Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ऐतिहासिक व्यक्तित्व येहाङ लावती : कुमार लिङ्देन (मिराक)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 11, 2024
57 shares

( श्रद्देय येहांङ लावती ज्यु बाट यो लगायतको थुप्रै प्रमाणहरु आज भन्दा १० /१२ बर्ष अघि नै प्राप्त गरेर मैले नियमित सेयर गरिरहेको छु ,तर यी प्रमाणहरु सरोकार वाला हरुले कतिको सुरक्षित राखेको छौ ,त्यो आफु आफुलाई नै थाहा होला ,तर म समय समयमा अपडेट गर्छु ,खोइ अन्य साथीहरुले अपडेट गरेको कहिले देख्दिन ,किन आफ्नो लिम्बुवान भूमिको मायालाई यति सारो दोस्रो गोजीमा राखिएको हो ,मलाइ त लिम्बुवान भन्ने बित्तिकै ब..र …र आशु झर्छ ….)

जेहोस यो डकुमेन्ट धेरै नै महत्वपूर्ण छ ,
किनकि यसमा २०२१ साल भाद्र ३० गते तत्कालिन शाशक महेन्द्रको जगजगी भएको बेला ,कसैले पनि महेन्द्रलाई ठाडो नजरले हेर्न नसकेको बेला , उक्त स्व –घोषित चक्रवती शाशक महेन्द्रले पनि पल्लो किरात लिम्बुवानको ‘’लिम्बु किपट भुमि ‘’ हरु नचलाउनु भन्ने आदेश राजपत्र मा बुदा न .४ मा प्रिन्ट भएर आएको छ ।

लिम्बु जग्गा /लिम्बु भुमि नचलाउनु भन्ने कानुन मा नै उल्लेख छ । नेपालको अन्य ठाउमा नेपालि कानुन लागे पनि पल्लो किरात लिम्बुवानमा १८३१ श्रावन २२ गते देखिको लिम्बुवानको आफ्नै कानुन चल्ने उल्लेख छ ।

पंचायत वा महेन्द्रको जगजगी भएको बेला पनि त्यहि महेन्द्रहरुले नै लिम्बु भुमि लाइ छुन नसक्नु भनेको १८३१ को लिम्बुवान –गोर्खा सन्धिमा कत्रो शक्ति थिएछ त , ( यत्रो शक्तिशाली १८३१ को लिम्बुवान –गोर्खा सन्धिलाई कालो दिन भन्ने हरु छन् यस दुनियामा । तर तिनीहरुले बुझ्दैनन् त्यो भन्दा अघि लिम्बुवान को सम्प्रुभुता सेन हरुले क्याप्चर गरेको थियो । काङसेर को कमाण्ड मा भएको लिम्बुवान –गोर्खा युद्दले सेन को कवजलाइ हटाएर सिधै लिम्बुवान – गोर्खा सन्धि भएको थियो ,त्यसैले यो सन्धि महत्वपूर्ण छ ।

यो सन्धिको महत्व २०२१ साल भाद्र ३० गते महेन्द्र ले पनि उसको राज पत्रमा उल्लेख गरेबाट प्रस्ट हुन्छ )

यो डकुमेन्टले why limbuwan is special in Nepalese politics ? नेपालको राजनीति मा लिम्बुवान किन बिशेष महत्वको हो भन्ने कुरा प्रस्ट पार्छ ।
धेरै गैर लिम्बु /बिशेष गरेर आर्य साथीहरुले किन लिम्बुवान नै भनेर प्रश्न गर्छन – त्यसबेला हामीले यो डकुमेन्ट सेयर गरिदिनु पर्छ र भन्नु पर्छ कि लिम्बुवान हिजो देखि नै नेपालि संबिधान कानुन राजनीतिमा स्पेसल थियो र छ , अनि डकुमेन्ट हेरे पछी जस्तै मान्छे पनि कन्भिन्स हुन्छ ।

अनि ,लिम्बुवान चाहि नहारेको समुदाय ,नहारेको भुमि ,नहारेको इतिहास ,नहारेको मुद्दा ,नहारेको सभ्यता हो रहेछ भन्ने उहाहरुलाई पनि थाहा हुन्छ । जंग बहादुर देखि मोहन शम्सेर राणा सम्म ,
लोकतान्त्रिक बि पी कोइराला देखि एकतान्त्रिक महेन्द्र सम्म का शाशक हरुले १८३१ को लिम्बुवान –गोर्खा सन्धिलाई कायम राख्न चाहेको देखिन्छ , बीपीले पनि लिम्बुवान लाइ नचलाउ नै भनेका रहेछन । महेन्द्रले पनि लिम्बुवान नचलाउ भनेर यस राजपत्रमा लिम्बुवान को भुमि माथिको अधिकार परिवर्तन हुदैन भनेकै रहेछन।

तर , त्यसबेला बिर्सनु नहुने एउटा घटना घटेछ , महेन्द्र शाशक धनकुटा आएको बेला , सुर्य बहादुर थापाको नेतृत्वमा त्यसबेला को पन्चे मण्डले हरु २० /२५ जना को हुल बनाएर महेन्द्रको अघि गएर ग्वा ग्वा रोयेछन र भनेछन , सरकार हामी हजुरलाई मात्र राजा मान्छौ यहा लिम्बुवान का सुब्बाहरुले १८३१ को सन्धि भन्दै हामी प्रधानमन्त्रीले भनेको मान्दैनन ,हामीलाई टेर्दैनन ,हामी तिम्रो राजा संग मात्र कुरा गर्छौ भन्छन ।

हामी प्रधानमन्त्री ,मन्त्रीलाई त गन्दै गन्दैनन | त्यसैले यो लिम्बुवान को सम्पूर्ण अधिकार खोसियोस ,अनि मात्र हामी पन्चे मण्डले हरुको अनुहारमा हासो आउछ ।
यसरि सुर्य बहादुर लगायतको पन्चे मण्डले ( अहिलेको राप्रपाको बाबुहरुले )हरुले रोइ कराई गरेपछि त्यहि महेन्द्रले २०२५ सालमा लिम्बुवानको सम्पूर्ण अधिकार खोसेको सत्य हो ।

यसरि लिम्बुवान को अधिकार अन्त्य गर्ने पन्चे मण्डलेहरुको राप्रपा मा लिम्बुहरुले धेरै योगदान गरे आफ्नै चिहान खन्न को लागि ,
कुनै पनि समुदायमा दह्रो गरि उभिन सक्ने ,दह्रो गरि बिचार दिन सक्ने ,अडान राख्न सक्ने ,लोभ लालच मा नबिक्ने दह्रो व्यक्तित्वको अभाव हुदा , उक्त समुदाय आफ्नै मलामी लाइ चाड सम्झेर नाच्दो रहेछ ,उफ्रिदो रहेछ ,रमाउदो रहेछ ,
आफ्नै आमाको मासुको भोज मा छादिन्जेल हसुर्दो रहेछ ,
त्यसै , सुकरात ,प्लेटो ,अरस्तु ,मार्क्स ,अब्राहम लिंकनहरुको चर्चा परिचर्चा भएको होइन रहेछ …………..

सही बिचार दिन सक्ने नेतृत्व ,व्यक्तित्व को अभावमा समाज कसरि कुहिरो भित्रको काग हुदोरहेछ भन्ने कुरा युद्धमा नहारेको तर केहि लिम्बुहरुको लोभ लालचमा पटक पटक हारेको ज्युदो भुमि लिम्बुवान को घटना क्रम हेरे छर्लंग हुने रहेछ ,

-मिराक : संघिय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved