Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हामी गरिब हुनु र बिबादास्पद दशै पर्व: दावा छिरिङ शेर्पा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 10, 2024
90 shares

देशको परम्परागत निति मान्यता जनताको पक्षमा हुनुपर्ने थियो । देश परिवर्तन र प्रगतिकाे मार्गमा लैजान सरकारी निकाय र कलकारखाना निरन्तर चल्नुपर्छ, भने समय मिनेटकाे महत्त्व छ । तबमात्र प्रगतिको बाटो खुल्ने छ ।

नेपालमा मनाउने चाडपर्व मध्ये दशै शिर्षक नै विवादास्पद हुदाहुदै सार्वजनिक बिदा दिएर सरकारी कामकाजी ठप्प पार्नु, जस्ता गलत नजिर बसाउनु देश र जनतालाई अरु पिडित बनाउने चलखेल रहेको बुझ्न सक्छौ ।

यहाँ धार्मिक मुल्य मान्यता अनुसार हिन्दु धर्मावलम्बी भन्दा गैरहिन्दु धर्मावलम्बीकाे तथ्यांक करिब ९६% बढी भएको देश हो । एकल धार्मिक हिन्दु पर्वकाे रुपमा मनाउदा गैरहिन्दु माथि गम्भीर असर गरेको छ ।

बलि प्रथा मनाउने दशै पर्व कहाँबाट कसरी नेपालमा भित्रियो भन्ने बारेमा सबैको ध्यान जान जरुरी छ । यसरी राज्य नै एकतर्फी लागेर जबर्जस्ती सार्वजनिक बिदा दिदा गैरहिन्दु समुहहरुकाे छट्पटी र नचाहेर पनि बिदा मनाईदिनुपर्ने बाध्यता यथावत छ ।

दशै चाड मान्नेकाे अनुपातमा दशै नै नमान्नेहरु अत्यधिक रहेको तथ्यांक हुदाहुदै राज्यले नै दशै मनाउन आव्हान गरेर जबर्जस्ती मिडियामा बारम्बार प्रचारबाजीमा बाध्यता गरिनु भनेको देश र जनता माथि निरंकुश निति आतंक भएनन् र ?

अन्य धर्मावलम्बीको संस्कारलाई दबाएर एकल हिन्दु धार्मिक साँस्कृतिक रेडियो टिभीबाट एकछत्र आव्हान गरेर सार्वजनिक बिदा दिनु एकल हिन्दु मनुस्मृती हावी भएरै होलान् सार्वजनिक बिदाको बारेमा यतातिर कसैले एक सब्द लेखेको देख्दैनन् ।

साँचो अर्थमा भन्ने हो भने दशै ताका मनाउने चाडपर्व रैथाने मस्टाे धर्मावलम्बीले मनाउने हिउदे पर्वलाई हिन्दु अतिक्रमण गरेको देखिन्छ । त्यसकारण अहिन्दुकाे अनगिन्ती पर्वहरुकाे मनाउने स्वरुप नै परिवर्तन गरेको देखिन्छ । खासगरी एकल हिन्दु लाद्नुकाे साटो सबै धार्मिक संस्कारलाई सम्मान संरक्षण गर्नुपर्ने दायित्व राज्यको हो ।

केही समय अगाडि धरानको मामिलामा इण्डियाबाट मान्छे झिकाउने र सडकमा नाङ्गो खुँडा, खुकुरी, चुलेसी प्रदर्शन गर्दै सामाजिक सद्भाव भड्काउनुले पनि एकल हिन्दु आतंकवाद उपमा दिन सकिन्छ । संबिधानमा धर्म निरपेक्ष लेखेर टुँडिखेलमा फुलपाती बडैं भन्दै तोप प्रदर्शन जबर्जस्ती एकल हिन्दु दमनमा राखिनु कहाँसम्मको न्यायोचित होलान् त ?

हाम्रो वरिपरि भएगरेकाे रक्तपात पशु बलिकाे दृश्यले गिज्याईरहेकाे अबस्थामा यतातिर चेत खुलेको देखिन्न । हिन्दुले एकछत्र दशै मान्दै गर्दा देशको महत्त्वपूर्ण अंगमा रहेको मन्त्रालय कर्मचारीलाई छुट्टी दिएर ठप्प पार्दा राज्यको धुकुटीबाट फ्वाकमा तलबभत्ता दिने बाहुनवाद प्रथाले देशलाई कति घाटा बेहोर्नु परेको छ । त्यतातिर कसैको ध्यानाकर्षण भएको देखिदैन ।

यसको मतलब हिन्दु धर्मलाई होच्याउन थिएनन् तर सत्तामा जुन समुदाय छन्, उनै नश्लहरुले आफ्नो धार्मिक बिस्तारले मान्यता पाउनुले अन्य धार्मिक प्रति कति असर हुनेरहेछ भन्ने अनुमान हो । भन्ने बेलामा धर्मनिरपेक्ष ब्यबहारमा हिन्दु लाद्ने कार्यले थप पिडामा छौँ ।

यी धर्म र संस्कारका नाममा सरकारी कार्यलय ठप्प पारेर देशलाई घाटा हुने नितिले जनता मारमा पर्नेछ भने सार्वजनिक बिदामा कर्मचारीलाई मात्रै फाइदा भएको देखिन्छ । यो गलत निति चलाउने काे त भन्दा हिन्दु , अनि परिस्थिति र समस्य एकल बाहुनवाद होइनन् त ? गैरहिन्दुहरु यतातिर अलिकति गम्भीर हुनु जरुरी छ ।

राज्यको नीति जनतामुखी पारदर्शिता र सुमधुर हुनुपर्छ, ढंग पुराउनु नसके सार्वजनिक बहस गरि अन्य धर्मावलम्बी माथि दमन भएको दिनलाई एकदिन माफि माग्ने दिनकाे सुरुवात गरि पर्वको रुपमा मनाउन सकियो भने अन्तर्राष्ट्रिय जगतले पनि मुल्यांकन गरिनेछ ।

यसरी हिन्दुवादी परम्पराले गैरहिन्दु माथि यस्ता हिनलाग्दा नजिर बसेकाे छ भने चाडपर्वलाई देश नै ठप्प पारेर पर्वको नाममा बर्सेनि हर्ष भन्दा शोक भोग्नुपरेको छ । त्यसैले समग्रमा चाडपर्व आआफ्नो धार्मिक संस्कार अनुसार जस्तो भएपनि दैनिकी काम कार्यमा बाधा नपुर्‍याई अन्य समुदायको हकहितको ख्याल राखेर निरन्तरता दिन सकोस् ।

पर्वलाई सम्बन्धित मनाउने र नमनाउने समूह बिच आआफ्नो संस्कार अनुसार चाडपर्व मान्नेले मानुन, नमान्नेले राज्यको तर्फबाट निरन्तर कार्यलय सुचारु गरून्, बिदा लिनेलाई भत्ता दिने होइनन्, फोकटमा खाने भत्ता कटौती गरि निरन्तर काम गर्नेलाई बाेनस दिलाउने ब्यबस्था सुचारु गरियोस् ।

देशको भलाइ सबैले चाहन्छ, देश निरन्तर काममा ब्यस्त रह्यो भने बसेर खानेलाई पनि सन्तुष्टि हुनेछ । काम गरेर पेट पाल्नेकाे पनि भलाइ हुने छ । चाडपर्वकाे नाममा विकृति पनि घट्ने देखिन्छन् । समयको पनि सहि सदुपयोग हुनेछ ।

अन्त्यमा दशै दशै जस्तै हाेस, दशै दशा नबनाेस, गलत कार्यले जीवन क्षति नहोस्, धर्मको नाममा पशुबद्व गरेर मानिसको स्वार्थ पुर्ति गर्ने प्रथा हटोस, हिन्दुले गैर हिन्दु माथि युद्धकाे बिजय प्राप्त भएको बिजय प्रसंग तिथिमा नराखियाेस ।

समग्रमा चाडपर्व चाडपर्व जस्तो होस, घटना र यात्रामा दुर्घटनाको सिकार नबनोस, घाट पर्व जस्तो नहाेस, जहा हुनुहुन्छ सोही स्थानमा बसेर पर्व मनाउनुहाेस, जस्तो छ त्यस्तै अबस्थामा सदुपयोग गर्नुहाेस, कसैको देखासिकि नगर्नुहाेस, बस:

हिन्दुहरुकाे चाड बडा दशैकाे शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved