Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चीनको शान्नान नगरपालिकाले भक्तपुरको ख्वप अस्पताललाई स्वास्थ्य उपकरण दियो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
243 shares

भक्तपुर । चीनको एक नगरपालिकाले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान नगरपालिकाले चिनियाँ युयान पाँच लाख ९९ हजार ४०० अर्थात् नेपाली रुपैयाँ एक करोड नौ लाख २१ हजार ६८ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको भक्तपुर नगरपालिकाले जनाएको छ ।

तातोपानी नाकामार्फत पठाइएको भेन्टिलेटर एक सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ थान, अक्सिजन सिलिन्डर ४० लिटरको १०० वटा र आइसियू शय्या ५० वटालगायतका उपकरण च्याम्हासिंहस्थित नगरपालिकाको जनस्वास्थ्य केन्द्रमा राखिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । उनले दुई नगरबीचको सहयोग आदानप्रदानले आपसमा मित्रता र सम्बन्ध अझ प्रगाढ हुनेछ भने ।

विसं २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । नगर प्रमुख प्रजापतिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ रोगको दोस्रो लहरबाट नेपालमा तीव्र गतिमा सङ्क्रमण बढेसँगै चिन्ता गरेर शान्नान नगरपालिकाबाट पत्राचार गरेपछि भक्तपुर नगरपालिकाले सहयोगको आग्रह गरेको थियो ।

भक्तपुर नपाले हाल ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड—१९ का बिरामीको लागि ख्वप अस्पतालअन्तर्गत २५ शैय्याको एचडियूसहित ७५ शैय्याको कोभिड युनिट सञ्चालन गर्दै आएको छ । जनतासँग सहयोग सङ्कलनबाट उठेको रकमबाट ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टको आवश्यक सामाग्रीहरू चीनको छेन्दुबाट ल्याएर अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन भइरहेको र अब केही दिनबाटै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुने प्रजापतिले बताए।

चीनले केही दिन अगाडि नेपाल मजदूर किसान पार्टीको तर्फबाट १५ हजार थान मेडिकल मास्क र पाँच थान हाइड्रोजन अक्सिजन जेनेरेटर ख्वप अस्पताललाई प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved