Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ख्रीष्टियन महासंघकाे बागमति प्रदेश प्रथम अधिवेसन साथै ख्रीष्टियन पत्रकार संघ झापाकाे दाेश्राे जिल्ला अधिवेसन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2021
276 shares

प्रेम कार्की,नेपाल ख्रीष्टीयन महासंघकाे बागमति प्रदेशकाे प्रथम अधिबेसन महासंघका उपाध्यक्ष पा. ज्ञान बहादुर सुनुवारको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा ३० जेठ २०७८ (आइतबार) भिडियो कन्फ्रेन्सिंग एप भर्चुअल प्रबिधि ZOOM बाट सम्पन्न भएकाेछ।

सुरुको प्रार्थना सहअध्यक्ष रेभ. पा. रिन्जी लामाले गर्नु भएको थियो भने आराधनाको अगुवाई सचिव चित्ररेखा ओझाले गर्नु भएको थियो । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको भएको थियो । अधिवेशनमा केन्द्रिय पदाधिकारीहरु, बागमति प्रदेश पदाधिकारीहरु तथा विभिन्न ख्रीष्टियन संघसंस्थाहरुका पदाधिकारीहरु, विभिन्न प्रदेश प्रमुखहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागिता रहेको थियो ।

अध्यक्ष सी.बी. गहतराजले व्यानर वाचन गरेर भेलाको उद्घाटन गर्दै महासंघको दर्शन, मिशन र महासंघको भावि योजनाको विषयमा प्रस्ट्याउनु भएको थियो भने उपाध्यक्ष तथा बागमति प्रदेश प्रमूख पा. ज्ञान बहादुर सुनुवारले सांघठनिक प्रतिबेदन पेश गरेपछि सबैलाई धन्यवाद दिँदै बागमति प्रदेश समिति विघठन भएको घोषणा गर्नु भएको थियो ।

भेलाका अध्यक्ष मण्डलको अध्यक्षता सहअध्यक्ष रिता थापा मगर काबो र सदस्यहरु सहअध्यक्ष रेभ. पा. रिन्जी लामा, उपमहासचिव रेभ. पा. उद्धव चिमोरिया रहनु भएको थियो भने निर्वाचन मण्डलको अध्यक्षता उपाध्यक्ष अधिवक्ता भबिन्द्र राईले गर्नुभएको थियो । निर्वाचन मण्डलमा सचिव रेभ. पा.प्रेम कार्की र सचिव चित्ररेखा ओझा रहने गरि गठन भएको थियो । सो निर्वाचन मण्डलले उपाध्यक्ष रेभ. पा. कृष्ण परियार बागमति प्रदेश प्रमुख सहितको लागि पदाधिकारीहरुहरु सर्बसम्मतीले चयन भएको निर्वाचन मण्डलको अध्यक्ष अधिवक्ता भबिन्द्र राईले घोषणा गर्नु भएको छ । जसमा समाविस्ट पदाधिकारीहरु क्रमस :

बागमति प्रदेशको नव निर्वाचित पदअधिकारीहरुका नामावलीहरुः १) प्रमुखः रेभ. कृष्ण डेविड परियार (ललितपुर), २) उप- प्रमुखः पा.लोक ब सुनुवार (रामेछाप), ३) उप- प्रमुखः रेभ.विष्णु परियार (चितवान), ४) उप- प्रमुखः रेभ. सानु लाल वि.क (चितवान), ५) उप- प्रमुखः पा. मोमलाल दोङ्ग (मकवानपुर), ६) उप- प्रमुखः रेनु श्रेष्ठ (सिन्धुली), ७) सचिवः ए.ज्ञानेन्द्र राज सापकोटा (काठमाण्डौ) ८) सह-सचिवः रेभ. किरण खाती (चितवान), ९) सह-सचिवः पा. दिपक भोलन (मकवानपुर), १०) कोषाध्यक्षः पा राम महर्जन (ललितपुर), ११) सह-कोषाध्यक्षः आशा श्रेष्ठ (काठमाण्डौ), १२) मण्डली समन्य विभाग प्रमुखः पा. सुपसिं तामाङ्ग (धादिङ्ग), १३) मण्डली समन्य विभाग उप-प्रमुखः पा. दिपेन्द्र सेन्चुरी (काठमाण्डौ), १४) मण्डली समन्य विभाग सदस्यः पा. विष्णु हरि वाग्ले (ललितपुर), १५) मण्डली समन्य विभाग सदस्यः पा. दिल बहादुर घले (नुवाकोट), १६) संघठन विभाग प्रमुखः पा. ओम प्रसाद भटराई (सिन्धुली), १७) संघठन विभाग उप-प्रमुखः रेभ.चित्र कुमार राई (ललितपुर), १८) संघठन विभाग सचिवः पा. सुक्र माझी (रामेछाप), १९) संघठन विभाग सदस्यः पा. मान ब खड्का (सिन्धुपाल्चोक), २०) संघठन विभाग सदस्यः पा. भरत खडका (दोलाखा), २१) महिला विभाग प्रमुखः पा. तारा लिम्बु के.सी (काठमाण्डौ), २२) महिला विभाग उप-प्रमुखः देब कुमारी राई (काठमाण्डौ), २३) महिला विभाग सचिवः निना तामाङ्ग सेर्पा (काठमाण्डौ), २४) महिला विभाग सदस्यः तुल्सा खडका (काठमाण्डौ), २५) महिला विभाग सदस्यः सानु माया अधिकारी (काठमाण्डौ), २६) प्रार्थना विभाग प्रमुखः पा. आइतमान गुरुङ्ग (धादिङ्ग), २७) प्रार्थना विभाग उप-प्रमुखः पा. सिर्जना राई (काठमाण्डौ), २८) प्रार्थना विभाग सदस्यः अ. बिन्दु महत्तो चौधरी (चितवान), २९) युवा विभाग प्रमुखः पा. दिपक तितुङ्ग (मकवानपुर), ३०) युवा विभाग उप-प्रमुखः पा. तीर्थराज गुरौ (चितवान), ३१) प्रचार प्रसार विभाग प्रमुखः पा. सुदिप राज भुषाल (काभ्रेपलान्चोक), ३२) प्रचार प्रसार विभाग उप-प्रमुखः पा. दाबा तामाङ्ग (भक्तपुर), ३३) प्रदेश समिति, सदस्यः पा. तेज नरसिं प्रजापति (भक्तपुर), ३४) प्रदेश समिति, सदस्यः डिकन. सुमन घले (धादिङ्ग), ३५) प्रदेश समिति, सदस्यः पा. कमल बहादुर.तामाङ्ग (धादिङ्ग), ३६) प्रदेश समिति, सदस्यः पा. याम तामाङ्ग (धादिङ्ग), ३७) प्रदेश समिति, सदस्यः पा. दाबा थामी (दोलखा), ३८) प्रदेश समिति, सदस्यः पा. जगत वहादुर थामी (दोलखा), ३९) रहनुभएको छ ।

नव निर्वाचित पदअधिकारीहरुलाई अध्यक्ष सी.बी गहतराजले उपस्थित सबै सहभागिहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने क्वाइनोनिया पाटन चर्चका बरिष्ठ रेभ. डा. मंगलमान महर्जनले पदअधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो ।

संचालन एल्डर ज्ञानेन्द्र सापकोटाले गर्नुभएको थियो भने महासंघका केन्द्रिय सदस्य पा. मोमलाल लामाले स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई सहअध्यक्ष पा. टेक विक्रम हिताङ्ग, महासंघका एसिया महादेश प्रमुख रेभ. पा. राजु बराइली लगाएतको प्रदेश प्रमुखहरु तथा विभिन्न वक्ताहरुले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो भने नव निर्वाचित प्रदेश प्रमूख रेभ. पा. कृष्ण परियारले महासंघको उद्धेश्य र विधान बमोजिम आफूले पाएको जिम्मेवारीको उच्च सम्मान गर्दै प्रतिज्ञा गरे बमोजिम तन, मन, धन र वचनले लागि पर्ने घोषणा गर्दै कोरोनाको महामारीमा परी ज्यान गुमाउनु भएका पाष्टर, अगुवा तथा विश्वासीहरुलाई समवेदना प्रकट गर्दै शोक प्रस्ताव सहभागिको अनुमतिमा पारित गर्नुभएको घोषणा गर्नुका साथै महासंघको ११ बुदें घोषणा पत्रलाई आगामि कार्ययोजना बनाई यथासिघ्र अघि बढ्ने घोषणा गर्नुभएको छ ।

पूर्व प्रदेश प्रमुख पा. ज्ञान बहादुर सुनुवार लगाएतका पदअधिकारीहरुलाई धन्यवादका साथै आभार प्रकट गर्दै आउने दिनमा सबै मण्डली तथा संघसंस्थाहरुसँग समन्वय र सहकारी गर्दै अघि बढ्ने प्रदेश प्रमुख रेभ. पा. कृष्ण परियारले घोषण गर्नु भयो ।

उपाध्यक्ष रेभ. पा. सोनाम काबोले नव निर्वाचित पदअधिकारीहरुलाई बधाई दिएर सफल कार्यकालको लागि अग्रिम शुभकामनाको साथ अन्तिम प्रार्थना गर्नुभएको थियो ।

त्यस्तै गरी हिजै नेपाल ख्रिष्टियन पत्रकार संघ झापा जिल्लाले पनि जिल्लाको दोश्रो अधिवेसन भर्चुअल माध्यम zoom बाट सम्पन गरेको छ। झापा जिल्ला सचिव पा.डिकेन्द्र बस्नेतको सभा अध्यक्ष अध्यक्षता रहेको अधिवेशन मा केन्द्रिय महासचिव मन खुदाङ प्रमुख अतिथि रहेका थिए। उक्त अधिवेशन मा सभा अध्यक्ष बस्नेतले पुरानु कमिटी बिगठन भएको घोषणा गरेका थिए।
सर्बसहमतीमा अविन मेन्याङ्गबो लिम्बु अध्यक्षता , उपाध्यक्ष गौरी चेम्जङ राई (एस्तर) सचिव पा.चन्द्र कुमार राई ,सह-सचिव उपास्ना लिम्बु,कोषध्यक्ष निरु थाम्सुहाङ,सदस्यहरु शान्ति राम आचार्य लगायत ११ जनाको समिति गठन भएको र सल्लाहकार मा पा.डिकेन्द्र बस्नेत,पा. बिर बहादुर तामाङ रहेको सचिव चन्द्र राईले बताए।नयाँ समिति लाई कार्यअाज्ञाको प्रार्थना महासचिव खुदाङले गरेका थिए भने कार्यक्रमको संचालन पा. बिर बहादुर तामाङ गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • July 22, 2026

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved