Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“दलितका लागि दलित” अभियानका खगेन्द्रलाई डि.बि. नेपालीकाे खुला पत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 6, 2024
156 shares

काठमाडौं । गत भदाै महिनाभर काठमाडौंको माईतिघर मण्डलामा नेल सहित ” दलितलाई  खै “ भन्दै आन्दाेलन गरेर  “असाेज ३ एक्क छिन “ काे विशाल प्रदर्शन गरेका ( दलितका लागि दलित ) अभियायनका संयाेजक खगेन्द्र सुनारले अर्काे आन्दाेलनकाे घाेषणा गरेका छन्।

कार्तिक १२ गत्ते काेशी प्रदेशकाे बिराटनगरबाट सुरु हुने उक्त नेल सहितकाे यात्रा  कार्तिक २६ गत्ते बागमती प्रदेशकाे हेटौंडा, मंसिर  २ गत्ते मधेस प्रदेशकाे जनकपुर, मंसिर १२ गत्ते गण्डकी प्रदेशकाे पाेखरा हुँदै लुम्बिनी प्रदेशकाे दाङमा  २६ मंसिर, कर्णालीकाे सुर्खेतमा पुस १ र सुदुरपश्चिमकाे  धनगढीमा पुगेर पुस १२ गत्ते समापन गर्ने तय गरेकाे बुझिएकाे छ।

बर्षाैँ देखि विभिन्न बाहानामा राज्यले दलित समुदायलाई राज्यकाे हरेक क्षेत्रमा विभेद गरेकाेले अब दलितहरु चुप लागेर नबस्ने र याे अभियानमा देश भरिकाे दलितहरु एक भएर लाग्नु पर्छ भन्ने खगेन्द्रलाई अध्यता ( डि.बि. नेपाली ” दमु” ) ले सामाजिक सञ्जाल फेसबुक मार्फत बुँदागत रुपमै खुला पत्र लेखेका छन्।

के भनेका छन् त ” दमु ” ले दस बुँदामा ” सुनार ”  लाई खुला पत्रमा !

खगेन्द्र सुनारलाई खुला पत्र !

प्रिय खगेन्द्र भाइ,

तपाईंले इतिहासकै कालाे धब्बा रूकुम नरसंहार, अजित मिजारलगायत जघन्य राज्य संरक्षित अपराधका संरक्षक, अपराधीलाई दण्ड र पीडितलाई न्याय दिलाउन गरिएको शान्तिपूर्ण चरणवद्व आन्दाेलन सदास्मरणीय छ । त्यसपछि राजधानी केन्द्रित नेल आन्दाेलनले राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सबैकाे ध्यानाकर्षण गर्याे । तपाईंको अनवरत ४५ दिनसम्मको नेल धर्ना अान्दाेलन संविधान दिवसको दिन विशाल प्रदर्शनसहित समापन भयाे । तर सरकारबाट कुनै माग संवाेधन र वार्ता नभएकोमा धेरै असन्तुष्ट र निराश भएका छन् । त्यसलाई बेलैमा संवाेधन नगरिए समर्थक सदा अडिरहने छैनन् ।

सामुदायिक आन्दाेलन करिबकरिब सुतिरहेको बेलामा सबैलाई जुरुक्क उठायाे । संभवत: आफ्नै बलबुतामा पहिलाेपटक भव्य प्रदर्शन गरिएको हुनुपर्छ । साँढे र स्यालकाे कथाजस्ताे बालीघरे, दास, झाेले प्रवृत्तिकाे भातृसंगठनभन्दा माथि उठ्न नसकेको कथित दलित राजनीति र सामाजिक संस्थाका नाममा पसल र व्यावसायभन्दा बाहिर निस्कन नसक्ने कथित अधिकारकर्मीहरूकाे यथास्थितिवादी प्रवृत्तिलाई मरणासन्न र नाजवाफ पारिदिएकाे छ । असाेज ३ गते सबै राजनीतिक दलहरूबाट, विभिन्न अभियन्ता, सामाजिक संघसंस्था, समुदायभित्र, बाहिरका ठूलो समूह, लेखक, बुद्धिजीवी, प्राध्यापक, समाजसेवी, पत्रकार, हिमाल-पहाड, तराई-मधेशबाट र्यालीमा संलग्नता रहेको स्मरणीय छ ।

नयाँ बानेश्वरकाे संवाेधन आफैंमा ऐतिहासिक छ, त्याे संवाेधन आजसम्मकै सर्वाधिक श्राेता, दर्शकले हेरिएको छ । हरेक राजनीतिक दलहरूबाट पटकपटक धाेका, षड्यन्त्र र सहभागीतामा उधाराेले समुदायका अधिकांशहरूकाे मनस्थिति विद्राेही भइरहेको छ । यसअघि थरिथरिका अभियन्ता, जागरण र समूहहरू धेरै आए, गए । तर कसैले समुदायलाई गाेलबद्व गर्न सकेनन् । तर खै किन हाे किन ? तपाईंले थालेको अभियानमा देशव्यापी एकप्रकारकाे लहर नै चलेको देख्छु ।

यहाँले देशभर सातै प्रदेशमा कार्यक्रम तय भइसकेको रहेछ । याे ज्यादै खुशीकाे कुरा हाे । तर कतिपय असली बालीघरे राजनीति गरिरहेकाहरूका लागि भने निद हराम पनि भएको हुनुपर्छ । तर यस्तो सामुदायिक राष्ट्रिय सम्पति, शक्ति र ऊर्जालाई तपाईंले चिरस्थायी बचाइराख्नकाे लागि तपसिल बमोजिमको १० वटा सुझावलाई आत्मसाथ एवम् कार्यन्वयनका लागि सार्वजनिक अपिल र आब्हान गर्दछु ।

तपसिल:
१) सन्त, साधु वा जाेगीकाे वेशभूषा बदल्नुस ।
२) काँग्रेस पार्टी सदस्यता सार्वजनिक र लिखित रूपमा त्याग्नुस ।
३) सामुदायिक माग, मुद्दा र विषय स्पष्ट किटान र सार्वजनिक गर्नुस ।
४) स्पष्ट कुनै न कुनै वैचारिक लाइन, दर्शन वा मार्ग खुलाउनुस ।
५) एकल समुदायको मात्र नभएर आम उत्पीडित/मुलवासी समुदाय अटाउने पार्टी घाेषणा गर्नुस ।
६) विभिन्न अभियान, समूह र साना राजनीतिक दलहरूलाई एकता, सहकार्य र गठबन्धन गर्नुस
७) क्षणिक हिराेइजमलाई गाैण, दीर्घकालीन जिराेइजमलाई प्राथमिकता राखेर अगाडि बढ्नुस ।
८) संकिर्ण जातिवाद, नश्लवाद, धर्मवाद, क्षत्रियतावाद भन्दा माथि उठेर बृहत मानवता, भातृत्व, प्रेम, शान्ति, मेलमिलाप, समानता र एकताबाट सबै जाति, समुदायकाे मन जित्नुस ।
९) ईगाे, ईर्षा, बदला, अहंमताबाट अलग रहेर सामुदायिक शक्ति आर्जनका लागि सुदुरपश्चिम, कर्णाली , गण्डकी र तराईमा सगठन बिस्तारलाई जाेड दिनुस ।

१०) मानवताका लागि मानवता माग, मुद्दा र नारालाई स्थापित गर्नुस ।

तपाईंले सातै प्रदेशस्तरीय कार्यक्रममा संवाेधन गर्न जानू अगाडि माथिका १० वटा सुझावलाई सार्वजनिकरूपमा कार्यन्वयन गर्दै निस्किनु भयाे भने राष्ट्रिय नेता बन्नलाई दुनियाँकाे कुनै पनि शक्तिले राेक्नेवाला छैन । मेरो सुझाव, सल्लाह र परामर्शलाई राम्रो लागेमा आत्मसाथ गरेर अगाडि बढ्नुस । यदि यसाे गरिएमा ०८४ सालको राष्ट्रिय चुनावमा प्रत्यक्ष र समानुपातिक गरेर ८/१०/सिट पक्का आउनेछ । यसले हजारौं वर्ष अघिदेखि वर्तमानसम्म दास, कमारा बनाएर भाेट बैंकको राजनीतिलाई सदाका लागि अन्त्य गरिदिनेछ । आफ्नै सामुदायिक खुट्टामा उभिएको गाैरवशाली-वैभवपूर्ण नयाँ युगिन राजनीतिक शक्तिकाे आधारशिला तयार गरिदिनेछ ।
जय मानवता ! जय शिल्प(मानव) सभ्यता !

उहीँ शुभचिन्तक
डीबी. दमु
मिति : २०८१-६-२०

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved