ पात्रोको आवश्यकता परेको थियो । फलस्वरूप ग्रेगोरी पात्रोको उदय भयो ।

५. ग्रेगोरी पात्रोअनुसार एक वर्षको वास्तविक अवधि ३६५.२४२२ दिन अर्थात् ३६५ दिन ५ घण्टा ४९ मिनेटको हुन्छ । यस पात्रोमा एक वर्षलाई १२ महिनामा विभाजन गरिएको छ । फेब्रुअरी महिना २८ दिनको हुन्छ तर अधिक वर्षमा भने २९ दिनको हुन्छ । अप्रिल, जुन, सेप्टेम्बर र नोभेम्बरमा ३०/३० दिन हुन्छ । बाँकी सातवटा महिना अर्थात् जनवरी, मार्च, मे, जुलाई, अगस्त, अक्टोबर र डिसेम्बरमा चाहिँ ३१/३१ दिन हुन्छ । यसरी यस पात्रोका महिनाहरू २८-३१ दिनका हुन्छन् । यस पात्रोमा जनवरी १ मा नयाँ वर्षको सुरु हुन्छ ।

६. नेपालको औपचारिक पात्रो चाहिँ विक्रम संवत् हो । यो पात्रोअनुसार अहिले हामी २०८१ सालमा छौँ । यो पात्रो ग्रेगोरी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना अगाडि छ । नेपाली पात्रो पनि भनेर चिनिने यो पात्रो चन्द्र पात्रो हो । यसमा १२ महिना हुन्छ र नयाँ वर्ष वैशाख १ (अप्रिलको बिचतिर) बाट सुरु हुन्छ । ग्रेगोरी पात्रोमा जस्तै कुन कुन महिनामा कति कति दिन हुन्छ भनेर यसमा पहिले नै भन्न सकिँदैन । महिनाहरूको अवधि वर्षैपिच्छे फरक हुन्छ । यो पात्रोका महिनाहरू २९-३२ दिनका हुन्छन् । यसलाई मूलतः नेपाल र भारतमा प्रयोग गरिन्छ ।

७. ग्रेगोरी पात्रोले वर्षको गणनाको लागि जुन पद्धतिलाई अपनाउँछ त्यो चाहिँ ख्रिस्टियमतका संस्थापक येशूसित जोडिएको छ । उहाँको जन्मभन्दा अगिको समयलाई ख्रिस्टपूर्व भनिन्छ भने उहाँको आगमनपछिको समयलाई ख्रिस्टाब्द भनिन्छ । ख्रिस्टपूर्व अङ्ग्रेजी Before Christ को अनुवाद हो जसलाई छोटकरीमा B. C. भनिन्छ । उहाँको जन्मपछिको समयलाई उल्लेख गर्न ल्याटिन पदावली Anno Domini (छोटकरीमा A. D.) को प्रयोग गरिन्छ जसलाई प्रायश: ‘हाम्रा प्रभुको वर्षमा’ भनेर अनुवाद गरिन्छ । उहाँको जन्म अर्थात् देहधारणले समयलाई रूपान्तरण गरिदियो । मितिको गणनाको लागि सारा दुनियाँले यही पद्धतिलाई पछ्याइरहेको छ । यो अहिले अन्तर्राष्ट्रिय मानक बनेको छ । येशू ख्रीष्ट यति प्रभावशाली हुनुहुन्छ कि उहाँका आगमनले पात्रोलाई दुई भागमा विभाजन गरिदियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved