Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिहार र बलिराजा : चन्द्रप्रकाश बानियाँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 17, 2024
42 shares

आज कोजाग्रत पूर्णिमा ! आजदेखि भैलो खेलिने परम्परा छ । अर्थात अब तिहार सुरु भयो । उसो त तिहार पाँच दिनको हुन्छ । तिहार के को उपलक्षमा मनाइन्छ भन्ने विषयमा हिन्दू समुदायमा दुईवटा कथा प्रचलनमा छन् ।

१). १४ वर्षको वनबासपछि राम अयोध्या फर्केको उपलक्षमा दिपावली गर्न थालिएको हो भनिन्छ । तर वाल्मिकि रामायणमा उल्लेख भएको रामको पुनरागमनको समयसंग तिहार मनाइने समय मिल्दैन ।

२).यम यमीको कथासंग पनि तिहार जोडिन्छ । त्यसैले तिहारलाई यमपञ्चक पनि भनिन्छ । लक्ष्मीपूजा (धनपूजा) पनि मानिन्छ ।

इतिहासमा भने फरक कथा देखिन्छ । एघारौं शताब्दीमा भारत आएका फारसी विद्वान अल्बेरुनीले भारतको इतिहास लेखेका छन् । पर्व उत्सवहरुको वर्णन गर्दै उनले आफ्नो पुस्त्स्कको सत्रौं अध्यायमा दिपावलीको फरक कथा लेखेका छन् ।

अल्बेरुनीका अनुसार औंसीपछिको दोस्रो दिन धुमधामले उत्सव मनाइन्छ र त्यो उत्सव बलिराजासंग जोडिएको छ । समाजको मान्यता अनुसार सातौं पातालमा कैद गरिएका बलिराजालाई वासुदेव पत्नी लक्ष्मीले त्यो एक दिन कैद मुक्त गरिदिन्छिन् । बलीराजा मुक्त हुने त्यही एकदिन जनताले धुमधामसंग दिपावली मनाउँछन् ।

अर्थात दिपाबली हिन्दूहरुले होइन, पहिले बलिराजाका शुभचिन्तक समर्थकहरुले मनाउँथे । भैलो माग्नेहरुले बलिराजाको नाम लिने परम्परा आजपर्यन्त नेपाली समाजमा छ ।

अल्बेरुनीले तत्कालीन समाजमा रहेको प्रचलन देखेर, कथा सुनेर टिपेका हुन् । एघारौं शताब्दीमा आएका अल्बेरुनीले सुनेको कथा आजका मितिसम्म आइपुग्दा हराइसकेको छ । अर्थात कमसेकम एघारौं शताब्दीसम्म तिहारको कथा फरक रहेछ । एघारौं शताब्दीपछि मात्र कथा र प्रचलन परिवर्तन भएको रहेछ ।

स्मरणीय कुरा के देखिन्छ् भने बाह्रौं शताब्दीमा देवनागरी लिपि पूर्ण बन्यो । संस्कृत साहित्यहरु लेखिन थाले । पुराणहरु लेखिए । पुराणहरुमा फरक कथा लेखियो । मानिसहरुले पुरानो कथा बिर्से । नयाँ कथा भन्न सुन्न थाले । त्यसरी कालान्तरमा बलिको नाममा मनाइने पर्व यमराज र रामसंग जोडियोहोला ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved